Advertisement

आखिर चाँड पर्व गाउँमा नै रमाईलो  !

२०८० आश्विन १८, बिहीबार ०६:४५
२७८
तीखोकलम

आखिर चाँड पर्व गाउँमा नै रमाईलो  !

 

दिपेन्द्र थापा

महालक्ष्मी.न.पा वडा नं ४,इमाडोल

ललितपुर : गाउँघरकै संस्कार उच्च स्थानमा छ,आम नेपालीहरुको महान चाँड दशै तिहार र छठ पर्व आउन लागि रहेको छ ।दशै आउन लाग्यो भन्दै गर्दा कस्को मन प्रफुल्ल नहोला र ? दशै आउँदैछ भन्दै गर्दा सबैको मनमा खुसी हुनेछ । आज विहान मेरो छोरीले बाबा दशैं आउन केही दिन बाँकी छ मेरो लागि कपडा किन्न कहिले जाने भनेर रमाएर प्रफुल्ल मुडमा सोध्दै थियो । केटाकेटीहरु दशैं आउन कति दिन बाकी छ भनेर स्कुल जान लागेको बालबालिकाहरु सडकमा ग्नथन मन्थन गदै थिए खुसीले ।कर्मचारीलाई दशैको बोनसको ठुलो आशा हुन्छ  ।बिदेश गएका र कामको शिलसिलामा आफनो जिल्ला छोडेर अर्को जिल्ला गएका दाजु भाईहरुको बा आमा अर्थात गाउँमा त छोराछोरी यो दशैमा घर आउँदैछ भन्ने आशमा बाआमाको छुटै खुसी हुनु हुन्छ । कतिको दाजुभाइ, बालशखा र आफन्तसंगको भेटघाट हुने आशमा पनि दशैको उल्लास छुट्टै हुन्छ । कतिको यो दशैमा भेटघाट गर्ने योजना सहित इेमल , मेसेन्जर र फोन मार्फत समय तालिका बनाएको हुन्छन् । कति नवदुलाह र दुलहीको पहिलो पटक ससुराली जानुपर्ने हुन्छ होला जे जस्तो भए पनि दशै र तिहारको रौनक हामी नेपालीलाई अत्यन्त खुसी लाग्ने महान चाड पर्व हुने गर्दछ । हाम्रो संस्कृति र परम्परालेले हामीलाई जोडेको छ । ठुलाबाट आशिर्वाद लिन चाँड भएकोले हामी बर्षमा एक पटक सबै परिवार भेला हुने गर्दछौ  दशैं र तिहारमा । विभिन्न चाँड पर्व र कला संस्कृतिले विभिन्न धर्म समुदायलाई बाँधेको छ ।

आश गरेको दशै ,तिहार र छठ पर्व पनि आउदैछ । कसैको  के कसैको के आशा हुन्छ ।  कतिको पुरा होला त कतिको न होला तथापि, यो सबै आशमा एक पटक भए पनि वर्षमा गाउँ त जान पाइन्छ वा गइन्छ भन्नेमा मनै फुरुक¨ त कसो न होला र ! ओहो दाजु तपाई कहिले आउनु भयो ?  भाइ तिमी कुन देश पो छौ ? कतिमा पढन थालेउ हउ ? ए यो भाइ बहिनी त यति ठुला भै सकेछन् ! ओल्लो घर पल्लो घर सबैतिर यी यस्तै प्रश्नहरु सोधोनी गरिन्छ  हैन त ? वर्षभरी काम काम भन्दै गर्दा दशैमा आफ्नो गाउँघर आउँदा मनै खुसी हुन्छ भन्ने सायदै कोही छैनौं होला ! जब गाउँलाई शहरमा हाम्रो गाउँ लगियो । शहरको बसाईले गर्दा मेरो छोरा छोरीलाई धानबाट चामल बन्छ , दुध गाईभैसीले दिन्छ भन्ने हेक्का अव आउने शहरीया पुस्ताले नजान्ने भैसके । मेरो माईलो दाजुले आजै मलाई सुनाउँदै हुनुहुन्थ्यो – दिपेन्द्र म विहान विहान मर्निङवाकमा एउटा गाई फर्म सम्म अर्थात गाईगोठसम्म पुग्छु अनि त्यहाँसम्म पुगेर फर्कने मेरो दैनिकी छ । कुनै कुनै दिन मसंग मेरो छोरी पनि जाने गर्छिन् तर छोरी त्यो गाईगोठसम्म जान मान्दिनन् किन कि गाईको गोवर उनीलाई गन्हाउँछ अरे ! तर , म त्यही गाईको गोवर मेरो लागि बास्नाझै हुन्छ ,त्यही गोवरको गन्ध लिन भनेर म त्यहाँसम्म हरेक दिन विहान मर्निङवाकमा जाने गर्छु । हामी आज जति नै शहरीया भए पनि हाम्रो मानसपटलमा गाउँको वासना आज सम्म ताजा छ भाई भनेर सुनाउदै हुन्थ्यो ।

हिजो मलाई पनि लाग्दथ्यो शहरमा गएर बस्न पाए हुन्थ्यो भन्ने सपना थियो । एउटा राम्रो घर र गाडी होस् शहरमा भन्ने थियो । तर आज यो शहरमा मलाई उकुसमुकुस भएको भान हुन्छ । यो मेरो मात्र भान हैन होला भन्ने लाग्छ । म जन्मेको घर, म हुर्केको गाउँ , म खेलेको गाउँ , म पढेको स्कुल मेरो गाउँको कुलो, पोखरी, धारा पाटीपौवा र बल खेल्ने बाझो खेत, दशैं वा तिहारमा गाँउ विकास समितिको भवनमा हरेक वर्षमा नाटक  आदि ।  यी सबै मेरो मानसपटलमा खेलिरहन्छ । मेरो मात्र हैन हामी धेरैको मानसपटलमा मेरो गाउँ मेरो ठाउँ भन्ने हेक्का रहन्छ होला पक्कै पनि।

