Advertisement

तारा एयरका दुई पाइलट बिच रामेछापको मन्थली विमान स्थलमा एक अर्कामा पिटापिट भएको छ

२०८० कार्तिक १७, शुक्रबार २०:२६
७६
तीखोकलम

तारा एयरका दुई पाइलट बिच रामेछापको मन्थली विमान स्थलमा एक अर्कामा पिटापिट भएको छ
१७असोज,२०८०

तिर्थ बहादुर कार्की
काठमाडौ ।रामेछाप विमान स्थलमा दुई पाइलट बिच पिटापिट भएको छ।
जिल्लाको मन्थली विमान स्थलमा आज बिहान ८:००बजे तारा एयरका क्याप्टेन सन्जिब श्रेष्ठ र अर्का लुक्लाबाट रामेछाप बिमानस्थलमा विमान अवतरण गराएका बरिस्ठ क्याप्टेन सन्तोष शाहको बिचमा विमान स्थलमै पिटापिट भएको तारा एयरका प्रबक्ता सुदर्शन बर्तौलाले बताएका छ्न।

बरिस्ठ क्याप्टेन शाह विमान अवतरण गरेर आउदै गरेका थिय भने अर्का क्याप्टेन सन्जिब श्रेष्ठ त्यही बिमान लिएर लिक्ला लागि उडान भर्न जाँदै गर्दा उनिहरुको भेट भएको थियो।यहि भेटको क्रममा बरिस्ठ क्याप्टेन शाहले हात मिलाउन खोज्दा अर्का क्याप्टेन सन्जिब श्रेष्ठले धकेलिदिएका थिय ।धकेलिएका कारण शाह लडेपछी दुई जना बिचमा पिटापिट भएको श्रोतले बताएको छ।

पिटापिट पछि क्याप्टेन श्रेष्ठ आफुहरुबिचको ब्याक्तिगत मामला भएको र आफू विमान उडाउन सक्ने अवस्थामै रहेको भन्दै विमान लिएर लुक्ला एयरपोर्ट गएका छ्न।अहिले क्याप्टेन श्रेष्ठ र बिमानलाई लुक्ला विमान स्थलमै ग्राउन्डेड गरिएको र बरिस्ठ क्याप्टेन शाहलाई मन्थली विमान स्थलमै ग्राउन्डेड गरिएको तारायरका प्रबक्ता बर्तौलाले जानकारी दिएका छ्न।

दुबैजना क्याप्टेनहरुलाई कम्पनिले निलम्बन पनि गरिसकेको छ।अहिले कम्पनिको तर्फबाट दुबैजनालाई सोधपुछ गरिरहेको पनि बताएको छ।पिटापिट हुदा क्याप्टेन शाहको हातमा चोट लागेको र उहाले मन्थली बजारको अस्पतालमा उपचार गराउनु भएको पनि बताइएको छ।

युनिफर्ममै यस्तो कृयाकलाप गरेका कारण उनिहरुलाई निलम्बन गरिएको छ।श्रोतका अनुसार क्याप्टेन सन्जिब श्रेष्ठको इजाजत पत्रसमेत खारेज गर्ने तयारी भइरहेको छ।