Advertisement

अम्बा र अम्बाले  दिने लाभहरु

२०८० आश्विन १०, बुधबार १९:२५
१८१
तीखोकलम

अम्बा र अम्बाले  दिने लाभहरु                                 १०,भाद्र २०८०

हामिले बजारमा वा कतै घुम्न जादा विभिन्न किसिमका फलफूलहरु देख्ने गरेकाछौ।
यिनै फलफूल मध्य हामिलाई आआफ्नो इच्छा अनुसार कतिपय फलफूलहरु देख्ने बित्तिकै हाम्रो मुख रसाउने गर्छ सिधा बुझ्ने गरि भन्नू पर्दा खान मन लाग्ने गर्दछ।यदि हामिलाई खान मन लाग्यो र खल्तिमा पैसा रहेछ भने किनिपनी हाल्छौ यस्ता धेरै फलफूलहरु हुन्छ्न हामिलाई मन पर्ने।
यी फलफूल मध्य प्राय सबैलाई मन पर्ने सबैले खाने गरेको पाइएको फलफूल अम्बाको विषयका केही चर्चा गरौ।अम्बा चिसो मोउसममा पाइने एक प्रकारको स्वादिलो,मीठो साथै स्वास्थ्यबर्दक फलको रुपमा मान्ने गरिन्छ ।यो फल विशेष गरेर गाउघरमा पनि पाइने पुरानो फल पनि हो।कतिपय मानिसहरुले अहिले स्वस्थकर भएको कारण वा ब्याबसायको हिसाबले पनि यसको खेतिनै गरेको पाइन्छ।
यो फल मीठो र स्वादिलोको हिसाबले लोकप्रिय त छ्दैछ हामिले खाने गरेकै छौ।तर हामिले खाने गरेको यो फलको फाइदाको बारेमा थाहा नहुदा हामिले यसबाट जति फाइदा लिन सक्नु पर्ने हो त्यति फाइदा लिन लिन सकिरहेका हिदैनौ त्यसैले यसको फाइदाको बिसयमा अब कुरा गरौ।अम्बाको पातमा भिटामिन बि,भिटामिन सि,प्रोटिन ,आइरन,क्याल्सियम ,म्याग्नेसियम,पोटासियम र फास्फोरस जस्ताधेरै किसिमका पोषणयुक्ततत्वहरु पाइने हुदा यसले स्वास्थ्य समस्यामा न्यूनीकरण ल्याउने काम गर्दछ।
अम्बाको विभिन्न फाइदाहरु मध्य मुख्य फाइदाहरु यसप्रकार छन।
(१)क्यान्सरलाग्नबाट जोगिन्सकिन्छ:-हामिले अम्बाको चपाएर रस खाने गरयौ भने यसले हामिलाई क्यान्सरजस्तो प्राणघातक रोगबाट बच्न मध्धत पुर्याउदछ।
(२)छालाको लागि लाभ मिल्दछ:-अम्बामा पाइने भिटामिन सि,लाइकोपिन र आन्टिआक्सिडन्टहरुले छालामा लाग्ने रोगहरुबाट जोगाउदछ।
(३)मोटोपन घटाउदछ:-अम्बामा ८०% हुने पानी र फाइबरले शरिरको तौल घटाउने गर्छ वा मोटोपन बाट बचाउछ।
(४)झाडापखला निको पार्दछ:-अम्बाको पातलाई तातोपानीमा तताएर वा चिया बनाएर पिउने गर्दा पेट दुखेको र पखला लागेको निको पादछ।
(५)ग्यास्टीक निको पार्छ:-अम्बाको पातको सेवनले पाचन प्रणालिलाई मिलाउने काम गर्दछ त्यसैले ग्यास्टीक समेत निको पार्दछ।
(६)रुघाखोकी निको पार्दछ:-पातमा भिटामिन सि को मात्रा पाइने भएकोले यसले रुघाखोकीपनि निको बनाउदछ।
स्वास्थयबिदहरुका अनुसार र स्वास्थ्य सम्बन्धी उपलब्ध लेखहरुबाट जानकारी पाए अनुसार माथी उल्लेलेख गर्न छुटेका अरु पनि धेरै फाइदाहरु छ्न ।                                       सम्वाददाता-तिर्थ बहादुर कार्की