Advertisement

जीवन भोगाइ सङघर्ष मेरो अनुभव

२०८० भाद्र २३, शनिबार १५:३६
१६६
तीखोकलम
  • जीवन भोगाइ सङघर्ष मेरो अनुभव
    २०८०भाद्र २३
    तिर्थ बहादुर कार्की
    २०५४ सालमा श्री च्यास्मिटार माध्यामिक बिधालय खोटाङमा कक्षा-१मा अध्ययन  क ख सुरु गरेर २०६३ सालमा एस.एल.सि को परिक्षा दिएर कक्षा -१०पास गरेपछि २०६४सालमा अध्ययन साथै मनभरी धेरै सपना बोकेर काठमाडौ आएको एक आशावादी युवा हो म।
    जब गाउँबाट १०००/१५०० बोकेर काठमाडौ शहर आइपुगियो यो पानी समेत किनेर खानु पर्ने ठाउँमा एउटा सघर्षकाे जिन्दगी अगाडी बढन थाल्यो।अहिले पनि झलझली सम्झना आउँछ जब काठमाडौ आएको भोलि पल्ट बिहानै छाउनीमा रहेको रेन्बोइन्टरनेशनल कलेज गए तब आफुलाई थाहा भयो मेरो नया जिन्दगी सुरु भएको।त्यहा रहेका साथिहरु र म मा धेरै भिन्न थियो ल्वाइ खुवाइदेखी हरेक कुरा फरकनै देखिन्थ्यो ।
    त्यसपछी अनेक समस्याहरु सुरु हुन थाल्यो खान बस्न देखि लगाउन सम्म पनि।करिब एक महिना पछि एउटा गाडी ग्यारेजमा पेन्टरको हेल्परको काम पाए १५०० महिनाको तलब पाउने कुरा त्यहा ग्यारेज सन्चालकले भन्नू भयो र म कलेज पढेर आउने भएकोले मलाई बिहानको १०:३० बजेबाट डिउटी समय तोकियो।भोलिपल्ट बाट मेरो काम सुरु भयो बेलुकाको ७/८बजे सम्म काम गर्नु पर्थ्यो।सानोतिनो भए पनि जागिर त पाइयो तर जागीरले गर्दा पढ्ने समय पाउन एकदमै गारो थियो।
    म सानै देखि राम्रै पढ्न कोसिस गर्ने बिध्यार्थी थिय अझ स्पष्ट भन्नुपर्दा पढाईमा अलि बढी चासो देखाउथे र तर मलाई यहि पढ्ने समय भने एक दमै अभाब भयो ।यति सम्मकी नत पढ्ने समय नत खान बस्न पुग्ने तलब।
    बिहान ६:०० बजे कलेज सुरु हुन्थ्यो १०:००बजे कलेज छुट्टी हुन्थ्यो कलेजमा पढाएको कुरा आधा जति बुझिन्थ्यो कोठामा गएर एक पटक पढ्न पाए सबै जानिन्थ्यो भन्ने लाग्थ्यो ।तर कोठापुग्न आधा बाटो बाकिरहदै ग्यारेजबाट गाली गर्छ्न ढिलो भयो भन्ने तनाब हुन्थ्यो पढ्ने कुरै सकिन्थ्यो हत्तारहतारमा डिउटिमा जानुपर्थ्यो।यस्तै क्रम चल्दै गयो यस पछि फोटो स्टुडियोमा काम सिक्न थाले २/४बर्ष यहिलाइनमा निरंतर काम गरे काम पनि सिके केही पारिश्रमिक पनि पाउथे।म नया र प्राबिधिक कुराहरुमा निकै चासो राख्थे तर जति काम सिके पनि आर्थिक अभावको कारण आफै लगानी गरेर ब्याबसायिक बन्न सक्ने अवस्था थिएन।