दशैमा बिद्यालयको nfdf] विदा गनेर बसिन्थ्यो । क्यालेन्डरको पाना पल्टाएर धेरै हेरिन्थ्यो । साथीभाइ भेला भएर लंगुरबुर्जा, पिंग खेल्ने गरिन्थ्यो । गाउँभरि सबै साथीभाइहरु जो जता भएपनि दशैमा सबै साथीभाई गाउँमा भेला हुँदा कयौ समय साथीभाइ गफिँदा यति प्रफुल्लित हुन्थ्यौं नि । गाउँमा घुम्दा वा आफ्नो खेतबारीमा जाँदा मनै प्रफुल्लित कसको नहोला र  रु गोठमा भएको एक महिना अगाडि देखि नै बानेको खसी चराउन लाग्दा कस्लाई रमाईलो  नलाग्ला र कस्को खसी ठुलो भन्ने होडबाँजी नै चल्दथ्यो । विशेषगरी रूखमा डोरी बाँधेर या बाँस गाडेर चोक र टोलमा हालिने यस्ता पिङ नयाँ पुस्ताका लागि अब एकादेशको कथा बन्दै जान थालेको छ । त्यसैले मौलिकतालाई बचाउन र लोप हुन् नदिन लिङ्गे पिङको महत्व बुझ्नु पर्ने अहिलेको आवस्यकता हो ।

हजुरआमा र आमाले बारीमा फलाको सागपात खाँदा पनि मैले कति स्वस्थ्य खाना खाँएछु भन्ने अनुभुति लागेको छ । बारी भरि पाकेको काक्रो र दशैंमा गालेको अचार सम्झदा आज पनि मुख भरि पानी आउछ । गाउँघरमा भएको आत्मीयता मेलापात गर्दा पर्म गरेको क्षण दुःखसुखमा सबैको साथ सहयोग ,साह्रो गाह्रोमा गाउँभरिको मानिसको साथले पनि गाउँको माया अपार नै हुनेछ । मर्दामा मलामी र पर्दामा जन्ती गाउँमा नै हुने गर्छन् । शहरमा त मलामी र जन्ती भाडामा नै खोज्नु पर्ने अवस्था बन्न सक्छ । शहरमा वल्लो घरमा मानिस तलमाथि पर्दा पर्दाबाट च्याउने गर्न थालेका अवस्था बिस्तारै देखिदै छ ।  गाउँघरको त्यो आत्मीयता कहाँ शहरमा पाईन्छ र ।

तिहारमा देउसी खेल्दाको क्षण देउसिरे देउसिरे भेनेर भट्याएको क्षण जति नै शहरीया भए पनि बालापनमा फर्कन मन लागिहाल्छ । देउसि खेल्न जान पदैन बरु यति रकम दिन्छु भनेर बा को मायाले भनेको र रातभरि खेलेको देउसिको खेलेर कमाएको रकम साथी भाईले बाँडफाँड गर्दा अझ पनि बाबाले बालेको रकम नै बढी हुन्थ्यो । तर साथी भाई सँग मिलेर देउसिरे देउसिरे भनेर रमाईलो खेलेको आज सम्म मेरो मानसपटलमा छ । तिहारमा आमाले सेलरोटी पकाउँदा वरीपरि बसेर हेर्दा कतिखेर रोटी खाउँ भन्ने मनमा लागेको सम्झना आईरहन्छ । साथीभाइ भेला भएर देउसिरे खेलेको सम्झना , देउसीबाट उठेको पैसा सबैलाई बाँडेको र भट्याउनेलाई अलि बढी दिएको सायदै कसैले भुलेको छैन होला ।यी बालापनको सम्झनाले पनि गाउँको याद अत्यन्तै हुने गर्दछ ।

एउटै घरमा बस्दा पनि एक आपसमा चिनजान नहुने शहरको प्रचलन भैसक्यो ।तल्लो तला भाडामा दिएको छ तर  कोठमा बस्ने सँग महिनामा एक पटक भाडा लिने बेला मात्र भेटघाट हुने रहेछ । शहरको बसाई एक्लोपन जस्तो हुने रहेछ भन्ने भैसकेको छ । अरुको मतलव छैन , आफ्नै मात्र ध्याउन्न हुने यो शहरको बसाई गाँस ,बास र कपासकै जोहोमा वित्ने गर्दछ ।

चार्डपर्व त आउदैछ । हरेक दिन तीन हजारको हाराहारीमा युवा वर्ग विदेश पलाएन भईरहेको देखिन्छ । विदेश बाट हरेक दिन ३ देखि ५ जनाको बाकसमा लास पनि भित्रीरहेको अवस्था छ । जन्मेको गाउँ,हुर्केको ठाउँ हामी जो जहाँ भए पनि नभुलौं । जति नै सुखसयलमा बसेपनि जति नै शहरीया भएपनि , देश विदेश जहाँ भएपनि हामीलाई गाउँको सम्झनाले सताउँछ नै होला । गाउँको ती दिन , दुःखसुखका क्षण, गाउँका साथीभाइ , खोलानाला, पाटीपौवा , गाउँको सम्झना कसलाई पो नहोला दशैमा सबै जना गाउँघरमा भेला भएकोे देख्दा  !

(लेखक सामाजिक अभियन्ता हुनुहुन्छ )