Advertisement

दशै तिहार त त्यही बेला रमाइलो जुन बेला चामलको सेतो भात पाइन्छ भनेर रमाइन्थ्यो

२०८० आश्विन १८, बिहीबार १४:३९
२३४
उद्धब बञ्जारा

दशै तिहार त त्यही बेला रमाइलो जुन बेला चामलको सेतो भात पाइन्छ भनेर रमाइन्थ्यो,असोज १८,२०८०
तिर्थ बहादुर कार्की
हिन्दुहरुको बिशेष तथा महान चाड बडादशै अनि तिहार नजिकिदै छ।यो पर्ब मनाउने हाम्रो परम्परा अनुसार पुर्बतयारी पनि हुन थालेको दृश्य हरु देखिन थालेको छ।
दशै तिहारलाई हिन्दुहरुको सबैभन्दा ठूलो चाडकोरुपमा लिने गरिछ।सके सम्म आफ्नो गछ्यानुसारको नया कपडा किनेर लगाउने,नबदुर्गाको पुजागर्ने ,ठुला बडा तथा जेष्ठ सद्स्यबाट टिकाग्रहण गर्ने र आशीर्वाद लिने गरिन्छ।त्यस्तै तिहारमा लक्ष्मिको पुजा गर्ने ,गाइगोरुको पुजा गर्ने दिदीबहिनीले आफ्नादाजुभाइलाई भाइटिका लगाइदिने जस्ता कुराको परम्परागत चलननै छ अहिले पनि यसलाई निरन्तरता दिइदै आइएको छ।
यी पर्बहरुमा रमाइलो गर्ने गरिछ।हुनत हरेक चाडपर्बहरुमा रमाइलोनै गरिछ तर यी पर्बमा बिशेश हुन्छ।हामी सानै छ्दाको दशैको कुरागर्ने हो भने त्यो बेला अझ छुट्टै रमाइलो हुने गर्थ्यो।त्यो बेलामा अहिलेको जस्तो यातायात बिजुली बत्तिको सुबिधा थियन ।दशै तिहार आयो भने पछि नया कपडा लागाउन पाइन्छ,चामलको भात खान पाइन्छ भनेर हामिमा काम गर्ने जोसजागरनै अरुबेला भन्दा स्वोभाबिकरुपले बढिनै हुन्थ्यो।
दशै आए पछि घरसफा गरिन्थ्यो त्यो सफाई अरुबेला भन्दा बिशेश खालको हुन्थ्यो।एउटा टोलका मानिसहरु मिलेर एकै पटक समुहमा कमेरो माटो र रातमातो लिन २/३घन्टाको बाटो गएर ल्याइन्थ्यो र त्यसैले घर सिघार्ने गरिन्थ्यो।गाइबस्तुहरुको लागि पनि प्राय दशैभरिको आहारा,घाँस को जोहो गरिन्थ्यो।दशैमा नातेदार र मान्यजनको घरमा टीका लगाउन जाने समय र आफ्ना घरमा आउने पाउनाको लागि समय दिनको लागि पनि यसो गरिन्थ्यो ।
अझ त्यो बेला केटाकेटीलाई सबैभन्दा धेरै खुसी लाग्थ्यो,
किनकी त्यो बेला नया कपडा लगाउने चामलको भात खाने जस्ता कुरा यिनै पर्बहरुमा मात्रै हुन्थ्यो।यी दशैतिहारमा चाहिने सामान पनि दुइतिनको पैदल हिडेर किनेर ल्याउनु पर्थ्यो।
तर पनि त्यो बेला धेरै रमाइलो लाग्थ्यो तर अहिले गाउघरमा पनि यी चलन परिबर्तन हुँदै गएको पाइन्छ।अहिलेका आधुनिकताका कारण पनि हाम्रा पुराना मह्त्वकाङछी चलनहरु लोपहुदै गैइरहेका छन।
त्यस्तै तिहारमा भाइटिका लगाइन्थ्यो टीका लगाइन्थ्यो भाइटिकामा लगाउने मालाहरु घरमै उन्ने गरिन्थ्यो कति थरीका त टीका समेत घरमै बनाइन्थ्यो ।देउसी भैलो खेलिन्थ्यो देउशी भैलोमा एक जनाले भट्ट्याउने गरिन्थ्यो अझ यो भट्ट्याइमा प्राय भगवान राम र सिताको कथा अर्थात रामयण बाचन गरिन्थ्यो । तर अहिले टीका माला दशैमा घर सजाउने चिजहरु अहिले बजारबाट किनेर ल्याउने चलन छ।त्यस्तै अहिले डिजिटल गितसङ्गितहरु बजाएर देउशी भैलो खेल्ने गरिन्छ।जसले पच्छिल्ला पुस्ताले यी पर्बको महत्व र परम्परानै देख्न नपाउने र नबुझ्ने अवस्था छ।
यी आधुनिकता र सजिलोको पक्ष्यमा राम्रो मानिएतापनी धार्मिक र शास्त्रीय हिसाबले राम्रो मान्न सकिँदैन ।
माथी भनिएका सबैकुराहरुलाई नियालेर हेर्दा के बुझिन्छ भने आधुनिकतालाई अपनाउदै परम्परागत कुराको पनि जगेर्ना गर्नु पर्ने अहिलेको आवश्यकता देखिन्छ ।आधुनिकताको पनि खाचो छ तर आधुनिकताले गर्दा परम्परागत कुरानै लोप हुन लागेको हुदा परम्परा जोगाइराख्नु हामी सबैको कर्तब्य हो भन्ने मेरो बुझाइ छ।
अन्तमा आउदै गरेको २०८०सालको बडादशै तथा दिपावलिको देशबिदेशमा रहनु हुने आफ्न्त साथिभाई लगायत सबैमा शुभकामना ब्याक्त गर्दछु।

“तिखाे कलम मिडिया परिवार”