
१८४ औँ विश्व फोटो ग्राफी दिवस !!!
भाद्र २,२०८० काठमाडौँ।
काठमाडौ फोटो ग्राफर संघले १८४ औँ विश्व फोटोग्राफी दिवसको अवसरमा आज बिश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायर परिसरमा फोटो वाक प्रतियोगिता आयोजना गरेको थियो।
Kathmandu photographer संघको आयोजना तथा photowalk nepal ,किपा ग्राफी भक्तपुरको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा nepal photographer संघका पूर्वमहासचिव हाल काठमाडौँ फोटोग्राफर संघका सल्लाहकार रत्नमान आसुँले फ्रेंच नागरिक जोसेफ nisefar nipsey ले फ्रान्सकाे बितुङदी गाउँमा सन् १८२६ Aug १९ मा पहिलोपटक photo खिचेको दिनलाई नै हरेक वर्ष विश्व फोटोग्राफी दिवस मानिदै आएको कुरा बताउनुभएको थियो ।
“
संघका अध्यक्ष डिगम्बर राजवंशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा photowalk नेपालका ओम यादवले photowalk नेपालको प्रतियोगितामा भागलिदा अपनाउनुपर्ने नियमहरूको बारे प्रकाश पार्नुभएको थियो।
उक्त photowalk प्रतियोगितामा भाग लिने फोटोग्राफरहरुले खिचेका फोटोहरुअनलाइनमार्फत प्राप्त भएपछि जजहरूद्वारा सेलेक्ट गरी भदौ 3० गते बानेश्वरको अर्पण banquet मा हुने १५ औं वार्षिक साधारण सभामा नतिजा घोषणा गरिने जानकारी गराउनु भएको थियो।
काठमाण्डौ फोटो grapher संघका सदस्य सानु काजी महर्जनको संयोजकत्वमा आयोजित उक्त कार्यक्रमलाई काठमाडौँ फोटो ग्राफर संघका सचिब हरि घिमिरेले सञ्चालन गर्नुभएको थियो।
Kathmandu photographer संघका सदस्यहरु , नी बर्तमान अध्यक्ष, संस्थापक अध्यक्ष तथा सदस्यहरु , फोटो graphy मा अभिरुचि राख्ने बिभिन्न अग्रज व्यक्तित्त्व सहित ७० जनाभन्दा बढी काठमाडौँ फोटोग्राफर संघमा आबद्ध सदस्यहरु उपस्थित रहेको उक्त कार्यक्रमको मुख्य उद्देश्य पेशामा उत्सुकता जगाउने , आफूले सिकेको, जानेका कुराहरू एकआपसमा सबैमाझ सेयर गर्ने,सद्भाव तथा भाइचाराको भावना अभिवृद्धि गरी आफ्नो photography पेसाप्रति उत्सुकता जगाउने रहेको देखिन्छ।
१८४ औ विश्व फोटोग्राफी दिवसको पावन अवसरमा सम्पुर्ण photographyलाई पेशाको रुपमा र फोटोग्राफीमा रुचि राख्नु हुने सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना। बिशेष आभार काठमाडौँ फोटो ग्राफर संघ, फोटो वाल्क नेपाल, किपा ग्राफी भक्तपुर । हार्दिक आभार photoprint नेपाल प्रा. लि, प्रीतिका क्यामेरा सेन्टर, रामधुनी डिजिटल स्टुडियो, होटल सारथी, चित्लाङ अर्गानिक भिलेज रिसोर्ट प्रा. लि.।