१६ औँ साधारणसभा तथा शान्ति सुरक्षासँग सम्बन्धित अन्तरक्रिया एवं स्वागत कार्यक्रम

१६ भाद्र,२०८०, नागार्जुन २, काठमाण्डौ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचङ्गुनारायण नागार्जुनले आज नागार्जुन नगरपालिका वडा नम्बर २ स्थित लिटिल क्लाइम्बर्स स्कूल परिसरमा १६औं साधारण सभा तथा शान्ति सुरक्षासँग सम्बन्धित अन्तरक्रिया एवं स्वागत कार्यक्रम आयोजना गरेको थियो।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचंगुनारायणका नागार्जुनका महासचिब श्री सरला श्रेष्ठले संचालन गर्नुभएको उक्त कार्यक्रमको सभापतित्व सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचंगुनारायण नागार्जुनका अध्यक्ष श्री प्रताप दानीले गर्नुभएको थियो।
उक्त १६औं साधारण सभा तथा शान्ति सुरक्षासँग सम्बन्धित अन्तरक्रिय एवं स्वागत कार्यक्रमको प्रमुख अतिथि उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्री दिपक थापा हुनुहुन्थ्यो भने विशेष अतिथि जिल्ला प्रहरी परिसर काठमाडौँ कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्री भूपेन्द्र खत्री हुनुहुन्थ्यो।
कार्यक्रममा अतिथिको रुपमा उपत्यका प्रहरी कार्यालय सामुदायिक शाखा प्रमुख प्रहरी नायब उपरीक्षक श्री रविराज थपलिया, सशस्त्र प्रहरी बल बंगलामुखी बिशेष कार्यदल काठमाण्डौका कार्यालय प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक श्री मोहनराज निरौला, नागार्जुन नगरपालिका वडा नं २ का वडाअध्यक्ष श्री थुमराज के.सी, नागार्जुन नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष श्री उमेश लामा, नागार्जुन नगरपालिका नगरकार्यपालिका सदस्य अम्बिका गजमेर, नागार्जुन नगरपालिका वडा नम्बर ३ का वडा सदस्य हरु श्री सञ्जु थापा बुढाथोकी, श्री बमबहादुर श्रेष्ठ, नागार्जुन नगरपालिका वडा नं २ का वडा सदस्य विमला महर्जन, नागार्जुन नगरपालिका वडा नम्बर १का वडा सदस्य श्री रामप्रसाद खनाल,प्रहरी वृत्त स्वयम्भूका कार्यालय निमित्त प्रमुख प्रहरी निरीक्षक श्री देवीदत्त मोदे, ट्राफिक प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक श्री सचिन ठाकुर, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अभिभावक सदस्यहरु, संरक्षक सदस्यहरु, सल्लाहकार सदस्यहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि सदस्यहरु, विभिन्न महिला समूहका अध्यक्ष लगायत प्रतिनिधि सदस्यहरु, विभिन्न खानेपानी समितिका अध्यक्ष तथा प्रतिनिधि सदस्यहरु, पूर्व सुरक्षाकर्मी संगठन का अध्यक्ष तथा प्रतिनिधि सदस्यहरु, विभिन्न टोल विकास समितिका अध्यक्ष तथा प्रतिनिधि सदस्यहरु, सरसफाई अभियान चलाउने संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि सदस्यहरु, विभिन्न युवा क्लवका अध्यक्ष लगाएत प्रतिनिधि सदस्यहरु, संस्थाका पदाधिकारी लगायत सदस्यहरु, संस्थाका पार्षद सदस्यहरु ,आजीवन सदस्यहरु लगायत समाजका लब्धप्रतिष्ठित ब्याक्तिहरु तथा सर्वसाधारण गरी ३०० जना भन्दा बढी महानुभावहरु उपस्थित हुनुहुन्थ्यो।
सभापति,प्रमुख अतिथि, बिशेष अतिथि तथा अतिथीहरुको आसन ग्रहण पश्चात राष्ट्रियगान गाएर सुरु गरिएको उक्त
कार्यक्रमलाई सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष श्री शंखवीर पुतुवारले स्वागत मन्तव्य व्यक्तगर्नुभएको थियो। उहाँले सिमित श्रोत र साधनबाट विक्रम सम्बत् २०६४ सालमा स्थापित यस सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले विभिन्न आरोह अवरोहहरु पार गर्दै यो अवस्थासम्म आइपुगेको बारेमा चर्चा गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्री दिपक थापाज्यूले पानसको बत्तीमा दीयो बालेर उद्घाटन गर्नु
