Advertisement

“ट्राफिक प्रहरी र सबारी चालकबिचको सम्बन्ध एक-अर्कालाई हेर्ने दृष्टिकाेण”

२०८० भाद्र १५, शुक्रबार ११:२९
१६६
तीखोकलम

“ट्राफिक प्रहरी र सबारी चालकबिचको सम्बन्ध
एक-अर्कालाई हेर्ने दृष्टिकाेण”
सम्बाददाता -तिर्थ बहादुर कार्की

एक ठाउबाट कुनै पनि बस्तु, सामान, मान्छे अर्को गन्तब्य सम्म पुग्न वा पुर्याउनको लागि सवारी साधनको आवश्यकता पर्दछ।यस्ता धेरै किसिमका सवारी साधनहरु छ्न, विशेष गरेर प्राइभेट र सार्बजनिक अनि निजि भनेर बुझ्ने गरिन्छ।छ्नत विभिन्न खालका दर्ता रहेका साधनहरु पनि छ्न तर बढी चर्चामा यी दुई किसिमका सवारी साधन हरु बढी देख्ने र चर्चा गर्ने गरिन्छ।
यी सवारी साधनहरु चलाउनको लागि चालकको आवश्यकता पर्दछ र चालकहरुले चलाउने गर्दछन।
दिनानु दिन सवारी साधनहरु बढिरहेका छ्न भने त्यसै गरि सवारी चालक अनुमती पत्र नेपाल सरकार यातायात ब्यवस्था बिभागबाट प्राप्त गर्नेहरुको सङख्या पनि बढिरहेको छ।
यी सबारी चालकहरु सङ्ग प्रत्यक्षय रुपमा जोडिनु हुने र एक अर्का बिचमा परिपुरक भन्दा पनि फरक नपर्ला ।ट्राफिक प्रहरिहरु र सबारी चालक हरु एकदमै नजिकको रुपमा रहेका हुन्छन। सबारी वा यत्रा सबन्धी कुनै पनि समस्या पर्दा ट्राफिक प्रहरिको सहायता लिनु पर्ने हुन्छ भने ट्राफिक प्रहरिले पनि कतिपय अवस्थामा चालकबाट यति सहयोग गरिदिनु पर्यो भनेर सहयोग मागेका हुन्छ्न यसै कारण पनि यहाँ एक अर्का बिच परिपुरक छ्न भन्न सकिन्छ।
यहाँ कुरा के स्पस्ट छ भने सवारी चालक र ट्राफिक प्रहरी बिचको आ-आफ्नै कर्तब्य र अधिकार छ र यो दुबै पक्षले बुझेको पनि छ तर यति हुदा हुँदै पनि कहिले काहीँ दुबै पक्ष् आफ्नो कर्तब्य बाट टाढिने र एक अर्का बिचमा बिवाद गर्ने आरोप प्रत्यारोप गरेको पाइन्छ।यस्तै विभिन्न करणले एक अर्कालाई हेर्ने दृष्टिकाेण पनि नकारात्मक भएको पाइन्छ।हामिले बुझेको नियम अनुसार भन्ने हो भने दुबै पक्षकाे कर्तब्य र अधिकार स्पस्ट छ।सबारी चालकले ट्राफिक नियमको पालना गर्नु,सडक अनुशासनको पालना गर्नु र सडकमा अरु सवारी साधन र ट्राफिक प्रहरिलाई सवारी ब्यवस्थापनमा सहयोग पुर्याउनु चालकको कर्तब्य र दायित्व भित्र पर्छ भने सडक अनुशासन पालना गरेर हिड्न पाउनु जस्तो कि आफ्नो लेनबाट हिड्न पाउनु ,हरियो बत्तिको जानुहोस भन्ने संकेतमा अरुबाट बिना अवरोध हिड्न पाउनु चालको अधिकार भित्र पर्छ।
त्यसै गरि ट्राफिक प्रहरिको हकमा सडक अनुशासन पालना गरेर ट्राफिक नियमलाई पालना गरेर हिडेको सवारी र सवारी चालकलाई सहज गरिदिनु र प्राथमिकता दिनु कर्तव्य भित्र पर्छ भने सडक अनुशासन पालना नगर्ने,मापसे गरि सवारी चलाउने र लापरबाही तरिकाले सवारी चलाउने सवारी चालकलाई कार्बाही गर्न पाउनु र गर्नु ट्राफिक प्रहरिको अधिकार भित्र पर्दछ।
यी कुराहरुलाई सवारी चालक र ट्राफिक प्रहरिले बुझिदिने र चालकले यहि अनुसार सवारी चलाउने हो भने यत्रा सहज हुन्छ र सुरक्षित पनि हुन्छ तर कतिपय घट्नाहरु हेर्दा यिनै कुराको हेलचेक्र्याइको कारण विभिन्न ठाउमा दुर्घटना भएको पनि छ र धनजन क्षेती समेत भएको पाइन्छ।
यी विभिन्न खालका कुराहरु सङ्गै एउटा मुख्य समस्यानै भनौ चालक र ट्राफिक प्रहरी बिच एक अर्कालाई हेर्ने दृष्टिकाेण फरक हुनु र एकले अर्काको मर्कालाई नबुझी दिनु ।
