Advertisement

यी स्थानहरुमा ५ जानाभन्दा बढी एकठाउमा जम्मा हुन नपाउने गरि आदेश जारी भएको छ।

२०८० मंसिर ५, मंगलवार २०:३८
१४९
तीखोकलम

मङ्सिर ४,२०८०
तिर्थ बहादुर कार्की
काठमाडौ ।काठमाडौ जिल्ला प्रमुख अधिकारीबाट आदेश जारी भएको छ।
काठमाडौको माइतिघर मन्डलादेखी नयाबानेश्वोर सम्मका लागि आज मंसिर ४ गते एकसुचना जारिगर्दै जिल्ला प्रमुख अधिकारिबाट एकै स्थानमा पाँच जनाभन्दा बढी जम्मा हुननपाउने भन्ने आदेश जारी भएको हो।

यहि मंसिर ७ गते मेडिकल ब्याबसायि दुर्गाप्रसाई र एमाले निकट युवा संघले एकैस्थानमा एक अर्कालाई दबाब दिने उदेश्यले आमनेसामन्ने हुने कार्यक्रम घोषणा गरेका थिय।
यी दुई पक्ष्यबिचको यो कार्यक्रम घोषणा भएपछी सार्बजनिक सम्पत्तिको सरक्षण साथै शान्ति सुरक्षामा असर पर्ने भन्दै निशेधको आदेश जारी भएको छ।

पद्मोदय मोडदेखी सिंहदरबार गेट,सर्बोच्च अदालत हुँदै माइतिघर मन्डलाको चारैतर्फ रमाइतीघर मन्डलादेखी बबरमहल,बिजुलिबजार पुलहुदै नयाबानेश्वोर चोकसम्म जुलुस ,प्रदर्सन ,धर्ना ,घेराउ र आमसभा ,आन्दोलन र बिरोधका कार्यक्रमहरु गर्न निशेध गरिएको आदेशमा उल्लेख भएको छ।
आदेशमा जारिभएका क्षेत्रहरुअमा मंसिर ४ गतेदेखि ३०दिन सम्म यस्ता कार्यक्रमहरु गर्न र मानिसहरू एकै ठाउमा जम्माहुन नपाइने भएको छ।
मेडिकल ब्याबसायी दुर्गाप्रसाइले विभिन्न कार्यक्रममा दिएको अभिव्यक्तिकै क्रममा एमालेका नेता महेस बस्नेत र दुर्गाप्रसाइबिच विभिन्न सन्चारमाध्यमा दिएको अन्तरबार्तामा एक अर्काको बिरोध र खन्डन भएको सुनिने गरेको थियो।
यसै क्रममा प्रसाइले मंसिर ७ गते दबाब मुलक कार्यक्रम गर्ने घाेषणा गरेपछी एमाले अन्तरगतको युवासघले पनि यहिदिन एकै ठाउमा आमन्ने सामुन्ने हुने गरि कार्यक्रमको घाेषणा गरेको थियो।

यी दुइवटै समुहले एकैठाउमा कार्यक्रम गर्ने बाताए पछि दुई पक्ष्यबिच झडप हुन सक्ने र शान्तिसुरक्षामा खल्बल हुने भएका कारण आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारिले बताएका छ्न।