Advertisement

एक समय प्रदेशमा हुदा म

२०८० आश्विन १६, मंगलवार ०५:५४
२२६
उद्धब बञ्जारा

एक समय प्रदेशमा हुदा म                               १५,भाद्र,२०८०

अनेक समस्या र बाध्यताकारण लाखौ युवाहरु बिदेशिएका छ्न।अलिक धनिमानी प्राय जसो युरोपियन मुलुकहरू जाने गर्दछ्न ।निम्न अनि मध्यम बर्गिय स्तरका युवाहरु धेरै जसो आफ्नो घरपरिवारको सपना र आफ्ना सपनाहरु प्राप्तिको लागि खाडी मुलुक जाने गर्दछौ हाम्रो बध्यतानै यहि छ।
म सानोसानै हुदा हामी भन्दा अग्रजदाइहरु भर्खर भर्खर बिदेश जान थाल्नु भएको थियो।त्यो बेला म सानै भएपनी मेरो स्वोभाब अलि जिज्ञासु भएकोले म साथिहरु सङ्ग यो विषयमा कुरा गर्ने गर्थे।मेरो आफ्नो मान्यता के थियो भने हामिले श्रम गर्न अरुको देश जानुहुदैन जे गर्नु छ आफ्नै देशमा गर्नु पर्छ र साथिहरुलाई पनि यहि भन्ने गर्थे म।
बिस्तारै समय बित्दै गयो मैले २०६३सालमा एस.एल.सि उतिर्ण गरे त्यस पछि उच्च शिक्षाको सपना बोकेर म बिरानो शहर काठमाडौ आए।जब काठमाडौ आईपुगे तब थाहा भयो कि यो काठमाडौ मैले जति सहज सोच्थे त्यस्तो रहेनछ।
यसपछी काठमाडौमा सघर्सका दिनहरु सुरु भए सघर्सगर्दै गए तर यहाको मेहनतको कमाइले आफू पालिन नसकिने अवस्थाभयो।
यसपछि म आफै पनि खाडी मुलुक साउदी अरेबिया वैदेशिक रोजगारिको लागि बिदेशीय ।त्यो बेला पनि नेपालमा आफुले नेपालमा सोचेजस्तो पाइला अगाडि बढ्न नसके पछि एउटा छुट्टै सपना बोकेर म त्यहा गएको थिय।जब त्यहा पुगे मलाई फेरि के आभास भयो भने म फेरि भगवान बाट ठगिय।किनकी त्यहा सबै कुरा मैले सोचेको जस्तो थियन र मेनपावरले भनेको अनुसार केही पनि थियन।नत काम नत तलब नत काम गर्ने समयनै।म नेपालबाट स्टोर किप्परको अन्तरबार्ता को जाँच पास गरेर त्यही काम भनेर त्यहा गएको थिय ।तर त्यहा गए पछि फलामको कम्पनिमा काम गर्नु पर्यो जुन काम एकदमै गार्हो थियो।
नेपालबाट साहुको ऋणलिएर बिदेशगएको म त्यो काम गर्नै पर्ने बाध्यतानै थियो अर्काको देश सानैदेखी दुख गरेको भएर काम गर्न थाले।बिदेशी मुलुक आफ्नो र आफ्नो मर्का बुझिदिने कोहिपनी थियन बरु नया मान्छे आयो यसलाई भारी काम लगाउ र हामी आराम गरौ भन्ने म भन्दा पुराना कमदारहरुको लर्को थियो।म हिम्मत नहारी दिनको १०देखि १५घन्टा सम्म काम गर्न थाले यसैक्रममा म एक्कासी बिरामी परे।म यति धेरै बिरामो भएकी जिन्दगिमा म पहिलो पटक बाच्छुभन्ने आश मारेको थिय।मैले त्यो बेला एक्लै कोठामा रहदा लेखेको एउटा लेखको साराङ्सबाट बाकी कुरा जस्ताको तस्तै प्रस्तुत गर्न चाहान्छु त्यो बेलाको लेख यस्तो थियो:-
