Advertisement

जाजरकोटमा शुक्रवार राती गएको भुकम्पमा परि ज्यान गुमाउनेको सन्ख्या १२८ पुग्यो

२०८० कार्तिक १८, शनिबार १४:१९
१०९
तीखोकलम

जाजरकोटमा शुक्रवार राती गएको भुकम्पमा परि ज्यान गुमाउनेको सन्ख्या १२८ पुग्यो
असोज१८२०८०
तिर्थ बहादुर कार्की

काठमाडौ ।गएरति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परि ज्यान गुमाउनेको संख्या अहिले सम्म १२८ पुगेको छ।
जाजरकोटको बारेकोट गाउपालिका केन्द्रबिन्दु बनाएर असोज १७गते शुक्रबार मध्यराती ६.४रेक्टरको भुकम्प गएको थियो।
बारेकोट गाउपालिका केन्द्र बिन्दु बनाएर गएको भुकम्पमा परि नलागाड नगरपालिकाकि उपमेयर सरिता सिह सहित ९२जना र रुकुम पश्किममा ३६जना गरि अहिले सम्म मृत्यु हुनेको सन्ख्या १२८पुगेको प्रहरीले जानकारी दिएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयले का सुचना अधिकारी बरिस्ठ उपरीक्षक गोपाल चन्द भट्टराईका अनुसार जाजरकोटमा ७०र रुकुम पश्चिममा ८५ जना घाइते भएका छ्न।
अहिले सम्म १०८जनाको घाइतेहरुको उद्धार गरिसकिएको छ र घाइतेहरुलाई उपचारको लागि विभिन्न अस्पताल पठाइएको एस.एसपी भट्टराईले बताउनु भयो।

रुकुम पश्चिममा ३६जना मध्य २७ जनाको सनाखत भइसकेको छ।मृत्यु हुनेहरूमा बालबालिका संख्या धेरै रहेको बताइएको छ।
सानोभेरी गाउपालिकामा पनि २८जना र आठबिसकोटमा २५जना घाइते भएका छ्न।
घाइतेहरूको उद्धार भइरहेको र प्रादेशिक अस्पताल जिल्ला अस्पताल रस्थानीय स्वास्थ्य सस्थामा उपचारको पठाउने काम भइरहेको छ ।
गम्भीर घाइतेभएकाहरुलाई हेलिकप्टर बाट उद्धार गरिएको पनि प्रहरिले जनाएको छ।