
मनाङ्ग एयरको हेलिकप्टर दुर्घटना पाइलट सुरक्षीत

मनाङ्ग एयरको हेलिकप्टर दुर्घटना पाइलट सुरक्षीत
२७असोज२०८०
तिर्थ बहादुर कार्की
मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ।
ओखलढुंगाको रुम्जाटारबाट लोबुचेसम्मको लागि उडेको मनाङ्ग एयरको हेलिकप्टर दुर्घटना भएको मनाङ्ग एयरका निर्देशक राजु न्यौपानेले बताएका छन।
हाइअल्टिच्युडमा रहेका यात्रु लिनका लागि उडेको हेलिकप्टर आज बिहान ७:१३जादा लोबुचेमा दुर्घटना भएको हो।
हेलिकप्टरमा पाइलट मात्रै थिय र उहाँ सुरक्षित रहेको निर्देशक न्याउपानेले जानकारी दिएका छ्न ।
हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको बताएको छ।दुरघटनाको कारण नखुलेको हुनाले अनुसन्धान लागि दुर्घटना स्थल तर्फ टोलि जाँदै छ्न।
दुर्घटना ग्रस्त हेलिकप्टरका पाइलटलाई फिस्टल एयरमा लुक्ला ल्याइएको छ।
अहिले उहालाई उपचारका लागि हेम्स अस्पताल ल्याइदै छ।
हेलिकप्टरमा पाइलटमात्रै सबार रहेकाले अन्य मानबिय क्षेती भने भएको छैन।