Advertisement

चितवनमा सडक पेटिमा रोपिएको बिरुवा उखेलेर फाल्ने महिला पक्राउ परेकी छ्न

२०८० आश्विन १६, मंगलवार ११:२४
१७२
तीखोकलम

चितवनमा सडक पेटिमा रोपिएको बिरुवा उखेलेर फाल्ने महिला पक्राउ परेकी छ्न,असोज १६,२०८०
तिर्थ बहादुर कार्की
काठमाडौ ।भरतपुर उपमहानगर पालिकामा सडकको छेउमा रोपिएको बिरुवा उखेलेर फाल्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ।
भरतपुर -३ बेलचोक ,शहिदचोक क्षेत्रहरूमा रोपिएको बिरुवा उखेल्ने खुस्बी रौनियरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।उनलाई सोमबार दिउँसो ३:००बजे पक्राउ गरिएको हो।
नगर प्रमुखको उपस्थितमा रोपिएको बिरुवा उखेलेको पाइएपछि वडाअध्यक्षले सिसि क्यामेराको फुटेज हेरेर त्यही फुटेजको आधारमा उनलाई पक्राउ गरिएको छ।रातको समयमा बिरुवा उखेलिन थालेपछी निगरानी थालिएको थियो।
सिसिटिभी फुटेजमा उनले रातको २बजे आफ्नै पसल अगाडिको रोपिएको बिरुवा उखेलेको देखिएको छ।
प्रहरिले गरेको सोधपुछमा उनले त्यो बिरुवा ठूलो भएपछि आफ्नो घरलाई असर गर्छ भनेर उखेलेको बताएकी छ्न।
प्रहरिका अनुसार उनलाई प्रचलित कानुन अनुसारको कारबाही गरिने छ।