Advertisement

महालक्ष्मी। सडक बत्ती जडानपछि महालक्ष्मी नगरपालिका झिलिमिली

२०८० कार्तिक ३, शुक्रबार १५:१३
२२३
तीखोकलम

महालक्ष्मी। सडक बत्ती जडानपछि महालक्ष्मी नगरपालिका झिलिमिली
दिपेन्द्र थापा
महालक्ष्मी न.पा ०४, इमाडोल, ललितपुर

महालक्ष्मी। महालक्ष्मी नगरपालिका र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता भई मिति २०८० कार्तिक २ गते विहिबार देखि ग्वार्को –लामाटार मूल सडकमा जडित स्मार्ट सडक बत्ती उद्घाटन भई सडक झिलिमिली भएको छ। महालक्ष्मी नगर स्मार्ट सडक बत्तीको नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक, कुलमान घिसिङ र नगरप्रमुख हरि गोविन्द श्रेष्ठको संयुक्त रुपमा बत्तीको स्विच अन गरि उद्घाटन गरेका हुन्।
बत्ती जडान सँगै महालक्ष्मी नगरपालिकाको युवा हरिहर घिमिरेज्यूले सडक बत्तीले महालक्ष्मीको सौन्दर्यलाई अभिबृद्धि गर्नुका साथै सडकको यात्रालाई सुरक्षित बनाएको बताए । घिमिरेले बाँकी स्थानमा सडक बत्ती जडानका लागि दोस्रो चरणको वाँकी रहेको लामाटार देखि लाकुरभन्ज्याङ्ग सम्मको कार्यक्रम सुरु गर्न पर्ने औलाएका छन् ।
लेखकले ईमाडोल खबर मार्फत धेरै पटक सडक बत्तीले महालक्ष्मी नगरको सौन्दर्यलाई अझै सुन्दर बनाउन र आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सहयोग पुग्ने बारेमा समाचार पनि संप्रेषण गरिएकोमा आज उद्घाटन भएकोमा खुशि ब्यक्त गर्नु भयो । अब नगरले सडक बत्तीको मर्मतसम्भारमा विशेष ध्यान दिन आग्रह समेत गरे।
नगरभित्रको ९ किलोमिटर मुख्य सडकमा सडक बत्ती जडान गरिएको छ। जसमध्ये ऊर्जा दक्षतायुक्त स्मार्ट बत्ती रहेका छन्। कम विद्युत् खपत गर्ने तर उज्यालो बढी दिने बत्ती जडान गरिएको हो। स्ट्रिट लाइटले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा शहरी सौन्दर्यलाई बृद्धि गरी नगरको रात्रिकालीन सौन्दर्यता बढाएकोमा नगरपालिकाको कर्मचारी, राजनीतिकि दल यसमा सहयोग गर्ने सबैलाई धन्यवाद छ।