
पेट्रोल र डिजलको मुल्यमा नयाँ मुल्य समायोजन
२०८० आश्विन २९, सोमबार ०६:२३
१६०
पेट्रोल र डिजलको मुल्यमा नयाँ मुल्य समायोजन
असोज २९,२०८०
तिर्थ बहादुर कार्की
काठमाडौ २९।नेपाल आयल निगमले पेट्रोल र डिजलको मुल्य घटाएको छ।२८गते आइतबार रातिको १२बजेदेखी लागुहुने गरि आयल निगमले पेट्रोलमा प्रतिलिटर रु११रुपैया र डिजलमा प्रतिलिटर रु ५का दरले घटाएको छ।
मूल्य घटे सङ्गै अब काठमाडौमा पेट्रोल प्रतिलिटर रु १७२र डिजल प्रतिलिटर रु१६८हुने गरि नया मूल्य कायम भएको छ।
निरन्तर आकाशियको पेट्रोल र डिजलको मुल्य भारतिय आयल कर्पोरेसनले घटाएर नया मुल्य पठाएको हो।
भारतिय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पठाएको नयाँ मुल्य प्राप्त भए पछि नेपालमापनि यो घटेर आएको मुल्यलाई समायोजन गरिएको नेपाल आयल निगमले जनाएको छ।
दशै तिहार जस्तो चाडपर्बको समयमा पेट्रोल र डिजलको मुल्य घटाउदा सेवाग्राहीलाई केही राहत मिलेको छ।