Advertisement

नेकपा माओवादी केन्द्रले जनतासङ्ग विशेष रुपान्तरण अभियान कार्यक्रमको उद्घाटन गरेको छ।

२०८० भाद्र १६, शनिबार १९:४६
१५२
तीखोकलम

२०८०/०५/१६

नेकपा माओवादी केन्द्रले जनतासङ्ग विशेष रुपान्तरण अभियान कार्यक्रमको उद्घाटन गरेको छ।

सम्माननिय प्राधान्मन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले काठमाडौबाट भर्चुगल माध्यमबाट यो कार्यक्रमलाई सम्बोधन गर्नुभएकोछ।दाहालले सम्बोधन गर्नु भए सङ्गै देशका सबै वडाहरुमा पार्टीका नेताहरुको उपस्थितिमा एकैसाथ कार्यक्रमको उद्घाटन भएको हो।
भाद्र १६ गते शनिबार बिहानको ९:०० बजे पार्टी अध्यक्ष दाहालले यश विशेष अभियानलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको भएता पनि प्राबिधिक समस्याकोकारण करिब ९:३०मा उदघाट्न गर्नु भएको छ।
काठमाडौ महानगरपालिका वडा नम्बर -२६ ले नयाबसपार्क भित्र उद्घाटन कार्यक्रम आयोजना गरि उदघाटन कार्यक्रम सम्पन्न गरेको छ।उदघाटन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रका )नेता बर्षमान पुन (अनन्तले )कार्यक्रमको उद्घाटन गर्नु भएको छ।उद्घाटन कार्यक्रम सङ्गै स्वास्थ्य शिबिर तथा रक्तदान कार्यक्रम र सरसफाइ कार्यक्रम पनि गरिएको छ।
उदघाटन कार्यक्रममा अखिल नेपाल टेडयुनियनका प्रतिनिधि ,युवा कमिटी लगायत विभिन्न क्षेत्रका प्रतिनिधि हरुको उपस्थित रहेको थियो।

यसै गरि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)नागर्जुन नगर समिति र नागार्जुन नगर २ नम्बर वडा समितिले पनि एकै साथ नागार्जुन नगरपालिका वडा नम्बर -७मा विशेष रुपान्तरण अभियान कार्यक्रम को उदघाटन गरेको छ।उदघाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य चित्र बहादुर श्रेष्ठ प्रमुख अतिथिको रुपमा रहनु भएको थियो र कार्यक्रमको उद्घाटन प्रमुख अतिथिबाट भएको छ।नागार्जुन नगर कमटीका नगर इन्चार्ज युबराज भन्डारिले कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएको थियो।कार्यक्रममा नगरका प्रतिनिधि साथै टोल्बासी र Y.C.L का प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।उद्घाटन कार्यक्रम सङ्गै पार्टी प्रवेश गर्न चाहानेहरुलाई अबिर लगाएर स्वागत गर्दै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गराइएको छ।                                                         

जनता सङ्ग नेकपा माओबादी केन्द्रको सम्बन्ध नजिक होस र जनताको गुनासाहरु प्रत्यक्ष रुपमा बुझनको लागि अभियान मुलक कार्यक्रम आयोजना गरिएको माओवादी केन्द्र र उद्घाटन समारोहमा उपस्थित हुनु भएता नेताहरुले बताउनु भएको छ।यो अभियानमा महिला,दलित र उत्पीडितका रहेका सबै जाती र बर्गका ब्याक्तिहरु सङ्ग भट घाट अन्तर्कृया गरिने छ।यो अभियानले आउदो चुनाबमा नेकपा जनताको पुर्न समर्थ रहने समेत आशा ब्याक्त गरिएको छ।कृषि लगायत विभिन्न क्षेत्रका लागि विशेष कार्यक्रमहरु समेत अगाडि बढाएर यो अभियान मुलक कार्यक्रम सुरु गरिएको छ।
२०८०भाद्र १६गतेबाट सुरु भएको यो अभियान मुलक कार्यक्रम मंसिर १५ गते सम्म निरन्तर चलिरहने माओवादी केन्द्र र उदघाटन समारोहमा सम्बोधन गर्न आउनु भएका पार्टीका नेताहरुले बताउनु भएको हो।                                     सम्वाददाता -तिर्थ बहादुर कार्कि