भएको थियो भने संस्थाका संरक्षक श्री विश्वराज भण्डारी ज्युले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। उहाँले संस्था १६ औँ बर्षमा प्रवेश गरेकाले वयस्क भइसकेको यस संस्थामा आबद्ध व्यक्तिहरु नेपाल सरकारका विशिष्ट श्रेणीकापूर्व कर्मचारी तथा लब्ध प्रतिष्ठित व्यक्तिहरु ,समाजसेवीहरु भएकाले नै संस्था यहाँसम्म आइपुग्न सफल भएको कुरा बताउँदै यस संस्थालाई बक्रदृष्टिबाट नहेर्न निर्वाचित जनप्रतिनिधि तथा प्रहरी सेवा दुवैलाई आग्रह गर्नुभएको थियो।
शुभकामना मन्तव्य दिनुहुँदै नागार्जुन नगरपालिका वडा नम्बर २:का वडा अध्यक्ष श्री थुमराज के.सी.ले आजको यस विशाल जन सहभागिताले संस्थाप्रति जनबिश्वास बढेको उदाहरण हो भन्दै शान्ति सुरक्षा कायम गर्न संस्थाले निकै ठूलो पहलकदमी लिएको विचार व्यक्त गर्नुभएको थियो। समाजमा विभिन्न विचार र सोच भएका व्यक्तिहरु बस्ने हुनाले संस्थापति आफूहरूको कूनै वक्रदृष्टि नरहेको कुरा स्पष्ट पार्नु भएको थियो। उहाँले
criminal activity मा active व्यक्तिहरूको detail history स्वयम्भु वृत्तमा पनि राख्नुपर्ने र त्यसले डकैती, चोरी ,लुटपाट जस्ता आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूको खोजतलासमा ठूलो सहयोग पुर्याउने कुरा पनि व्यक्त गर्नुभएको थियो।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका कोषाध्यक्ष श्री विष्णुमाया भण्डारी (विनु) ले प्रस्तुत गर्नुभएको
आर्थिक वर्ष २०७९/८० को आय-व्यय विवरण तथा २०८०/८१ को अनुमानित आय व्यय विवरण सर्वसम्मत रुपमा पारित गरिएको थियो।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचंगुनारायण नागार्जुनका सचिव श्री सीता खतिवडाले हालसम्म
भएका बैठकहरु, बैठकका निर्णयहरु, संस्थाले हाल सम्म गरेका सामाजिक कार्यहरुको फेहरिस्त प्रस्तुत गर्दै संस्थाको साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्री दिपक थापा तथा विशेष अतिथि जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्री भूपेन्द्र खत्री ज्यूहरुलाई स्वागत तथा मायाको चिनो प्रदान गरिएको थियोे।
कार्यक्रममा संस्थाका हरेक क्रियाकलापमा लागि परिरहने, अमूल्य समय र योगदान दिने विभिन्न व्यक्तिहरुलाई सल्लाहकारहरूको सल्लाहमा प्रशंसापत्र तथा पुरस्कार वितरण गरिएको थियो। जसमा पदाधिकारी तथा सदस्यहरु मध्येबाट सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचङ्गुनारायण नागार्जुनका उपाध्यक्ष श्री शंखवीर पुतुवार,
सदस्य रुक्मिणी कार्की, पार्षद सदस्यहरु मध्येबाट छिरिङ पाल्जु
लामा, रमा आचार्य, आर्थिक सहयोग गर्नेहरु मध्येबाट श्री इन्द्र बहादुर श्रेष्ठ, श्री चुरेस काजी शाक्य , श्री अष्ट वहादुर पुतुवारलाई प्रशंसापत्र प्रदान गरिएको थियो भने प्रहरी जवान हर्केश वि.क .लाई नगद पुरस्कार सहित प्रशंसापत्र प्रदान गरिएको थियो।
कार्यक्रमलाई शुभकामना मन्तव्य दिनुहुँदै कार्यक्रमका विशेष अतिथि जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्री भूपेन्द्र खत्री ज्युले सामुदायिक सेवा केन्द्र
तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचंगुनारायण नागार्जुनको शुभकामना व्यक्त गर्दै आजको यो बिशाल उपस्थितिले संस्था प्रति जनताको विश्वास र संस्थाले गरेका कार्यहरूको मूल्याङ्कनको कदर भएको कुरा बताउनुभएको थियो। मानव सभ्यताका सुरुवाती चरणहरुमा कुकुर अनि बाँदरले समाजको सुरक्षा गरेको, पछि विस्तारै greece mesopotamia
