Advertisement

सामाजिक सन्जाल निर्देशिका २०८० पारित भएको छ

२०८० कार्तिक ३०, बिहीबार १३:१५
१०१
तीखोकलम

कार्तिक ३०, २०८०
तिर्थ बहादुर कार्की

काठमाडौ ।बिहिबार बसेको मन्त्रीपरिसस बैठकले सामाजिक सन्जाल निर्देशिका पारित गरेको छ।
सामाजिक सन्जाल अन्तर्गत फेसबुक ,एक्स ,टिकटक,युटुब ,इन्स्ट्राग्राम लगायतमा पोस्ट गरिएका सामग्रीहरु अश्लिल,उच्छृङ्खल ,सामाजिक सद्भाव समेत भडकाउने खालका भएका भन्दै प्रश्न उठ्ने र यसको नियन्त्रण गर्नु पर्ने कुराहरु आउन थाले पछि सरकारले सामाजिक सन्जाल निर्देशिका २०८० ल्याएको हो।

सरकारले ल्याएको निर्देशिकामा नेपालमा भएका र सन्चालनमा रहेका सन्जालहरु अनिवार्य दर्ता गर्नु पर्ने ब्याब्स्था गरेको छ।निर्देशिकामा सामाजिक सन्जाल प्रयोगकर्ताहरुले के के गर्न नहुने भनेर १९ वटा बुदाहरुमा प्रस्तुत गरेको छ।
सरकारले प्रस्तुत गरेको सामाजिक सन्जाल प्रयोगकर्ता सम्बन्धि निर्देशिका यस्ता रहेकाछ्न।

१)बेनामे वा फेक आइडी बनाउन र प्रयोग गर्न नपाउने
२)बेनामे वा फेकाइडिबाट कुनैपनी सामग्री प्रस्तुत गरि अरुको विषयमा कुरा उठाउन ,कमेन्ट र कल गर्न नपाइने
३)मानव बेचबिखान,बालश्रम जस्ता कृयाकलापहरुलाई प्रोत्साहन गर्ने खालका सामग्रीहरु प्रस्तुत गर्न नपाइने
४)कुनैपनी जाती ,धर्म,लिङ्ग बर्ग,उमेर, बिबाह,सम्प्रदाय ,शारीरिक तथा मानशिक अवस्था,उत्पती यौनिक अल्पसंख्यक तथा कानुनले संरक्षण गरेका अन्य बर्ग र समुदायलाई लक्षित गरि घृणा फैलाउने गरि धार्मिक सहिष्णुतामा आच आउने खालका तस्बिर ,श्रब्य, दृश्य र ट्रोलहरु बनाई प्रस्तुत गर्न नपाइने
५)अरुलाई होच्याउने खालका , घृणा गर्ने खालका ,अपमानजनक सब्दहरु प्रस्तुत गर्न,अरुलाई गालिबेजती गरिएका शब्दहरु प्रस्तुत गर्न साथै दुस्परिनामआउने खालका ,तस्बिर र साउन्डहरु प्रस्तुत गर्न नपाइने
६)सार्बजनिक खालका भन्दा बाहेक निजि मामिलाका फोटो भिडियोहरु अनुमतिबिना प्रस्तुत प्रकाशन गर्न नपाइने
७)डिजिटल माध्यमबाट परिमार्जन गरि कुनै पनि ब्याक्तिको भिडियो तस्बिर बिकृती आउने गरि प्रस्तुत गर्न नपाइने
८)अडियो एनिमेशन ,तस्बिर ,भिडियो,अश्लिल शब्द प्रस्तुत प्रकाशन गर्न नपाइने
९)बालबिकालाई हानिपुर्याउने खालका,बाल यौन शोषण ,देहब्यापार जस्ता कुराहरुलाई प्रोत्साहन गर्ने खालका कृयाकलाप प्रस्तुत गर्न नपाइने
१०)भ्रामक खालका सूचनाहरु,दुस्प्रचार र तोडमोड गरिबनाइएका सामग्रीहरु प्रस्तुत तथा प्रकाशन गर्न नपाइने
११)लागुऔसध सेवन तथा ब्यापरलाई प्रोत्साहन गर्न नपाइने
१२)जुवा खेल्न र खेलाउन हौशला प्रदान गर्ने खालका सामग्रीहरु प्रस्तुत गर्न नपाइने
१३)आतंकवाद सम्बन्धी विषयबस्तुहरुको प्रसारण तथा प्रस्तुत गर्न नपाइने
१४)साइबर बुलिङ्ग तथा प्रबिधिको प्रयोग मार्फत अरुलाई गालिगलोज गर्न धम्क्याउन अरुलाई हतोत्साहित बनाउने खालका कामहरु गर्न नपाइने
१५)सामाजिक सन्जाल प्रयोग गरि कसैको आइडी तथा सुचना ह्याक गर्न नपाइने
१६)बिना सन्दर्भ कुनै भिडियो र बीभत्स तस्बिर प्रतुत गर्न नपाइने
१७)प्रचलित कानुनले निशेध गरेका क्रियाकलापहरु नक्कल गर्न र शेयर गर्न नपाइने
१८)प्रचलित कानुनले निशेध गरेका बस्तुहरुको बिज्ञानपन गर्न नपाइने
१९)सामाजिक सन्जाल प्रयोग गरि फिसिङ्ग इम्पोस्टर जस्ता कार्यहरु गर्न नपाइने

यो निर्देशिका प्रस्तुत भएपछी सुचना तथा सन्चार मन्त्रालयका प्रबक्ता नेत्रप्रसाद सुबेदिले सामाजिक सन्जाल प्रयोगकर्तालाई स्वोनियमन गर्ने र सामाजिक सन्जालबाट हुने रचनात्मक क्रियाकलाप पनि नरोकिने र समुहमा जुवा खेलाउने र यौनजन्य क्रियाकलापलाई प्रोत्साहन गर्ने कुरालाई रोक्ने गरि यो निर्देशिका ल्याइएको बताएका छ्न।
बिहिबार सामाजिक सन्जाल सम्बन्धि नयानिर्देशिका ल्याइएको सुचना तथा सन्चारमन्त्री रेखा शर्माका प्रेस सल्लाहकार नगेन्द्र केशिले जानकारी दिएका थिय।
नेपालमा सामाजिक सन्जाल सम्बन्धि छुट्टै कानुन नरहेकाले कतिपयको धारणा अनुसार यो निर्देशिकाको पालना बारे आशन्का रहेको पनि पाइएको छ।