
मेला व्यवस्थापन बारे छलफल

२ मंसिर २०८०,
नागार्जुन ३, काठमान्डौं ।
नागार्जुन नगरपालिका वडा नं ३ मा अबस्थित, धार्मिक, इतिहासिक, पुरातात्विक, पौराणिक, राष्ट्रीय सम्पदा,पर्यटकीय स्थल,
काठमाण्डौका चार नारायण मध्ये कान्छो नारायण भनेर चिनिने श्री इचंगुनारायण मन्दिरमा आगामी मंसिर ७ गते विहिबार हुने ठूलो एकादशी मेलामा पाल्नुहुने सम्पूर्ण तीर्थालु भक्तजनहरुलाई कसरी सुविधायुक्त तरिकाले नारायण भगवानको दर्शन गराई फिर्ता पठाउन
सकिन्छ भन्ने उद्देश्यले श्रद्धालु दर्शनाथीहरु हिड्ने बाटो, प्रयोग गर्ने शौचालय ,सवारी साधान पार्किङ्गको व्यवस्थापन , ट्राफिक व्यवस्थापनमा , सुरक्षा व्यवस्थापन, श्रद्धालु भक्तजनहरुबाट संकलित सहयोग रकम व्यवस्थापन ,स्वयम सेवकहरु परिचालन तथा व्यवस्थापन, आकस्मिक स्वास्थ्य सेवा सञ्चालन तथा व्यवस्थापन, स्थानिय
उत्बपादनलाई बजारीकरण व्यवस्थापन , तथा कसरी विगतमा भएका कमी कमजोरीहरूलाई पुनः नदोहोर्र्याई अगाडी बढेर सुव्यवस्थित तरीकाले मेला सम्पन्न गर्न इंचगु नारायण मन्दिर संरक्षण समिति पदाधिकारी तथा स्थानिय अग्रज तथा सम्मानित व्यक्तित्व, स्थानिय जनप्रतिनिधि तथा स्थानिय सुरक्षा निकाय बिच इचंगुनारायण मन्दिर परिसरमा छलफल।
उक्त छलफल कार्यक्रममा काठमाडौँ जिल्ला निर्वाचनक्षेत्र नम्बर ७ का माननीय श्री गणेश पराजुलीले घुम्ती शौचालय र पिउने पानीको
व्यवस्था आफ्नो तर्फबाट गर्ने बताउनुभएको थियो भने समाजसेवी हरिमान श्रेष्ठले औषधिसहित घुम्ती स्वास्थ्य सेवा सञ्चालन गर्ने बताउनुभएको थियो।
।