
नागार्जुन ३ मा पूर्वाधारको विकास तीव्र हुदै

२९ असोज २०८०, नागार्जुन ३,काठमाडौं।
नागार्जुन नगरपालिका वडा नम्बर ३ आकाशभैरव स्थानको (इचंगुनारायण , रामकोट , भीमढुंगा हुँदै धादिङ जोड्ने ९ मिटर चौडाको रणनीतिक बाटो ढलानको पूर्ण तयारीको दृश्य) । इचंगु नारायण जाने बाटो ढलान तयारी अवस्थाको अनुगमनमा नागार्जुन नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष श्री उमेश लामा, वडा प्राविधिक इन्जिनियर श्री रत्न जिरेल, सडक विभाग सुपरभाइजर श्री चूडामणी भण्डारी । समानान्तर निर्माण कमानीका(ठेकेदार कम्पनी)सुपरभाइजर निश्चल श्रेष्ठ लगायत कर्मचारीहरु ढलानको लागि पूर्ण तयारी गर्दै।
सडक विभागका सुपरभाईजर श्री चुडामणि भण्डारीले जानकारी दिनुभए अनुसार ढलानमा प्रयोग गरिएको डण्डी (रड)10 mm र 12mm, डन्डी (रड)को chair 12mm, ग्रावेल (पहिलो
तह)40%dust र माथिल्लो तह 60%कङ्क्रिट M 25(1:1:2, सिमेन्ट: बालुवा :गिटी) गरी 25cm (10inch) हाईटको गुणस्तरीय ढलान गरिने जानकारी दिनुभएको थियो।