आज कृष्ण जन्म अस्टमी मनाइदै

२०८०/०५/२०
आज कृष्ण जन्म अस्टमी मनाइदै
आज कृष्ण अष्टमि अर्थात भगवान श्रीकृष्णको जन्मदिन परेको छ।भाद्र महिनाको अष्टमिकाे दिन पर्ने कृस्णजन्मास्टमी आज भाद्र २०गते बुधबार परेको हो।
बिगतका बर्षहरुमा झैआजपनी सनातन धर्मावलम्बीहरुले पाटनमा रहेको कृस्णमन्दिर लगायातका विभिन्न मन्दिरहरुमा गएर भगवान् कृष्णको पुजाआरधाना गरिरहेका छ्न।मन्दिरहरुमा बिहानै देखि भक्तालुहरुको बाक्लो भिड लागेको छ।
बिशेष गरेर हिन्दु सनातन धर्मावलम्बीहरुले यो पर्व मनाउने गर्द्छन।
भगवान श्रीकृष्णको जन्म भाद्र महिनाको अस्टमिकोदिन मध्यराती रेवती नक्षेत्र भएर भगवान् बिस्णुको आठौ अवतारको रुपमा भएको भन्ने कुरा पोउराणिक कथाहरुमा लेकिएको छ।सस्कृतबिदहरुका अनुसार राजा सिद्धिनरसिह मल्लले पाटनमा २१गजुर भएको कृष्ण मन्दिर बनाएपछि अधिराज्यभर कृष्ण जन्मास्टमी मनाउन थालिएको भनिएको छ।कृस्णमन्दिरमा आजको दिनमा बालन पनि खेल्ने गरिन्छ।
हरेक समूह बनाएर महिला र पुरुषहरूको बिचमा विभिन्न भाकाहरुमा दोहोरी गितहरु गाउने चलन पनि रहेको छ।
यो पर्बलाई जातजातिअनुसार फरक नाम र फरक तरिकाले मनाउने गरेको पनि पाइन्छ।गुरुङ्ग मगरजातिहरुले चरित्र नृत्य पनि भन्ने गर्दछ्न।
थारु समुदायले कृस्णको रथ बनाएर नगर परिक्रमा गराएर यो पर्व मनाउने गर्दछ्न।
यहि सस्कृतिलाई निरन्तरता दिदै आजपनी देशै भर मन्दिरको दर्शन लगायत विभिन्न कार्यक्रम हरु सहित जमास्टमी मनाइदैछ।
भगवान कृस्णको जन्म मध्यराती भएको भन्ने बिश्वास अनुसार ब्रतालु हरुले मध्य्रातिसम्म व्रत बसेर कृष्ण जन्मिए पछि मात्र व्रत पुजासमापन गरि जन्मास्टमी मनाइसक्ने गरिन्छ। सम्वाददाता– तिर्थ बहादुर कार्की ,तिखाे कलम मिडिया प्रा.लि.