Advertisement

“आफु उभिएको धरातल नबिर्सनु”

२०८० भाद्र २६, मंगलवार १०:४९
१२३
तीखोकलम

“आफु उभिएको धरातल नबिर्सनु” भन्ने बुढापाको यो भनाई बेलायतका प्रधानमन्त्री ऋषी सुनकका गतिबिधीमा चरितार्थ भएको देखिन्छ।
बेलायत जस्तो बहुसंख्यक कृश्चियन धर्मावलम्बीको बाहुल्यता भएको देशको प्रधानमन्त्री ऋषी सुनक सनातनी हिन्दु हुनुमा गर्व गर्छन् । उनी जहा गएपनी आफ्नो संस्कृति कहिल्यै भुल्दैनन । हातमा रक्षा बन्धन कहिले छोड्दैनन। गाई पूजा गर्न र मन्दिरमा जमिन ढोग्न बिर्सदैनन।
भर्खरै मात्र भारत भ्रमण गर्दा पनि उनले आफ्नो संस्कार र संस्कृति अनुरुप नै महात्मा गान्धीको समाधी स्थल राजघाट र अक्षराधाम मंदिरमा जादा सबै नेताहरूले त्यहाँ उपलब्ध गराईएको कपडाको चप्पल लगाए पनि उनी खाली खुट्टा हिडेका थिए । उनिहरुले आफ्नो छाता समात्न कसैलाई बोलाएनन। उनकी श्रीमती अक्षता मुर्तिले पनि भारतिय साधरण पहिरन नै रोजेकी थिइन।
स्मरण रहोस् उनी अंग्रेज़ साम्राज्य बेलायतका प्रधानमन्त्री थिए तर फरक यतिमात्र थियो कि उनी शालीनता, सरलता र सांस्कृतिक गुणले ओतप्रोत थिए। यो जोडीले पक्कै पनि हामी सबैलाई जति माथी पुगे पनि धर्म संस्कृति छोड्नु हुँदैन भन्ने पाठ पढाएका छ्न। आशा गर्दछु हाम्रो देशका केही टुप्पोमा पलाएकाहरुले उहाँको जीवन शैलीबाट केही सिक्ने कोशिस गरुन् । 🙏ॐ
#सबैको_जय_होस्
#जयसनातन