    नया अवसर र राम्रो रोजगारीको सधै खोजिमा हुन्थे म सहकारी सस्था हुँदै एउटा अन्तरास्ट्रिय कम्पनिमा जागिर पाए त्यहा समग्रमा अरुठाउ भन्दा राम्रो थियो।केही समय मैले त्यहा आवश्यक पर्ने काम सिके र त्यसपछी मलाई कम्पनिको शाखा गोदाम हेटौंडामा पठाइयो त्यहा म वायर हाउस मेनेजरको जिम्मेवारीमा थिय ।त्यो ठाउँ मानबिय बाताबरणको हिसाबले अलि खतरा थियो ।
    खतरा भएकै कारणले त्यहा ८जना सेक्युरिटी गार्ड कम्पनिको तर्फबाट दिइएको थियो बिहान बेलुका गरि ३/३जना र बाकी २जना बैकल्पिक सुरक्षा र मेरो लागि।यहाँ लगभग एक बर्स काम गरे सबैले राम्रै कामगर्ने कर्मचारी भनेर चिन्थे तलब भत्ता पनि सोचेभन्दापनी राम्रै थियो । केही समय पछि मैले जसलाई काम सिकाएको थिए उ लगायत उनिहरुकै समुहको सिकायतमा त्यहाको बोससङ्ग सिकायत भएछ मैले चाइ एक्लै काम गर्न सिक्दिन अरुकै सहयोग चाइन्छ भनेर जसलाई मैले काम सिकाएर त्यहा काम गर्न योग्य बनाए उसैले ममाथी सडयन्त्र गरेछ र म त्यहा बाट निस्किनु पर्यो।कत्तिले भनेको सुनिन्थ्यो जसलाई केही सिकाइन्छ तर उहीँ आफ्नोलागी दुस्मन बनेर निस्किन्छ अवसरबादी बन्छ भनेर साच्चैनै मलाइपनी लाग्यो मैले उसलाई सीप सिकाउनुनै गल्ती भएछ भनेर।
    हुनत म सानै देखि मातृसस्कारमा हुर्केको मान्छे ममिले सानैदेखी मलाइ दिनुभएको अर्ति उपदेशनै यहि थियो त्यो हो”कहिलै अरुको चित्त नदुखाउनु अरुलाई रुखोब्याबहार नगर्नु बरु आफै सहेर बस्नु” मैले बिधालयबाट पनि यहिनै शिक्षा पाएको थिय।मेरो स्वोभाबपनी यस्तैनै थियो बिधालयमा शिक्षकले सिकाउनु भएका ज्ञानगुनका कुरा सके सम्म ब्याबहारमा उतार्ने कोसिस गर्थे ।हरठाउमा बोल्दा खादा मलाई ममिले सिकाउनु भएको दिनुभएको सस्कार सम्झिएर काम गर्ने गर्छु तर अहिलेका स्वार्थी सोचभएका कतिपय मान्छेले यहि सोझोपन र इमान्दारिताको फाइदा उठाउदा रहेछ्न।हुन पनि अहिले सम्म ममिले सिकाउनु भए जस्तै भैइरहेको छ।मलाइपनी अहिले सम्म साथिभाइले ठगेपनी भगवानले ठगेका छैनन पसिना बगाएर जिउने अवसर जुराइदिएकै छ्न यसैमा खुसी छु म।
    हुनत सबैलाई एउटै नजर र एउटै सोचले हेर्न मिल्दैन तर पनि अरुको विषयमा राम्रो चाहाने मान्छे पाउन अहिले समयमा धेरै गाह्रो पर्छ।
    म माथी घटेको घटना यति सम्म छ्की २०६६ सालमा म एउटा साइबरमा काम गर्थे त्यहा साइबरका साहुजी र म प्राय सङ्गै हुन्थौ ब्याबसाय पनि राम्रै चल्थ्यो।एक पटक उहाँ केही समयको लागि एक महिना भ्याली बाहिर घुम्न जानू भयो साइबर मेरो जिम्मामा छोडेर मैले पनि हुन्छ भने।एक महिना सम्म मैले आफ्नै तरिकाले पसल चलाए ग्राहक सङ्गको ब्याबहार पनि मेरो आफ्नै शैलिको थियो।