
नेप्सेम्याक र परिबर्तन मुलइकाइकमिटिको संयुक्त चियापान कार्यक्रम पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ

नेप्सेम्याक र परिबर्तन मुलइकाइकमिटिको संयुक्त चियापान कार्यक्रम पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ
२७असोज २०८०
तिर्थ बहादुर कार्की
नेप्सेम्याक मुलइकाइकमिटी र परिवर्तन मुलइकाइकमिटिको संयुक्त रुपमा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।काठमाडौको माछापोखरिमा रहेको आरती पार्टी प्यालेसमा आज २७गते
शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरिएको हो।
शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा फोरमैला ब्याबस्थापन सस्थाका पधाधिकारी फोहोरमैला महासघका प्रतिनिधि र पुर्ब उपप्रधान तथा अर्थमन्त्री बर्समान पुनको प्रमुख अतिथिकोरुपमा उपस्थिती थियो।
कार्यक्रममा अखिल नेपाल ट्रेडयुनियनको तर्फबाट ट्रेडयुनियन्का उपमहासचिब र फोहोरमैला महासघका प्रतिनिधिको पनि सहभागिता रहेको थियो।
शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा फोहोरमैला ब्याबस्थापन सस्थाका सस्थापक र ट्रेड्युनियन महासघका प्रतिनिधि लगायत अन्य अतिथिहरुले शुभकामना मन्तब्य ब्याक्त गरेकाछन।शुभकामना मन्तब्य सङ्गै सस्था र कर्मचारी बिचको सम्बन्ध र आवश्यकताको विषयमा पनि चर्चा गरेका छन।
बक्ताहरुले कर्मचारीहरुले इमान्दार साथ सस्थाप्रती उत्तरदायी भएकै कारण फोहोरमैला ब्याबस्थापनको काममा सस्था सफल भएको प्रती खुसी हुँदै कर्मचारीलाई धन्यवाद दिएका छ्न।
नेपालसरकारको तर्फबाट फोहोरमैला स्थापनको कामलाई प्राथमिकतामा राखिएको छैन।यसलाई सरकारको तर्फबाट बजेट समेत छुट्ट्याएर प्राथमिकता दिदै काम गर्न सके यो क्षेत्रमा अझै प्रभाबकारी हुने पनि बताएका छ्न।
प्रमुख अतिथी पुनले शुभकामना तथा मन्तब्यका क्रममा कर्मचारी युनियन ,कर्मचारी र ब्याबस्थापक बिचको भुमिका र सम्बन्धको पनि चर्चा गरेका छ्न।सबैले श्रम गर्नुपर्ने श्रमको सम्मान गर्नु पर्ने र प्रबिधिको कारण श्रममा हुने विभेद अन्तभएको पनि उहाले बताउनु भयो।
श्रम किन्ने र श्रम बेच्नु पर्ने बाध्यता रहेको र यो मालिक र कामदार बिचको एकता पनि हो भन्ने उहाको भनाइ थियो।
श्रमिकलाई विभेद गर्न पाइदैन भन्ने उहाको तर्क थियो ।क्ष्यमता अनुसारको जिम्मेवारी र त्यही अनुसार कम्तिमा आधारभुत आवश्यकता परिपुर्ति गर्न सक्ने सेवा सुबिधा दिनु पर्नेमा उहाले जोड दिनु भएको छ।त्यस्तै न्युनतम आवश्यकता पूरा गर्न सक्ने खालको समेत सेवा सुबिधा नभएको कारण लुटपाट ,चोरी डकैती जस्ता कृयाकलाप बढेको पनि उहाको भानाइ छ।
विभिन्न क्षेत्रमा काम गर्ने कर्मचारीको भबिस्यको कुनै सुनिश्चितता नभएको कारणले यस्ता कर्मचारीको भबिस्यलाई ध्यानमा राख्दै योगदानमा आधारित सामाजिक सुरक्षा कोष योजना ल्याएको र यसमा सबैलाई जोडिन आग्रह गर्नुभयो।
आफ्नो कमाइको केही प्रतिशत जम्म गर्ने र सरकारकोतर्फबाट केही प्रतिशत थपिदिने र यसैबाट बुढेसकालमा पेन्सन स्वोरुप उपलब्ध हुने भएकोले पछिको लागि फाइदाजनक रहेकोहुदा सबैले आबद्ध हुनुपर्ने उहाले बताउनु भयो।
उहाले मन्तव्यको अन्तमा सरकारले सुशासन र उन्नतिको लागि तीन महिने कार्यक्रमलाई अभियानको रुपमा चलाइरहेको हुदा आफ्नो स्थान र क्षेत्रबाट सकेको सहयोग गर्न पनि आग्रह गर्नु भएको थियो।
अखिल नेपाल ट्रेडयुनियनका उपमहासचिब रामचन्द्रकार्किले कामको आधारमा हुने बिभेदको बिरुद्धमा ट्रेडयुनियन निरन्तर लागिरहेको पनि बताए।
त्यस्तै नेपाल सरकारले ल्याएको सामाजिक सुरक्षा कोसमा कर्मचारीहरु आबद्ध रहेको कुरामा पनि धन्यवाद दिएका छ्न।
कर्मचारी र ब्याबस्थापक बिचमा निरन्तर अन्तरक्रिया तथा छलफल हुने गरेको र मजदुर र ब्याबस्थापक बिचको सम्बन्ध पनि मालिक र कादारको जस्तो नरहेको पनि नेप्सेम्याक सेवाप्रालिका अध्यक्ष टिकाराम दाहालले बताउनु भयो।
उहाले कर्मचारीले सस्थाप्रती पुर्याएको योगदानको प्रसङ्गसा समेत गर्नु भयो।
नेप्सेम्याक सेवाप्रालिका प्रबक्ता एबम नेप्सेम्याकका ब्याबस्थापक लक्ष्मिप्रसाद घिमिरेले अझ फरक र रोचक शैलिमा शुभकामना दिनु भएको थियो।
उहा साहित्य लगायत धेरै कुराहरुमा बहुप्रतिभाको धनी भएकै कारण पनि उहाले कबिता मार्फत शुभकामना दिनु भएको थियो।
पहिला बुवाआमाले केराका घरिहरु ल्याएर पहेलै हुने गरि पकाएर डोरिमा लस्करै हुनेगरी झुन्ड्याउदा
घरमा भएका खुकुरी,हसिया,चुलेसी सफागरेर दुर्गापुजा गर्दा जस्तो खुसी आउथ्यो त्यस्तै खुसी सबैलाई आओस भन्ने जस्ता रोचक र मार्मिक कबिता बाट शुभकामना दिनु भएको थियो।
कार्यक्रममा सन्देशमुलक गितमा नृत्य पनि प्रस्तुत गरिएको थियो।
प्रमुख अतिथिको हातबाट सङगठनमा राम्रो योगदान पुर्याएको भन्दै प्रसङ्सा पत्र पनि प्रदान गरिएको छ ।प्रमुख अतिथी र अतिथी हरुलाई मायाको चिनोपनी दिइएको थियो।
कार्यक्रमको समापनमा कार्यक्रमका सभापति तथा मुलइकाइकमिटि अध्यक्षले इकाकमिटिका अध्यक्षहरुले प्रभाबकरी भुमिका निर्बाह गर्दै मुल कमिटिलाई अझ जिम्मेवारी बनाउने भुमिका खेल्न अनुरोध गर्दै कार्यक्रमको समापन गरेका थिय।