Advertisement

भाइटिका र भाइटिकामा मखमली फुलको महत्त्व

२०८० कार्तिक २२, बुधबार २०:०६
९८
उद्धब बञ्जारा

भाइटिका र भाइटिकामा मखमली फुलको महत्त्व
असोज २२, २०८०
तिर्थ बहादुर कार्की
भाइटिका भन्नाले साधरण तया दाइभाइलाई लगागाइदिने टीका भनेर बुझिन्छ।दाजुभाइले दिदीबहिनिलाई टिकात प्राय अरु कुनै पुजापाठको बेलापनी लगाइदिने प्रचलननै छ।तर दिदीबहिनिले दाजुभाइलाई र दाजुभाइले दीदिबहिनिलाई दोहोरोरुपमा टीका लगाइदिने बिशेश दिननै रहेको छ त्यो हो भाइटिका यसलाई कतिपय ठाउको बोलचालको शैलिमा दुतिया खुवाउने पनि भन्ने गरिन्छ।

भाइटिका कसरी सुरु भयो भन्ने पनि एकखालको चासोको विषयनै हुने गरेको छ।पोउराणिक मान्यताअनुसार कुरा गर्ने हो भने एउटा बिशेश दिनबाटै सुरु भएको मानिन्छ ।त्यही मान्यताअनुसार भन्नुपर्दा यमलोकमा रहेका मृत्युका राजा यमराज र पृथ्वीलोकमा रहेकी यमुना दाजुबहिनी थिय ।बहिनी यमुनाले दाजु यमराजलाई आफुलाई भेट्न बोलाएकी थिइन र दाजु यमराज पनि बहिनिको निम्तो मान्नलाई बहिनिको घरमा आएका थिय ।दाजुबहिनिको भेट भए पछि बहिनी यमुनाले दाजुको पुजा गरेकी थिइन दाइलाई मखमलिको माला लगाइदिएकी थिइन र त्यो माला उनले कहिलै नओइलाउने भएकाले योमालाले दाइको रक्षा गरोस दाइको आयु लामोहोस भनेर कामना गरेकी थिइन र दाइलाई मिठामिठा खानेकुराहरु खान दिएकी थिइन ।त्यस्तै दाइबाट पनि बहिनी यमुनाले टीका लगाएकी थिइन र आशीर्वाद अनि दक्षिणा थापेकी थिइन ।यो टीका लगाएको दिन यमा पन्चकको दिन परेको थियो यमुनाका दाजु यमराज बहिनी यमुनाकै घरमा बसेका थिय।यसरी यमराज र यमुनाले यसरी भाइटिका लगाएकै दिन र मान्यता अनुसार भाटिका लगाउने चलन रहेको बुझिएको छ।
यमराज भाइटिकाको दीन अर्थात यमापन्चकको दिन आफुमा खतरा हुने कारणले गर्दा बहिनिको घरमै बसेको मान्यताअनुसारनै अहिले पनि भाइटिका लगाएपछी खोला नाला तरेर त्यो दिन टाढा नजानु भनने मान्यता रहिआएको छ।भाटिका लगाउदा दिदी बहिनिले दाजुभाइलाई तेल,पानी फुलले छेक्ने चलन छ यो दीदिबहिनिले आफ्ना दाजुभाइलाई खतराबाट जोगाउन बार लगाएको भनेर बुझिएको छ।

यहि पोउराणिक मान्यता अनुसार यो समयमा दीदिबहिनिले दाजुभाइलाई भाइटिका लगाइदिने र मखमली,सायपत्री र दुबोको मालापनी लगाइदिने चलन छ।टीका सङ्गै मखमली ,सायपत्री र दुबोको मालापनि दाजुभाइलाई लगाइदिने चलन छ र यी मालाको पनि आफ्नै किसिमको मान्यता रहिआएको पाइन्छ।
जस्तोकी मखमलिको माला मखमलि जस्तै कहिलै दाजुभाइको जिन्दगी कमजोर भएर नजाओस ,स्वोस्थ दीर्घआयु होस भनेर लगाइदिने गरिन्छ,सायपत्रीको माला सायपत्री जस्तै दाइभाइको सधै उज्यालो मुहार रहोस कहिलै मुहारको उज्यालो रातो पहेलो हराभरा हराएर नजाओस भनेर लगाइदिने गरिछ र दुबोको माला दुबो काटेर पुरानो हुदापनी हरियोनै रहेझै मृत्यु पश्चात् पनि दाजुभाइ दीदीबहिनिको पबित्र प्रेम सम्बन्ध अम्मर रहोस भन्ने मान्यताका साथ दुबोको माला अहिले पनि लगाइदिने गरिन्छ।दाजुभाइलाई ढाकाटोपी लगाइदिने र दीदीबहिनिलाई बस्त्र उपहार दिने पनि गरिन्छ।

मखमली फुललाई अनेक खालको मान्यताले महत्त्व दिने गरिएको छ।यो देख्दापनी सुन्दर भएकाले पनि धेरैले मन पराएर लगाउने गरेको पाइन्छ।यो फुल देख्नमा सुन्दर भएको कारणले गर्दा सन १८५५ मा जङ्गबहदुरले बेलायतमा उपहार पठाएको भन्ने कुरा पनि लेखहरुमा पढ्न पाइन्छ।

यो भाइटिकामा विशेष तीन चिजको जोहो गर्नु पर्ने र पुजागर्नु पर्ने पनि पोउराणिक मान्यता रहेको छ।जस्तोकी दियो,कलश र गणेशको पुजागर्नु पर्ने मान्यता छ र यसपछी मात्रै दाजुभाइलाई टीका लगाइदिनु पर्ने सास्कृतिक मान्यता छ।
कतिपयको दाजुभाइ दीदीबहिनी नभएका पनि हुन्छ्न यस्तो अवस्थामा के गर्ने भनेर पनि बताइएको छ।यदि दाजुभाइ नभएको खन्डमा तुलसीको मुठमा टीका लगाइदिन सकिन्छ अनि बिस्णुको पुजागर्न टीका लगाइदिन मिल्छ।

यी चलनहरु सङ्गै अहिले काठमाडौको रानिपोखरिमा पनि दीदीबहिनी नहुनेहरुलाई टीका लगाइदिने चलन छ र भाइटिकाको दिन एकदिनको लागि रानिपोखरीको ढोका खुल्ला राख्ने गरिएको छ। सङ्गै अहिले काठमाडौको रानिपोखरिमा पनि दीदीबहिनी नहुनेहरुलाई टीका लगाइदिने चलन छ र भाइटिकाको दिन एकदिनको लागि रानिपोखरीको ढोका खुल्ला राख्ने गरिएको छ।
अहिले विभिन्न तरिकाले जाती समुदाय अनुसार भाइटिका लगाउने गरिएता पनि यमराज र यमुना दाजुबहिनिको भेटमा टीका माला लगाइदिएको पोउराणिक कथाअनुसारनै भाइटिका लगाउने चलन रहेको पाइन्छ।