आजबाट बाच्छु भन्ने आशमा छु,अस्ति बिरामिहुदाको दिन वा ५तारिखको दिन म बिरामी भएको पहिलो दिनको बिहानको कुरा हो।सबैले तिर्थ उठ भन्थे छुट्टटिको दिन पनि भएकोले बजार नजाने भनेर सोधे मैले म बिरामी छु जान सक्दिन भन्ने कोसिस गरे तर म बोल्न सकिन।मेरो मुखबाट आवजनै निस्किन सकेन अन्तिममा हातले इशारा गरे म बिरामिछु बोल्न बजार जान सक्दिन।त्यसपछी सबैजना बजार गए म एक्लै कोठामा थिय ।मनमा अनेकौ कुराहरु खेल्न थाले मलाइ बिमारिले यति धेरै सताएको थियोकी म साथिहरु आउन्जेल पनि बाच्दिनकी जस्तो हुन्थ्यो।यस्तै बिरामिको काराण चार दिन सम्म खाना पनि खान सकिन।बिदेशी जिन्दगी बिदेशिनै हुदोरहेछ ।कामा गर्न सकुन जेल सबैको प्यारोसबैको राम्रो तर बिरामी पर्दा यहाँ कोहि आफ्नो हुदैन।बिदेशी मुलुक कामको महत्वो छ यहाँ मान्छे मरेपनी लाशलाई ढोका बन्द गरेर राखेर बाकिलाई काममा लगाइन्छ।म आफैलाई पनि जिउदो लाशको महसुस हुन्थ्यो।सबै जना काममा जान्थे मलाइ पनि लाग्थ्यो म पनि त्यस्तै हुन्छुकी।यहाँ हाम्रो नेपालमा मेनेजर सुपर भाइजर भने झै मुदिर भन्ने ब्याक्ती हुन्छ उसले साथिभाइलाई हेर्न आउन समेत कामको समय नसकिय सम्म आउन दिदैन।
बास्तबमा माथी उल्लेख गरिए जस्तै छ बैदेशिक रोजगारिमा जाने हरुको अवस्था ।आफ्ना घरपरिवार साथिभाइ सबैबाट टाढा बनाइदिएको छ हामिलाई हाम्रा देशका शासकहरुका कारण ।देशमा क्ष्यमतावान युवा हरुलाई रोजगार दिने भन्ने सबैकुरा भासणमा मात्र सिमित छ।
हाम्रो देशका उच्च पदमा रहेकालाई यति पनि आत्मादेखी लाग्दैनकी युवाको भबिस्यको जिम्मेवारी हामिमा छ भनेर।सीप क्ष्यमता र जोसजागर भएका युवाहरु बिदेशिएका छ्न।देशमा युवालाई रोजगार छैन छुट्पुट रोजगारी भएता पनि त्यहा चरम श्रम शोषन छ।नेपाल सरकारले गर्नु पर्ने कतिपय काम निजिलाई ठेकेदारीको रुपमा सुम्पिएको छ ।यस्ता सस्था कम्पनिमा श्रमको आधाभन्दा कम पारिश्रमिकमा काम लगाउने गरिन्छ र यहाबाट पाउने पारिश्रमिकले घर धान्न सक्ने स्थिती छैन ।
यसमा पनि राम्रो तलब भत्ता र जिम्मेवारी आफ्ना आफ्न्तलाई मात्र सुम्पिने चलन छ।यहाँ सीप क्ष्यमताको कदर कहिलै हुदैन।
आफ्नाले जतिले गलत गरे पनि राम्रै हुन्छ्न र कुनै तरिकाले यसका दोष जति बिना पहुचकालाई बिकाउने र नराम्रो भनेर चिनाउने गरिन्छ।जहाँ गल्ती पनि उहीँ मान्छे हुन्छ र छानबिन गर्ने पनि उनिहरुकै मान्छे हुन्छ्न।
यहाँ जहिले पनि राम्रा मान्छे छायांमा परिरहेका हुन्छन यिनै कारणले गर्दा आज राम्रा ब्याक्तिहरु बिदेशिन बाध्री छ्न।
यदि हाम्रो देशको बिकास गर्ने हो भने नेपाल सरकारको तर्फबाट गर्नुपर्ने काम गुणस्तर युक्त युवाहरूलाई समेटेर नेपाल सरकारकै तर्फबाट गरिनु पर्छ ।मुख्य कुरात सरकारले गर्नु पर्ने काम निजिलाई सुम्पिएर गैरजिम्मेवार बन्न छोड्नु पर्छ र मेहनत गर्ने श्रमिकले जिउन सक्ने बाताबरणको शिर्जना गरिनु पर्छ।

लेखक तथा सम्बाददाता
तिर्थ बहादुर कार्की