
दसैँमा पिङ र चङ्गा उडाउने संस्कृति हराउदै ।

दसैँमा पिङ र चङ्गा उडाउने संस्कृति हराउदै ।
कात्तिक ३, २०८० काठमाडौं ।
दिपेन्द्र जंग थापा
महालक्ष्मी न=पा=वडा नं ४, ललितपुर
दशैं पर्व भनेपछि पिङ खेल्ने, आकाशभरि रङ्गीचङ्गी चङ्गा उडाउने, घर लिपपोत गर्ने, रातो टीका, पहेँलो जमरा लगाउने, राम्रा–राम्रा पहिरन लगाउने, मीठो–मसिनो खाने, आफन्त साथीभाइसँग भेटघाट गर्ने, खुसी साटासाट गर्ने कुरालाई जनाउँछ ।
दसैंमा पिङमा बसेर धर्ती छाड्नाले मृत्युपछि स्वर्ग पुगिन्छ भन्ने जनविश्वास आज पनि छ । दशैंको सुरुवातदेखि थापेको पिङ तिहारसम्मै राखिन्थ्यो । हाम्रो बाल्यकालको दशैंको सोह्र सद्ध शुरु भए देखि नै पिङ खेल्ने र आकाशभरि रङ्गीचङ्गी चङ्गा उडाउने संस्कृति आजकाल हराउदै गएको छ ।
सोह्र सद्धको शुरुवात सँगै घर नजिक रहेको चौतारोको रुखको हाँगामा डोरी बाँधेर पिङ खेल्ने गरिएको थियो । इमाडोल, सानोगाँउ, टिकाथली र लामाटार सम्मका मानिसहरु चौतारीमा थकाई मादै मन लाग्ने जति ले एक पटक पिङ खेलेर जाने गरिन्थ्यो ।
गाउँको पसलभरि चङ्गा र लटाई झुण्डाएर राखेको हुन्थ्यो । स्कुलको खाजा खर्च बचाएर दशैको लागि चङ्गा उडाउनका लागि बचाएर राखेको पैसा बाट चङ्गा र धागो किनेर, खेतमा धानका बाला झुल्न थाले सँगै चाडपर्वमा सबैसँग जमघट हुने, गाउँघरदेखि टाढा भएका आफन्त, परिवार, साथीभाइ भेटघाटको समयमा चङ्गा बनाएर कसले माथि पु¥याउने भन्दै अकाशमा उडाउँदा चाडपर्वको उमङ्ग बढाउँथ्यो र गाउँ शहरमा चंगा उडाएको, मौलिक स्थानीय गीतसंगित र वाजाहरुको आवाज घन्किएको र पिंङ मच्चिएको देखिन छोडेपछि दशैं तिहार लगाएतका पर्वहरुको रौनक घट्दो रहेको स्थानीय सरोकारवालाहरु वताउछन्।
अघिल्लो पुस्ताका मानिसहरुका चलन र परम्परालाइ नयाँ पुस्ताका युवाहरुले निरन्तरता नदिँदा मौलिक चलनहरु ओझेल पर्ने मात्र नभइ हराउने खतरामा पर्न सक्नेछ । स्थानीय सरकारहरु, युवा जनशक्ति विदेश पलायन हुनु, बाह्य संस्कृतिको प्रभाव गाउँघरमा पर्न थालेपछि यतिबेला दशैं पर्वले ढपक्कै छोए पनि पिङ राख्ने र खेल्ने चङ्गा उडाउने संस्कृतिको उत्साह देखिँदैन । संस्कृतिको संरक्षण र मौलिक परम्पराको जगेर्ना गर्ने दायित्व राज्यको भएपनि यसतर्फ सबैको ध्यान जान पर्ने देखिन्छ ।