
मानवता हराएको समाज

मानवता हराएको समाज
दिपेन्द्र जंग थापा
महालक्ष्मी ०४, इमाडोल लतितपुर
२०८० श्रावण २५ गते बिहिबार ।
सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका– ७ स्थित १६ किलोमा मंगलबार देखि शोकमा डुवेको छ । शोकका बाबजुद हिजो दुर्घटना पछी देखिएको परिदृश्यले एक नयाँ प्रश्न चिन्ह् उब्जाएको छ । प्रश्न हो, के हाम्रो समाजमा मानवता हराएकै हो त ?
श्रावण २०८० २३ गते बागमति प्रदेश सिन्धुपाल्चोकको एउटा दर्घटना भयो । घटनास्थलमा एकाएक भीड जम्मा भयो । बस र मोटरसाइकल ठोक्किएर गम्भीर घाइते भई खुट्टाबाट सडक नै रगताम्मे हुने गरी रक्तस्राव भइरहेका दोलखा बैतेश्वर गाउँपालिका– ७ का २३ वर्षीय विश्वराज श्रेष्ठ दुर्घटना भएकै सडकमा झन्डै आधा घन्टा दुई हात टेकेर रुँदै सहयोगको याचना गरिरहेका थिए । तर, घटनास्थलमा उभिएको भिडले उनको उद्धारमा चासो गरेन, उल्टै केही मानिस त्यो हृदयविदारक तस्बिर र भिडियो खिच्न ब्यस्त रहे ।
मानवता माथि नै प्रश्न उठाउने उक्त दृश्य उद्दारका लागी ताहाँ रहेको भिडबाट मध्ये २ ब्यक्तिको चार हात अगाडि बढेको देखिएन । उक्त दृश्य थियो घटनास्थलमा सेल्फी टिकटक फेसबुक लाईभ गरिरहेका नेपाली समाजको ।
दोलखा बैतेश्वर गाउँपालिका शोकमा थियो मोटरसाईकल सवार आफन्तहरुको घरघरमा रुवावासी मच्चिएको थियो । तर त्यहा उपस्थित समुदाए समाजिक सञ्जालको लतमा यसरि रुमलिएको थियो कि उनिहरुको समाजिक सञ्जालमा भाईरल हने होडबाजीले उद्दारमा त समस्या निम्तयायो नै यससंगै नेपाली समाजमा हराएको मानवतालाई पनि उजागर गर्यो ।
मानवता भनेको जहिले पनि सम्भव भएसम्म अरूको मद्दत गर्नु हो, आफ्नो स्वार्थलाई बिर्सनु हो । किन हो आजकाल हामी मानवले मानव प्रति गर्ने व्यवहार, सोच, दया, माया, सद्भाव, कर्तव्य र धर्म भुलिसकेको प्रष्ट देखिन्छ। आजभोलि दैनिक अझ भनौं घण्टा घण्टामा हुनेगरेका विभिन्न खाले अमानवीय क्रियाकलापहरुले हामीलाई कता तिर लगिरहेको छ ? तर यी मध्य कुनै पनि सकारात्मक आचरण दुर्घटनामा समाजले देखाएन । नेपाली समाजमा समग्रमा ईश्वरत्व छैन र समाजकमा मानवता बिलिन हुदै छ भन्ने कुरा घटनामा देखिएको दृश्यले उजागर गरेको छ ।
हाम्रो सोच र नैतिकता किन पतन हुँदै गएको छ ? किन हामीमा विवेक शून्य हुदै छ ? हामीले पाएको र सिकेको संस्कार के हो ? हामी हाम्रो समाजलाई कता तिर लैजाँदै छौँ ? भविष्यका कर्णधारहरूलाई के सिकाइ रहेका छौँ ? किन हामीमा विवेक शून्य छ ? हाम्रो यस पवित्र भूमिमा कहिलेसम्म हुने हो यस्तो हर्कतरु किन हरायो हामीमा मानवता ?
विचार गरौँ त ! यहाँ छिमेकी र समाजको के अर्थ रह्यो ? एकता विघटोन्मुख छ । मानिस एक्लिँदै गएको छ ।मानिस सामाजिक प्राणी हो, परिवार, समाज, देश यही सामाजिकताको प्रतिविम्ब हो । एकापसको मित्रता दुःखकष्ट र आपतका बेला एकले अर्कोलाई सहयोगका लागि नै हो । तर, बिस्तारै यो तथ्य धुमिल हुँदै गयो । आआफ्नो दुनो सोझ्याउने प्रतिस्पर्धा बढ्यो । एकापसमा सहयोगी हुने मानवीय संस्कार कमजोर हुँदै गयो ।
हाम्रो समाज र संस्कृति कस्तो छ जरै देखि अध्ययन गरेर सबारी दर्धटनाको पनि भेदहरुलाई पत्ता लगाएर प्रभावकारी माध्यमबाट चेतनाको मुश्लो झोस्न आवश्यक छ । हामी मानवको धर्म भनेको जहिले पनि सम्भव भएसम्म अरूको मद्दत गर्नु हो । जब अरूलाई तपाईंको मद्दत चाहिन्छ, पृथ्वीमा रहेका प्रत्येक प्राणीलाई निःशर्त प्रेम विस्तार गर्नु हो, गरिब र अशक्तहरूको सेवा गर्नु हो । मानवता मानिसमा हुने ईश्वरत्व हो, । तर यी मध्य कुनै पनि सकारात्मक आचरण हिजो दुर्घटनामा समाजले देखाएन । नेपाली समाजमा समग्रमा ईश्वरत्व छैन र समाजकमा मानवता बिलिन हुदै छ भन्ने कुरा हिजोको घटनामा देखिएको दृश्यले उजागर गरेको छ ।