
गुठी भवनमा गजुर , झलर, पतार स्थापना !!

३० भाद्र २०८० नागार्जुन३, काठमाडौं।
नागार्जुन नगरपालिका वडा नं ३ हल्चोकस्थित आकास भैरव गुठीको भवनमा गजुर, झलर,पतार एवं झण्डा राख्ने कार्य सम्पन्न भएको छ।
श्री हल्चोकस्थित आकाश भैरव मन्दिरमा पूजा गरी ,बलि
दिएपछि तान्त्रिक विधि पूर्वक दियो ,कलश ,गणेशको पूजा गरेर हवन पश्चात गजुर, झलर, पतार एवं झण्डा स्थापना गरिएको हो ।
उक्त गजुर स्थापना कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला निर्वाचन क्षेत्र नं ७ प्रतिनिधि सभा सदस्य माननीय श्री गणेश पराजुली,
नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष श्री अष्टलक्ष्मी शाक्य,राष्ट्रिय प्रजातन्त्र पार्टी बागमती प्रदेश संसदीय दलका नेता तथा काठमाडौ जिल्ला निर्वाचन क्षेत्र नं ८ख का प्रदेश सभासद माननीय श्री उद्धव थापा, नागार्जुन नगरपालिकाका उपप्रमुख श्री सुशिला अधिकारी, आकाश भैरव गुठीका संयोजक सागर पुतुवार, समाजसेवी शंखवीर पुतुवार, नागार्जुन नगरपालिका वडा नम्बर ३का वडा सदस्य श्री जीवन पुतुवार, काठमाडौ महानगर पालिका वडा नम्बर २२ र २५ बाट पाल्नुभएको गुठीका सदस्यहरु, आकाश भैरव गुठीका सदस्य लगायत स्थानिय भद्रभलादमी गरी सयौं संख्यामा भक्तजनहरु उपस्थित हुनुहुन्थ्यो।
काठमाडौँ महानगरपालिका वडा नं २५ न्यौखा निवासी स्वर्गीय पूर्ण वहादुर श्रेष्ठको धर्मपत्नी श्रीमती मैया श्रेष्ठ तथा छोरा-बुहारीहरु विवाद श्रेष्ठ/सुभद्रा श्रेष्ठ
वेद कृष्ण श्रेष्ठ/शुष्मा श्रेष्ठ
रवि कृष्ण श्रेष्ठ /ज्ञानु श्रेष्ठ
प्रिया श्रेष्ठ, रिया श्रेष्ठ, शुभेच्छा श्रेष्ठ,रुबी श्रेष्ठ ,सम्पदा श्रेष्ठ, रुविन श्रेष्ठले आफ्नो व्यक्तिगत खर्चमा गजुर स्थापना गर्नुभएको हो।
यसै गरी स्व. पूर्णबहादुर श्रेष्ठको धर्मपत्नी श्रीमती मैया श्रेष्ठद्वारा नेपालको चन्द्रसूर्य अंकित धातुको झन्डा अर्पण गर्नुभएको हो।
स्व. कृष्णलाल श्रेष्ठ तथा स्व. श्रीमती ममुरादेवी श्रेष्ठको छोरी सुश्री सानु मैया श्रेष्ठ र स्व. कविन्द्रमान श्रेष्ठको धर्मपत्नी श्रीमती उर्मिला श्रेष्ठ तथा छोराहरु प्रविनमान श्रेष्ठ विपेन्द्रमान श्रेष्ठद्वारा झलर अर्पण गर्नु भएको हो।
स्वर्गीय बिष्णु प्रसाद श्रेष्ठ तथा स्वर्गीय श्रीमती कृष्णकुमारी श्रेष्ठको छोरा-बुहारी मणि दर्शन श्रेष्ठ /श्रीमती कौशल्या श्रेष्ठ नाती मणिस श्रेष्ठ/नातिनी बुहारी सुस्मिता श्रेष्ठद्वारा पतार अर्पण अर्पण गर्नु भएको हो।
हाम्रो संस्कृति ,हाम्रो पहिचान ,हाम्रो मौलिकता संरक्षण गर्नु हामी सबैको दायित्व हो जय जय आकाश भैरव।