
आज २०औं काग सम्मेलन सम्पन्न गरिएको छ

आज २०औं काग सम्मेलन सम्पन्न गरिएको छ
२५,असोज,२०८०
तिर्थ बहादुर कार्की
काठमाडौ ।काठमाडौको शान्तिबाटिकामा काग सम्मेलन गरिएको छ।
यमा पन्चक अर्थात कागतिहारको पहिलो दिन पारेर रत्नपार्क शान्तिबाटिकामा आज २० औं काग सम्मेलन गरिएको हो।
कलाकार रमेश दुलालले आज कागको स्वोर निकालेर कागहरुलाई जम्मा पार्नु भएको थियो।
कलाकार दुलालले कागको स्वोर निकालेर बोलाएपछी कागहरु सबै एकैठाउमा जम्मा भएका थिय ।कलाकार दुलालले यसरी काग बोलाएर सम्मेलन गर्न थाल्नु भएको १९ बर्स पूरा भइसकेको छ।आज गरिएको यो सम्मेलन २० औं बर्समा लागेको छ।
आज घरघरमा यमराजको सदेश बाहकको रुपमा कागको पुजा गर्ने गरिन्छ।आज कागको पुजागर्नुका साथै मिठामिठा खानेकुराहरु पनि खान दिने गरिन्छ।आजको दिनमा कागको पुजा गरि खान दिनाले र सम्मान गर्नाले कागले राम्रा र शुभ सन्देश हरु प्रवाह गर्ने बिश्वासका साथ कागको पुजा गर्ने हाम्रो सस्कृती र परम्परा रहिआएको छ।