यसै क्रममा एक हप्तामै ग्राहकको सन्ख्या बढन थाल्यो ,व्यापार बढ्न थाल्यो झन्डै पहिलाको तुलनामा डेढ गुनाले ब्यापार बढ्यो र म पनि खुसी थिय किनकी मलाई के लागेको थियो भने मैले गरेको ब्यापारको स्थिती देखेर साहु खुसी हुने छ्न ।साहुजी पनि आउनु भयो मैले हिसाब गरेर ब्यापारको पैसा बुझाए झन्डै डबल जस्तो व्यापार भएछ
    त्यहा साइबर र कम्युनिकेशन दुई खालको दुई खालको काम हुन्थ्यो र कहाँ कति मिनेट फोन गरेको ग्राहकले भनेर हेर्न मिल्थ्यो यो सबै चेक गरेर उहाले हिसाब बुझ्नु भयो अर्थात ब्यापारबाट आएको पैसा बुझ्नु भयो।
    यसको एक दुइदिन पछि म घर जान्छु भने उहाले हुन्छ भन्नू भयो र म घर गए मैले पाउने तलब दिनु भयो र ५००सय रुपैया थपेर पनि दिनु भयो छिट्टै आउनुहै भाइ म अर्को काम गर्छु साइबर तिमिलेनै ठेक्का लिएर चलाउनु पर्छ भन्नू भयो।म हुन्छ भनेर घर गए किनकी म पनि केहि गर्न अवसरको खोजिमा थिय मलाइपनी लाग्यो मेरो मेहनतको कदर हुने हुने भयो म खुसी पनि भए।उहाले कहिले आउने छिट्टो आउनु भनेर फोन गरि रहनु भयो जब म आए आधाबाटोबाट फोन गरे म आउदैछु भने उहाले मलाई साइबर बेचे भन्नू भयो मैले भने ठिकै छ दाइ।
    म काठमाडौ आएपछि अरुले भने मलाइ तपाईं भन्दा पहिला त्यहा काम गर्ने मान्छेलाई राखेको छ भनेर मैले केही छैन भने।
    मलाइत तब समस्या र पीडा भयो म त्यही साइबर नजिकै तिर गए जहाँ मलाइ तपाईं त्यहा छोडेर मेरोमा आउनु पर्यो त्यहा भन्दा राम्रो तलब दिन्छु तपाइको मलाइ आवश्यक छ भनेर मलाइ ब्याबसाय गर्नेहरुलेभन्नू भाको थियो।म त्यही गए किनकी मलाइ शहरमा बाच्न जागिरको आवश्यक थियो अहिले अलि बढिनै रकम चाइयनी म दिन्छु भन्नेले त्यो बेला २०० रुपैया दिन भएरनी छैन भन्ने गर्थे जुन कुरा मेरोलागी अबिस्वास्निय छ।जब म त्यहा जागिर खान गए उहाहरुले भन्नू भयो हामिले तपाइको काम मेहनत देखेर बोलाएका थियौ तर अहिले तपाइलाई जगिर दिन सक्दैनौ भन्नू भयो,मैले सोधे किनर?उहाहरुले भन्नू भयो तपाईं जहाँ काम गर्नु हुन्थ्यो उहाले भन्नू भएको तपाइको काम राम्रो छैन रे,उहाले भन्नू हुन्थ्यो म हुदा नआउने ग्राहक त्यो भाइ हुदा आउने र म हुदा भन्दा ब्यापार बढ्ने साबिकको भन्दा झन्डै डबल पैसा बुझायो मलाई त यति दियो भने उसले कति लुकायो होला त्यो मान्छे ठिक छैन मैलेत काम बाट निकाली दिए तपाइहरु पनि नराख्नु होला भन्नू भाछ भन्नू भयो यति जबाफ सुने पछि म एउटा साधरन काम गर्ने मान्छे निश्ब्द भएर त्यहा बाट फर्किए।