सडक फराकिलो बनेसँगै दुर्घटनामा वृद्धि ।
सडक फराकिलो बनेसँगै दुर्घटनामा वृद्धि ।
दिपेन्द्र थापा
महालक्ष्मी न=पा ४ , इमाडोल
समाचार पनि कति भयावह र दुःखद हुन सक्ने होला ! ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका श्रावण २७ गते शनिबारक दिन रत्नपार्क हुदै लामाटार सम्म चल्ने साझा बसबाट यात्रु ओरालने क्रममा बस अगाडी बढाउदा बसको ठक्कर बाट ओखलढुंगा घर भई चांगाथली बस्ने वर्ष ५ को प्रयास माझीको दिउस ३ः१५ बजे दुखद निधनले नगरवासी स्तब्ध भएका छन् । वच्चुबाट आफनो घर जाने क्रममा बाटो काट्ने लाग्दा आमासँग रहेको बच्चा नदेख्दा बच्चा साझा बस सँगै रहेको र पछि आमाले हात हल्लाउदा सवारी चालकको ध्यान ती आमा सँग नपुग्दा घटना घटेको प्रत्यक्षदशीले जानकारी गराएका छन् । खाडीमुलुकमा रोजगारी गर्न गएका प्रयासका बाबा केही समय मात्र भएको थियो । आँखामा खुशी नओभाउँदै ५ वर्षको छोरालाई हुर्काउने जिम्मेबारी श्रीमति बविता मगर माझीको काधमा सुम्पेर बुबा रोजगारीका लागि खाड़ी पुगेका छन् । तिनै छोराको मुख सम्झेर ऋण बोकी जम्मा केही महिना अगाडि खाड़ी पुगेकी र बेहोशमा किष्ट अस्पतालमा उपचारमा रहेको आमा र बाबाको अवस्था कस्तो होला ? हे भगवान्
सोही दिन समय ६ः ०० बजि सकेको थियो । म आफै तरकारी किन्न भनि नागरिक दैनिकको छापाखाना अगाडी तरकारी बजारमा तरकारी खरिद गर्न एक साईडमा मोटरसाईकल पार्किंङ्ग गरि एक पाईला के चालेको थिए । ठुलो आवाजमा आवाज आयो यसो पछाडि फर्केर हेर्दा स्कुटरमा सबार ४ जना लडिरहेको अवस्थामा देखियो । ४ वर्षको बालक उछिटिएको अवस्थामा मेरो नजर पर्न गयो हत न पत दौडेर बालकलाई काखमा चाप्येर साईड लगाउने क्रममा १२ वर्षको नानी रुदै कराउदै कुनामा लडिरहेको भेटियो । तत्काल हामीले त्यस नानीलाई अस्पताल पठाउने काम गरियो । घटनाको प्रकृति हेर्दा ठुलो मानविय घर्टना बाट जोगिएको छ । ब्यापारको सिलसिलमा काम गदै आएका एक मासु ब्यापारीका अनुसार हरेक दिन यस ठाउँमा मात्र १ देखि ३ वटा घटना हुने गरेको जानकारी गराउनु भयो । यस्ता घटना त लामाटार देखि ग्वार्को सम्ममा त कति हुन्छ यसको तथ्याँक नै छैन होला भनि जानकारी गराउनु भयो ।
मर्निङ्ग वार्कमा हिडेका एक दाम्पतिका अनुसरा सबैभन्दा धेरै दुर्घटना बिहान कलेज जान हिडेका युवाको मोटरसाईकल सवारी बाट हुने गरेको बताउनु भयो । कहिले काहि त हामीलाई पनि मार्छन कि जसरी कुदाउछन् । काम छैन जम्मा ४ आनामा बनेको घर छ । बल्र्ड प्रेसर, सुगरले सताउन थाली सक्यो । डा. को सल्लाह बमोजिम विहान एक आधा घण्टा मर्निङ्ग वार्क