Advertisement

आज कुशेऔसी (बुवाको मुखहेर्ने दिन)

२०८० भाद्र २८, बिहीबार ०८:५२
११८
तीखोकलम

भाद्र २०८० बिहिबार
आज कुशेऔसी (बुवाको मुखहेर्ने दिन)

आज कुशेऔशी अर्थात बुवाको मुख हेर्ने दिन परेको छ।
बुवाको मुख हेर्ने विशेष धार्मिक तथा सस्कृतिक परम्पराको रुपमारहेको पर्व कुशे औशी आज पनि विशेष धार्मिक बिधिअनुसार मनाइदै छ।परम्परागतरुपमा चल्दै आएको यो पर्व आज भाद्र २८ गते बिहिबार परेको हो।
आजको दिनलाई बुवाको बिशेश उपस्थित हुने दिन पनि भन्ने गरिछ ।विशेष गरेर आजको दिनमा दुरदराजमा रहेका छोराछोरी हरु पनि बुवाको मुख हेर्न आउने र बुवालाई फलफूल ,मिठाइ लगायतका परिकारहरु खान दिने त्यसै गरि कपडा उपहार दिने चलन पनि रहेको छ त्यसैले बिहानै देखि सडकमा मानिसहरुको आवत जावत पनि बढेको छ।
बुवा भौतिक रुपमा हुनेहरुले प्रत्यक्षरुपमा उपस्थित भएर बुवाको मुख हेर्ने गरिरहेकाछ्न।बुवा नहुने हरुले तस्बिर हरेर देवालय जस्तै गोकर्नेस्वोर महादेव ,बेगावती,तनहुको देबघाट लगायतका धार्मिक स्थलहरुमा गएर श्राध गरि पितृहरुका नाममा सिधा दिइ रहेका छन ।दान दक्षिणा दिन आउनेर ग्रहण गर्न आउने पुरेहित हरुको आज यी क्षेत्रहरुमा भिड लागेको छ।
यी क्षेत्रहरूसम्म पुग्न नसक्नेहरुले नजिकमा रहेका मन्दिरहरुमा गएर पुजा गर्ने र श्राध गरि पितृहरुका नममा दानदक्षिना दिने सिदा दिने गरिरहेका छ्न।
यी मन्दिरहरुमा पनि मानिसहरुको बाक्लो उपस्थिती देखिएको छ।                                                                      सम्वाददाता -तिर्थ बहादुर कार्की