एका दुई कतै घटेका घट्नाको कारण पनि यी दुई पक्ष् बिचमा यस्तो समस्या आएको हो भनेर भन्दा फरक नपर्ला।कुनै ठाउमा चालक माथी ट्राफिक प्रहरिले दुव्र्यवहार गर्नु हातपात गर्नु बिनागल्ती पनि दुख दिनु त्यसैगरी फेरि कतिपय ठाउमा चालकले आफुले गर्नु पर्ने कर्तव्य पालना नगर्ने र ट्राफिक प्रहरी माथी दुव्र्यवहार गर्ने यस्तै कारणले गर्दा पनि दुई पक्ष् बिचमा खासै सकारात्मक सबन्ध खासै भएको पाइदैन ।चालकले ट्राफिक प्रहरिलाई यिनिहरु हामिलाई दुख दिने मात्र हुन हामिलाई हेपेरै ब्याबहार गर्छ्न,यिनिहरु मान्छेनै गलत हुन भनेर सोच्ने गरेको पाइन्छ भने ट्राफिक प्रहरिले पनि चालकहरु भने पछि नरामै मात्र हुन्छ्न यिनिहरुलाई रुखो निच्च सब्दनै बोल्नु पर्छ भनेझै गरि ब्याबहार गरेको पनि पाइन्छ यसै कारण पनि दुई पक्ष् बिचको सम्बन्ध परिपुरक जस्तो बन्न सकिरहेको छैन भनेर बुझ्न सकिन्छ।तर एउटा कुरा के साचो हो भने चालकले पनि ट्राफिक प्रहरिलाई बुझिदिने र ट्राफिकले पनि चालकलाई बुझिदिने हो भने यो दृस्ठिकोणमा सकारात्मक सुधार पक्कै आउँछ।सिधा भाषामा भन्नू पर्दा दुबै पक्षले आफ्नो घमण्ड छोडेर मर्यादित बन्न सक्नु पर्दछ।
कतिपय कुरालाई हेर्ने हो भने चालकले पनि लापर्बाही गरेको पाइन्छ कतिपय कुरालाई हेर्ने हो भने ट्राफिक प्रहरिको पनि लापरबाही देखिन्छ।विभिन्न समाचारमा लेखिए अनुसार कुरा गर्ने हो भने चालकले ६०पटक भन्दा बढी नियम उन्लघन गरेको पाइएको छ भने१०पटक भन्दा माथी नियम उन्लघन गर्ने सबारी चालक त १५ हजारभन्दा बढी रहेको ट्राफिक प्रहरी कार्यालयका एस.पि राजेन्द्र भट्टले बताउनु भएको छ।उहाले यो पनि भन्नू भएको छ्की जरिवाना न्यून भएको कारणले लापर्बाही बढयाे ।ट्राफिक प्रहरिकै कुरा गर्ने हो भने सके सम्म चालकलाई जरिवाना नै गर्न खोज्ने कति पय ठाउमा बाटो एक तर्फी हुन्छ तर त्यहा सङकेत समेत यो घट्ना केही दिन अगाडि सामाजिक सन्जालमा भिडियोनै देखाएको थियो।अनि गाडिको नम्बर प्लेटमा हिलो लागेर नम्बर प्लेट स्पस्ट देखिएन भने पनि सके सम्म जरिवानानै गर्न खोज्ने अर्थात पैसा अशुल्न मात्रै खोज्ने खाल्डाखुल्डी भएको र बाटो कच्ची भएको अवस्थामा हिलो लाग्नुत स्वोभाबिकै हो यो ब्याबहारिकता र बाध्यतालाई ट्राफिक प्रहरिले नबुझी दिदा पनि दुई पक्षकाे सम्बन्ध धमिलिएको देखिन्छ।अनि एस.पि भट्टले के पनि भन्नू भएको छ भने जरिवाना न्यून भएकै कारण नियम उन्लघन कमि भएन भनेर तर केही हद सम्म यो कुरा सहि भए पनि १००%भने हैन यदि न्यून गराउनेनै हो भने चेतना फैलाउने सन्देश बाड्न सक्नु पर्छ जरिवाना वा पैसा लिएर मात्र गल्तिमा कमि र सुरक्षित हुदैन।हामिले सिट क्षमता भन्दा बढी यात्रुबोकेको सवारिलाई सुरक्षाको हिसाबले खतरा भनेर जरिवाना गरेको तर फेरि त्यही सबारिमा पठाएको देखेका छौ अब के देखियोत भन्दा जरिवाना भयो ट्राफिक प्रहरिको कोषमा पैसा आयो तर यात्रु सुरक्षित भएन अब चालकले मात्र हैन सर्बसाधरणले पनि के बुझ्छत भन्दा सुरक्षा हैन पैसाको लागि कार्बाही गरियो भनेर ।
माथी जति कुराहरु लेखिएता वास्तविक र यथार्थ के हो चालक र ट्राफिक प्रहरी बिचको दृष्टिकाेण सुधार आउन र दुबै पक्षले एक अर्काबाट सहजता प्राप्त गर्नको लागि आआफ्नो पेशाप्रती मर्यादित हुनुपर्छ र एक  अर्कोको कदर र पेशाको सम्मान गर्न सक्नु पर्दछ।