Advertisement

आजबाट सोर्ह् श्राद्ध आरम्भ

२०८० आश्विन १३, शनिबार १०:५८
१२७
तीखोकलम

आजबाट सोर्ह् श्राद्ध आरम्भ
१०,असोज २०८०

पितृहरुमा नाममा गरिने सोर्हवटा श्राद्ध अर्थात सोर्हश्राद्ध आज बाट सुरु भएको छ।
आज १३गतेबाट सुरु भएको यो सोर्ह श्राद्ध २८गते बिधिगत तरिकाले शास्त्रीय परम्परा अनुसार सकिने छ।आश्बिन कृष्ण प्रतिपदाबाट सुरु भएर आश्बिन शुक्ल प्रतिपदासम्म सोर्हवटा तिथिमा पितृहरुलाई तर्पण,पिन्ड र सिदादानगरेर श्राद्ध गरिने भएकोले पनि सोर्हश्राद्ध भनिएको हो।
सोर्ह श्राद्धमा पितृले आफ्ना सन्तान्नबाट पितृले आश गर्ने मान्यता र परम्परा रहेकाले चाडपर्ब यज्ञ र ठुला कार्य गर्नु पहिला पितृलाई श्रद्धा भक्तिसाथ सानातन हिन्दु परम्परा श्राद्ध गर्ने र पितृको आशिष् लाग्ने मान्यता अनुसार पनि सोर्ह श्राद्ध गरिएको हो।
यो सोर्ह श्राद्धको अवधी भर कतिपय खाने कुराहरु शास्त्रीय मान्यता अनुसार खाने र नखाने भनेर छुट्ट्याइएको छ।
यो समयामा ठूलो आवाजमा शन्ख र घन्टहरु जस्ता चिज बजाउन नहुने ,सकेसम्म गाइको सेवा गर्नु पर्ने,पुरेहित साधुहरुलाई दान सिदा दियो भने र गरिब दुखिको सेवा गर्दा राम्रो हुने कुरा ज्योतिष :-ठाकुर देवकोटाले बताउनु भएको छ

उहाले बताए अनुसारै भन्नू पर्दा यो समयमा माछा मासु,लशुन,प्याज,कोदो,बिरेनुन,लौका,भन्टा र गोलभेडा जस्ता चिजहरु खान नमिल्ने खानेकुराहरु हुन।चामलको भात ,रोटि,जोउबाट बनेका खानेकुरा र गाइको दुध र गाइको दुधबाट बनेका खानेकुराहरु यो बेला खान मिल्ने खानेकुराहरु हुन।
सोर्ह श्राद्ध सुरु भए पछि श्राद्धको तिथि नाअए सम्म बिद्धिपुर्बक हिसाबले बारेर बसिरहेका सन्तानले कतिपय कारणनले छेकिएर श्राद्ध गर्न रोकिने पनि गरेको पाइन्छ।कुनै पनि कारणले श्राद्ध छेकिएमा वा श्राद्ध गर्न नमिलेमा सोर्हश्राद्ध अनिवार्य गर्नुपर्ने मान्यता रहेकाले यदि श्राद्ध रोकियो भने पितृको तिथिको दिनमा गर्न सकिन्छ,यो बेलापनी छेकिएमा लक्ष्मिपुजाको दिनमा गर्न सकिन्छ र यदि यो बेला पनि छेकिएमा अन्तमा मङ्सिर सम्म श्राद्ध गर्न सकिन्छ्न र गर्ने गरिएको छ।                                                               
माथी बताइएका बिद्धिअनुसार सोर्ह श्राद्ध बारेर बसेका सन्तान र श्राद्ध नछेकिए पनि कतिपय ब्याक्ती आफ्ना पिताको श्राद्ध तिथि थाहा नभएका कारण गर्न पाइरहेका हुदैनन ।यदि यस्तो भएमा औशिको दिनमा श्राद्ध गर्न सकिने शास्तृय मान्यता रहेको छ।                                                              सम्वाददाता- तिर्थ बहादुर कार्की