सभ्यतामा सेनाको अवधारणा अनुरूप सेना परिचालन गरिएको इतिहास बताउनुभएको थियो। उहाँले बेलायतमा सन् १८६३ मा सुरक्षा निकायलाई कानुन कार्यान्वयन गर्ने निकायको रुपमा प्रस्तुत गरिएको , छडी देखाएर गरिने कानुन कार्यान्वयन डर र त्रासदीपूर्ण भएकाले हटाइयो। सन् १९७० पैदल गस्ती तथा मोबाइल गस्ती गरि जनतासँग प्रत्यक्ष भेट्ने, घर दैलो गर्ने परम्परा पनि हटाई हाल समुदायका समस्याहरूको पहिचान गरी समाधान गर्ने उद्देश्यले CPP(community police programme) समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याइएको कुरा बताउनुभएको थियो।
कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि उपत्यका प्रहरी कार्यालय रानीपोखरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्री दिपक थापा ज्युले शुभकामना मन्तव्य व्यक्त गर्नु हुँदै आफ्नो भर्खरै भाद्र ९ गते यस कार्यालयमा पदबहाली भएकाले संविधान र नियम कानुनअनुसार यहाँहरुसँग हातेमालो गर्दै अगाडि बढी
हरेक घर घरमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने गरी कार्य गर्ने कुरा बताउनुभएको थियो। उहाँले आफू प्रहरी कार्यालय महाराजगञ्जको प्रमुख हुँदा त्यस ठाउँमा तीन वटा सामुदायिक र इचंगुनारायणका गाविस हुँदा यहाँ एउटा सामुदायिक रहेको र त्यो बेलामा आफूले यहाँको पनि भ्रमण गरेको स्मरण गर्नुभएको थियो। उहाँले नागरिक विना बर्दीको प्रहरी र हामी सिम्बोलिक प्रहरी हातेमालो गर्दै अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको थियो। उहाँले समुदाय प्रहरी साझेदारी cpp (community police प्रोग्राम) सशक्तिकरण भइरहेको र अझै गर्नुपर्ने कामहरु आत्महत्या, cyber crime, लागुऔषध ओसार प्रसार तथा दूर्व्यासन न्यूनीकरण गर्नु रहेको बताउँदै लागूऔषध ओसारपसारमा मुख्यतः १२ देखि ३५ वर्ष उमेर समुहका मान्छेहरु संलग्न देखिएकाले rehab center बनाउनेतिर ध्यान दिने हो कि भन्ने विचार व्यक्त गर्नुभएको थियो। उहाँले समाजमा घटेका र घट्ने चोरी, डकैती, अपराधिक क्रियाकलाप ,लुटपाट जस्ता जघन्य अपराधहरु न्यूनीकरण गर्न नेपाल प्रहरीको mobile app अथवा सिधै आफ्नो मोबाइल नम्बर ९८५१२९२००४ भाइबर,whatS एप तथा सिधै नम्बरमा कलगरि अथवा म्यासेज पठाएर सुरक्षित उपत्यका बनाउने अभियानलाई सार्थक बनाउन हार्दिक अनुरोध गर्नुभएको थियो।
कार्यक्रमलाई विसर्जन गर्दै सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचंगुनारायण नागर्जुन का अध्यक्ष तथा आजको कार्यक्रमका सभापति श्री प्रताप दानीले भर्खरैमात्र पदबहाली गर्नुभएका आजका कार्यक्रमका प्रमुख अतिथि उपत्यका प्रहरी कार्यालय रानीपोखरी कार्यालयका प्रमुख प्रहरी
अतिरिक्त महानिरीक्षक श्री दिपक थापा तथा विशेष अतिथि जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्री भूपेन्द्र खत्रीज्यूहरुलाई हार्दिक स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले आजको यस कार्यक्रमलाई भौतिक ,नैतिक, आर्थिक सहयोग गर्ने सम्पूर्णलाई नमन गर्दै पुरस्कृत तथा प्रशंसापत्र प्राप्त गर्नुहुने सम्पूर्णमा बधाई ज्ञापन गर्नुभएको थियो। उहाँले समाजमा भएका विविध विकृति, विसंगति, अपराध जन्य क्रियाकलापहरु ठगि ,चोरी ,लुटपाट जस्ता कार्यहरु निस्तेज पार्न गरिरहने प्रतिबद्धता व्यक्त गर्दै आज यस सभालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न उपस्थित हुनुभएका सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दै सभाको बिसर्जन भएको घोषणा गर्नुभएको थियो।