
आन्दोलनरत शिक्षकहरु फर्किए आफ्नो कार्यक्षेत्रमा
२०८० आश्विन ८, सोमबार १०:५३
१७१

आन्दोलनरत शिक्षकहरु फर्किए आफ्नो कार्यक्षेत्रमा८,भाद्र२०८०
काठमाडौ ।विभिन्न १८बुदे मागसहित काठमाडौ केन्द्रीत शिक्षककाे आन्दोलन बन्द भएको छ।
शुक्रबार गृहमन्त्रालयमा भएको बार्तामा शिक्षा ऐनमा परिमार्जन गर्ने ६बुदे सहमती भए पछि आन्दोलन फिर्ता लिइएको हो।
शिक्षकको १०/१०बर्समा सावधिक बढुवा हुने,माध्यमिकतहको बिशिस्ट शेणिमा पदोन्नति हुन न्युनतम पाचबर्स सेवा गरेको हुनुपर्ने लगायतमा बुदाहरुमा सहमती गरिएको छ।
राहत शिक्षकलगायत कतिपय शिक्षक भने यो सहमतिमा असन्तुष्टनै देखिएका छ्न।पेन्सनको विषयमा रहेको मागमा पनि २०७४भन्दा अगाडिका शिक्षकले मात्रै पेन्शन पाउने भएका छ्न।
सम्वाददाता= तिर्थ बहादुर कार्की