
बालबिकास तथा राहत शिक्षक र सरकार बिच पाँच बुदे सहामती

बालबिकास तथा राहत शिक्षक र सरकार बिच पाँच बुदे सहामती १३असोज २०८०
तिर्थ बहादुर कार्की
काठमाडौ ।सरकारले ल्याएको शिक्षा बिध्यक समबन्धी अशन्तुस्ट जनाउदै आन्दोलन गरिरहेका बालबिकास तथा राहत शिक्षक र सरकार बिच पाचबुदे सहमती भएको छ।
शिक्षा बिज्ञान तथा प्रबिधी मन्त्रालयमा शुक्रबार दुई पक्ष्यबिच सहमती भए सङ्गै आन्दोलन स्थगित भएको छ।सरकारको तर्फबाट शिक्षा बिज्ञान तथा प्रबिधी मन्त्री अशोक कुमार राई,राज्यमन्त्री प्रमिला कुमारी नेपाल र आन्दोलनरत शिक्षकहरुको तर्फबाट राहत शिक्षक केन्द्रिय समितिका अध्यक्ष खेमराज अधिकारी र नेपाल शिक्षक महासघकी अध्यक्ष कमला तुलाधार बार्तामा सहभागी थियेा।
एक पटककालागी राहत शिक्षकको सिमित प्रतिस्पर्धालाई शतप्रतिशत कायम गर्ने ,परिक्षा उतिर्ण भएका शिक्षकहरु स्थायी हुने, र सेवामा रहेको समयदेखिकै अवधी पनि गणना हुने भएको छ।परिक्षामा अनुत्तीर्ण शिक्षकको हकमा सरकारले आर्थिक प्याकेज उपलब्ध गराउने जस्ता सहमती छलफलमा भएको छ।
आन्दोलनमा रहेका शिक्षखरुको तर्फबाट पाँच बुदे माग सरकारलाई बुझाए पछि ।सरकार र आन्दोलनरत शिक्षकको प्रतिनिधि बिचमा छलफल र सहमती भएको शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री अशोक कुमार राइले बताए।
मन्त्री अशोक कुमार राइले प्रस्ताबित बिद्यालय शिक्षा सम्बन्धी ऐनमा नपुगेकोर छुटेको विषयलाई संसदीय प्रकृयाबाट सहमती गरिने कुरा पनि जानकारिगराउनु भयो।