Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीमा युवाहरुको स्वत स्फु्त राजनितिक क्रेजः-

२०८० श्रावण २०, शनिबार २०:०३
१००
तीखोकलम
  • राष्ट्रिय स्वतन्त्र पार्टीमा युवाहरुको स्वत स्फु्त राजनितिक क्रेजः-
    २०७९ सालको स्थानिय निर्वाचनमा काठमाण्डौं महानगर पालिकामा मेयर बालेन साहको उदय संगै हाम्रो देशको राजनिती अब विस्तारै युवाको हातमा जॅादैछ भन्ने स्थिती देखा पर्यो। जसको फलस्वरुप २०७९ संघिय संसदको चुनाबमा धेरै युवाहरु चुनाबमा होमिय, केहीले त छोटो समयमा सफलता पनि चुम्न सके।
    स्थापनाको छ महिना मै सभापति रवी लामिछानेले युवाहरुलाई सहभागि गराएर संघिय चुनाबमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित ७ स्थान सहित २० सिटमा युबाहरुको प्रतिनिधित्व जनाउॅदै संघिय संसदको चौंथो शक्तीको रुपमा स्थापित हुन सफल भयो। संघिय संसदमै सबै भन्दा कान्छी संसद निशा डॅागी देखी सोबिता गौतम,डा. तोसिमा कार्की लगाएत सभापति रवी लामिछाने सम्म सम्पुर्ण २० सांसदनै ४८ बर्ष भन्दा कम उमेरका युवा जोस् र जॅागरले भरियका छन राष्ट्रिय स्वतन्त्र पार्टीमा।
    समग्र युवा केन्द्रित पार्टीका रुपमा अगाडी बढेको रास्वपा अहिले संगठन विस्तारको दौरानमा छ। दिन दिनै कुनै न कुनै ठाउॅमा संगठन बिस्तार तथा भेलाहरुको आयोजना गर्दै देशै भरिको स्थानिय तहहरुमा रास्वपाको स्थानिय पार्टी कमिटीहरु गठन भईनै रहेका छन। यसै क्रममा आज पनि ललितपुर जिल्ला अन्तर्गत महालक्ष्मी नगरपालिकाको वडा नं. १ देखी वडा नं. ९ सम्मको भेला कमिटी गठन भयो।
    अधिकांश युवाहरु सम्मिलित कमिटी बन्यो।
    रास्वपा युवाहरुकै पार्टी भएकोले यसको कमिटीमा युवाहरुनै पर्नु कुनै नौंलो कुरा चैं भएन। तर आज महालक्ष्मी नगरपालिकाको वडा नं. ८ को वडा कमिटीको उप-सभापति रोहिणी महर्जन संभवत अहिले सम्म गठित देशै भरिका रास्वपाको कमिटी भित्र पर्नु हुने सबै भन्दा कम उमेरको सदस्य हुनु हुन्छ होला!! यदी देश भरिकै नभए पनि ललितपुर जिल्ला भरिको त सबै भन्दा कम उमेरमा कमिटी भित्र पर्ने उहॅा नै हो उमेरले भर्खर २३ बर्ष प्रबेश गर्नु भएकी रोहिणी महर्जनको महालक्ष्मी नगरपालिका वडानं. ८ बाट रास्वपाको उप- सभापतिको रुपमा बिधीवत राजनिती सुरु भएको छ। रोहिणी महर्जनलाई नेपालको राजनितीक भबिस्यको अग्रिम शुभकामाना।                                                                              तस्विरः- ललितपुर जिल्ला निवाचन ३ नम्बर क्षेत्रिय सदस्य पार्वती श्रेष्ठको साथमा महालक्ष्मी नगर पालिका वडा नं. ८ को उप सभापती श्री रोहिणी महर्जन ज्याकेट प्याट मा