
बञ्जारा बञ्जाडे समाज नेपालले बृहत महिला भेला तथा तीज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

२०८०/५/१६ आज बन्जाडे बन्जारा बन्धुहरूकाे उपस्थिति र उत्साहले सिमा नाघ्याे । ५ बर्षमा समाजले गरेकाे हाम्राे पहिचान कति स्थापित भएछ भन्ने कुरा बुझ्ने माैका मिल्याे । आगामी दिन थप उल्लासमय पक्कै हुनेछन् । उपस्थित हुने तिब्र ईच्छा भएर पनि कतिपय बन्धुहरू, चेलीबेटी र भन्जा भान्जीहरूकाे बाध्यतालाई हामीले महसुस गर्याैं। सबैकाे याे माया र उत्साह प्रति हार्दिक आभार ब्यक्त गर्दछौं । बञ्जारा बञ्जाडे समाज नेपालले बृहत महिला भेला तथा तीज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । १६गते शनिबार कमलादीस्थित प्रज्ञा भवनमा एक भव्य समारोहकाबीच तीज विशेष कार्यक्रम सम्पन्न भयकाे थियाे।
देशैभिरका बञ्जारा,बञ्जाडेहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा लोकदोहोरी क्षेत्रका कलाकार तथा हास्यव्यङ्ग्य कलाकारहरुले प्रस्तुति दिएका थिए ।
कार्यक्रममा पनौति नगरपालिकाकी उपप्रमुख गीता बञ्जाडेको प्रमुख आतिथ्यता रहेको थियो । उपप्रमुख बञ्जाडेले कार्यक्रममा बोल्दै महिलाहरुको महान पर्व हरितालिका तीजको शुभकामना दिएकी थिइन् । साथै, बञ्जारा बञ्जाडे समाज गठन भएकाले देशभरका दाजुभाईहरु गोलबद्ध हुने मौका जुरेको समेत उनले बताइन् । ‘बञ्जारा बञ्जाडे समाज गठनले हामीले हाम्रा देशभरका दाजुभाईहरु गोलबद्ध हुन पाएका छौँ,’उनले भनिन्, ‘हिजोका दिनमा बञ्जारा भनेको पनि थर हुन्छ र भन्नेहरुका लागि अहिले यो समाजले गतिलो जवाफ दिएको छ ।’
साे कार्यक्रमका विशेष अतिथि पनौति नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष बेदप्रसाद बञ्जाराले तीजको शुभकामना दिँदै यस्ता कार्यक्रमले भातृत्व बढाउने उल्लेख गरे । साथै, यो समाज कौडिन्य गोत्रका बञ्जारा बञ्जाडेहरुको सुखदुःखको सारथी बन्नुपर्ने उनले बताए ।
यसैगरी, समाजको परिकल्पनाकार उदय शर्मा बञ्जाराले समाजले गरेको कामको प्रसंशा गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिए । ‘यस्ता तीज विशेष कार्यक्रमले हामी दाजुभाईमा भातृत्वको विकास गर्छ,’ उनले भने, ‘यो कार्यक्रमले निरन्तरता पाओस् ।’
कार्यक्रमकी सभापति एवम् समाजकी अध्यक्ष गीत बञ्जाराले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने र उपस्थित सम्पूर्णलाई धन्यवाद दिइन् । ‘शुरुमा यो कार्यक्रम सम्पन्न गर्न सकिन्छ कि सकिँदैन भन्ने डर लागेको थियो,’ कार्यक्रममा बोल्दै उनले भनिन्, ‘सबै बन्धुको सहयोगले यो कार्यक्रम सफल भयो त्यसैले यो कार्यक्रमले हामी बञ्जारा बञ्जाडेहरु हरेक काम गर्न सक्षम छौँ भन्ने सन्देश गएको छ ।’
यसैगरी, कार्यक्रममा बोल्दै अध्यक्ष बञ्जाराले आगामी २ वर्ष भित्र समाजको आफ्नै भवन बनाउनका लागि सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आह्वान समेत गरिन् । ‘२ वर्षभित्र समाजको आफ्नै भवन बनाउन सबैले आआफ्नो ठाउँबाट पहल गरौँ,’ उनले भनिन् ।