Advertisement

चाडवाड बढेसंगै चोरीका घटनाक्रमहरु पनि बढ्दै

२०८० आश्विन १२, शुक्रबार १६:१७
२८७
Ashok Pokharel

१२ असोज २०८०, नागार्जुन ३, काठमाण्डौ।नागार्जुन नगरपालिका वडा नं ३, इचंगुनारायणमा अवस्थीत इचंगुनारायण आधारभूत विद्यालयमा, गत असोज ३ गते बुधवार राती अन्दाजी (सीसी tv क्यामेरा फूटेज अनुसार )१०:५५ बजेबाट अनुमानित २ :३० बजे सम्म भित्रको गेट फोरेर ११ वटा कक्षा कोठाहरु मध्ये ९ वटा कक्षा कोठाहरुजो ताल्चा फोरेर दराजमा रहेको केहि नगद र कागजहरू छरप्रष्ट पारेको, दराज काम नलाग्ने गरी फोडेको, all in one नयाँ computer १, २ वटा ल्यापटप,3 in one फोटोकपी Machine १, सिसी क्यामराको Monitor १ गरी अनुमानित ३,७०,०००/- (तीन लाख सत्तरी हजार)को चोरी भएको कुरा विद्यालयका प्रधानाध्यापक श्री अमृता श्रेष्ठले जानकारी दिनुभयो।

निम्न वर्गीय जनताका छोराछोरी पढ्ने रामुदायिक विद्यालयलाई सुविधा सम्पन्न बनाई सूचना प्रविधिमार्फत अब्बल बनाउनु पर्ने वर्तमान समयमा,सहयोग मार्फत प्राप्त सामाग्रीहरु चोरी हुनु ठूलो विडम्बना हो। यसबाट विद्यार्थी भाइबहिनीहरुको पठनपाठनमा ठूलो समस्या पर्ने देखिएको छ।

यसै गरी श्रावण गते १५ गते राती नागर्जुन नगरपालिका वडा नं ३, गैरीगाउँस्थित सीता बाल विकास आधारभूत विद्यालयमा पनि ५ थान ल्यापटप, सामूहिक वचत पेटिकामा भएको रकम सहित झण्डै ४ लाख मूल्य बरावरको सामान चोरी भएको थियो ।

यसरी पटक पटक सामुदायिक विद्यालयहरु नै चोरीको निशानामा पर्नु दुःखद घटनाहरु हुन। सुरक्षित तथा अमन चैन युक्त वातावरण निर्माणका लागि हामी सम्बद्ध सबै पक्षहरुसंग हार्दिक अनुरोध गर्दछौं।