निस्कन मन लाग्छ तर कहिले काहि त सवारी दुर्घटनामा परिन्छ कि भन्ने मनमा शंका र डर लाग्छ । तपाईहरु सडकपेटि छ त किन नहिडेको भन्दा खेरी यसो भन्नुहुन्छ । हिडने त मन लाग्छ । सबै भन्दा आफनो जिवन ठुलो हो तर के गर्नु कतै मंगलको ढक्कन छैन । कतै झारै भार वर्खाको समय छ सर्पको डर लाग्छ । अझ भन्नु पर्दा त निर्माण सामाग्री थुपारि दिएर त सडक भरि वालुवा गिटीले गर्दा पनि हिडन समस्य भएको छ । ६५ वर्षका बुबालाई हामीले सोधेका थियौ बुबा हजुर किन सडक पेटीबाट हिडने गर्नुहास । दिन प्रतिदिन सवारी दुर्घटना भईरहको छ भन्दा, बाबु म घुडाको विरामी हृर्नुहोस त ३ फिट अग्लो पेटी छ कसरि चडने होला यो पेटी बनाउदा अंपाग मैत्री र जेष्ठ नागरिकलाई किन ध्यान नदिएको भनेर गुनासो गर्नु भयो ।
सडकमा निर्माण सामाग्री थुपारिदिदा अधिकांश मोटर साईकल बालुवामा चिपलिएर बढी दुर्घटना हुने गरेको छ । स्थानीय निकाय वा सम्वन्धीत निकायले ध्यान नदिदा यस्ता घटना घटनुको सटा बढेको गरेको छ । अझ हामीले भन्नु पर्दा त अधिकांश ‘ओभर स्पिड’ नै दुर्घटनाको प्रमुख कारण रहेको दाम्पतिको ठम्याई छ । चालकको लापरबाहीका कारण यो क्षेत्रमा दुर्घटना धेरै भएको स्थानीय बासी केशव थापाले बताए । ‘यहाँ सडक फराकिलो छ, यहीँ धेरै दुर्घटना हुनुमा चालकको लापरबाही बाहेक अन्य केही हुन सक्दैन,’ उनले भने ।
सडक विस्तारसँगै ‘ओभर स्पिड’ का कारण दुर्घटना बढेको छ । लामाटारदेखि ग्वार्कोसम्म ‘चार लेन’ सडकमा सवारी साधनहरु तीव्र गतिमा हुइँकिने गरेका छन् । सडक फराकिलो भएका कारण धेरैले स्पिडमा चलाउँदा अरूसँग ठोक्किने, अनियन्त्रित भएर आफैँ पनि दुर्घटनामा परेको धेरै घटना रहेको स्थानीयको भनाइ छ ।अर्कोतिर मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा पनि दुर्घटना बढेको छ । पछिल्लो समय मार्दक पदार्थ सेवन गरेर आउने युवाहरूले सवारी साधन चलाउँदा पनि दुर्घटना बढेन थालेको छ ।
अन्तमा सुझाव
• ट्राफिक लार्र्इटको जडान गर्नु पर्ने ।
• सडक वत्तीको अबिलम्ब संचालन गर्नु पर्ने
• जेब्राक्रसिङमा नगरपालिका र सम्वन्धीत सरोकारवाला निकाय सँग सहकार्य गरेर चेतनामूलक कार्यक्रम संचालन गर्नु पर्ने ।
• फुटपाथ सुधार गर्नु पर्ने ।
• बस, माइक्रोलगायतमा झुन्डिएर, छतमा बसेर वा ढोकामा बसेर यात्रालाई रोक्नु पर्ने ।
• लेन अनुशासन पालना गर्न सिकाउने ।
• अवस्थित पार्किङ्गको निगरानी गर्ने ।
• मादक पदार्थ सेवन चेकजाँच गर्ने
• मोटरसाइकलको सवारीसाधानलाई तीव्र गतिमा चलाउन रोक्ने ।
• मंगलको चेक जाँच गरि ढक्कन लगाउन पर्ने ।
आदि