बाटोमा मेरो मन सार्है रोयो मलाई सार्है चित्त दुख्यो मैले व्यापार राम्रो गरेको बोलिब्याबहारले ग्राहक बढाको र ब्यापारको धेरै पैसा बुझाएको सबै मबाट ठूलो गल्ती भएछ भन्ने लाग्यो।अनि आफुले आफैलाइ सोधे मान्छे यस्तापनी हुदारहेछन व्यापार गर्ने मान्छे लागानी छ ग्राहक बढ्दा व्यापार हुदा पैसा कमाउदा सहयोगिलेले राम्रो काम गर्दिदा खुसी हुनु पर्नेमा त्यसलाई गलत सम्झिने पैसा सम्पती जति भएनी सोच निच भएका मान्छेको सोच सानै हुदो रहेछ।यो समय मैले मेरो ममिलाई सम्झिए तपाइले दिएको अर्तिअनुसार काम गर्दा कहिलेकाही यस्तो भयो तर केही छैन मेरो भाग्यनै अहिले यहि रेखा भएर घुमेको हुनु पर्छ।ममिले मलाई अर्को कुरा के भन्नू हुन्थ्यो यदि कसैले अपराधी नजरलेनै हेर्छ गलत सोच्छ भने पनि सहेर बस्नु अरुले जतिनै गलत देखाउन खोजे पनि सत्यता बाहिर ल्याउने जतिनै लुकाए पनि देख्ने माथी भगवान हुनुहुन्छ यहि आमाको शब्द सम्झिएर मन बुझाए।यतिकैमा करिब एक हप्ता बित्यो म कोठामाबसिरहे। अचानक मलाइ एक्कासी एउटानम्बरबाट फोन आयो मैले फोन उठाए फोनमा भनियो भाइ कता हो?आउनुन तपाइसङ्ग भेट्नु छ मैले भने हुन्छ म आए।अनि म त्यहा बोलाएको ठाउमा पुगे किन बोलाउनु भयो दाइ उहाले भन्नू भयो हामिले सबैकुरा बुझ्यौ तपाइको विषयमा भ्रम फैलाएको रहेछ तपाईं हामी सङ्गै जोडिएरआजैबाट काम गर्नु पर्यो।मैले हुन्छ भनेर जागिर सुरु गरे एक दुई दिन पछि मैले उहालाई फेरि सोधे मेरा पहिलाको साहुजी के गर्दै हुनुहुन्छ?उहाको खबर के छ?दाइले भन्नुभयो भाइ त्यो मान्छेत एकदमै झुट रहेछ रातारात पसलनै छोडेर भागेछ कुन्नी केके समस्या रहेछ कारोबार राम्रो गर्दो रहेन छ।मत एक पटक फेरि झस्किए र ममिलाई सम्झिए ममिले भनेको कुरा सम्झिए साचो के हो देख्ने देखाउने माथी भगवान हुनुहुन्छ यसदिनबाट ममा अझ सघर्स गर्ने धैर्य गर्ने र सहन सक्ने उर्जा थपियो अहिले पनि म कतिपय ममाथि अन्याए हुदा खुलेरस्पस्टिकरण दिने गर्छु बिना कन्जुस्याइँ जिम्मेवारी निभाउने कोसिस गर्छु र यदि कसैले कुनै पहुँच पावरमा दबाउउनै खोजे बाटो खुल्ला गरिदिने पनि गरेको छु तर मेरो प्रतीक्षा र बिश्वास त्यही हुन्छ जतिनै कसैले दबाउन खोजे पनि जतिनै जालझेल गर्न खोजे पनि साचो र सत्य बाहिर ल्याउने माथी हुनुहुन्छ त्यो एक दिन साबित हुनेछ।
    अहिले सम्मको जीवनको भोगाइ सघर्स र मेहनतले सिकाएको पाठनै यहि हो र यहि मान्यताकासाथ सधै म कर्मशिल छु।लेखक तथा सम्पादक- तिर्थ बहादुर कार्कि