
सरकार सङ्ग भएको शिक्षकहरुको सहमतिमा राहत शिक्षकहरुको असहमति

भाद्र५,२०८०
सरकार सङ्ग भएको शिक्षकहरुको सहमतिमा राहत शिक्षकहरुको असहमति
काठमाडौ ।सरकारले ल्याएको नया शिक्षा विधेक शिक्षकहरुको हितमा नभएको भन्दै देशैभरिबाट राजधानी काठमाडौमा विभिन्न मागहरु राख्दै तीन दिन देखि आन्दोलन गर्दै आएका शिक्षक र सरकार बिच बैठक बसेको छ।
बैठकमा आन्दोलनरत शिक्षक र शिक्षक महासघ बिच छलफल हुदा केही सहमती भएको छ ।यो दुई पक्षयबिचमा भएको सहमतीमा राहत कोटामा भएका शिक्षकहरुको माग सम्बोधन नभएकाले राहत कोटामा रहेका शिक्षकहरुले असमती जानाएका छ्न।शिक्षकहरु हस्ताक्षर समेत नगरी छलफलबाट बाहिरिएका हुन।महासङ्घका केही प्रतिनिधि र सरकार बिच सहमती भएको तर आफुहरुको माग सम्बोधन नभएका कारण असहमती जनाएको राहत शिक्षक केन्द्रीय समितिका खेमराज अधिकरिले बताउनु भएको छ।
२०७५साल भन्दा अगाडीदेखि शिक्षण पेशामा रहेका शिक्षकहरुको जागिर यथावत रहने गरि ऐन बन्नु पर्ने आफुहरुले माग राखेको तर सुनुवाइ नभएको बताएका छ्न।
राहत शिक्षक केन्द्रिय समितिका प्रतिनिधिहरुका अनुसार शिक्षक महासङ्घबाट अलगिएर भएपनी आफ्नो माग सम्बोधान नभएसम्म आन्दोलनलाई निरन्तरता दिने बताएका छ्न। सम्वाददाता- तिर्थ बहादुर कार्की