
राउटे समुदायका महामुखियाको निधन

राउटे समुदायका महामुखियाको निधन
असोज,१९,२०८०
तिर्थ बहादुर कार्की
लोपोन्मुख जातिका रुपमा रहेको राउटे समुदायका महामुखियाको निधन भएको छ।
राउटे समुदायका महामुखिया महिन बहादुर शाहिको ६६ बर्सको उमेरमा हिजाे बिहान निधन भएको हो।
उहालाई गाउपालिकाले दिएको परिचयपत्र अनुसार उहाको जन्ममिती २०१४ साल भदौ ९ गतेको रहेको छ।
राउटे समुदायको परम्परा अनुसार उहाको दाहसस्कार पनि भइसकेको छ।
शाहिको परिवारमा अब उनकी श्रीमती दुनि शाही दुई बुहारी र एक छोरा रहेका छ्न।
उनको एक छोराको पनि पहिलानै आगोमा जलेर निधन भैइसकेको छ।
यो समुदायमा १४२जनाको जनसंख्या रहेकोमा शाहिको निधन भएपछी अब १४१ जनाको संख्यामा बाकी रहेको छ।
उनिहरु एक ठाउबाट अर्कोतिर बसाइसरिरहने गर्दछ्न हाल उनिहरु भैरबी गाउपालिकाको खोलाको किनारमा बसोबास गरिरहेका छ्न।
यो समुदाय खोलाका किनारहरुमा बस्न रुचाउने भएकाले यस्तै स्थानहरुमा आफुलाई सुहाउदो ठाउँ खोजेर बस्ने गर्दछ्न।