
कमलपोखरी संरक्षणमा स्थानीयको चासो ।

कमलपोखरी संरक्षणमा स्थानीयको चासो ।
दिपेन्द्र जंगा थापा
महालक्ष्मी वडा नं ४, ललितपुर ।
प्रकाशित मिति श्रावण १२, २०८०, शुक्रबार
ललितपुरको महालक्ष्मी नगरपालिका–४, इमाडोलमा बढ्दो शहरीकरण र संरक्षणको अभावमा नगर सभ्यताको पहिचान बोकेका परम्परागत कमलपोखरीहरु मासिँदै गएका छ । कुनै बेला पानी वितरण प्रणालीको अभिन्न अंग रहेका इमाडोलमा रहेको कमलपोखरी विकास निर्माणका नाममा मासिन थालिसकेको छ ।
गोदावरी खोला बाट पानी ल्याई कमलपोखरीमा जम्मा गरि तल वाक्लो गाउँ सम्म पानी लैजाने राजकुलोको अभिन्न अंग थियो । खेतबारीमा सिँचाइ र गाईवस्तु चराउन तथा नुहाउन प्रयोग गरिन्थे । तर अहिले यो पोखरीमा खानेपानीको ट्याङ्की बनाउने योजना ल्याएर मास्न खोजिदैँछ। नेताहरुले हरेक निर्वाचनमां राजनैतिक मुद्धा बनाउछन, खानेपानी र ट्याङ्की तर काम कहिल हुदैन २९ करोडको सह लगानीमा निर्माणधित ट्याङ्की र खानेपानी योजना फिर्ता भयो भन्ने पनि सुन्न आएको छ । खानेपानीको नारामा कतै कमलपोखरी नै मासिने हो कि भनेर स्थानीयवासीहरुको चासोको विषय भएको छ ।
स्थानीय बासीहरु हामीलाई खानेपानी चाहिन्छ तर टयाँकी पनि बनाउन पर्छ तर विभिन्न भवन बनाउने बाहनामा कतै कमलपोखरी मासिने बढी सम्भावना रहेको स्थानीयको गुनासो रहेको छ । तर स्थानीय तह जनजीवनलाई सहज बनाउने नाममा यही पोखरीमा पानी ट्यांकी बनाएर संरक्षणको जिम्मेवारीबाट पन्छन खोजेको छ। यस्ता ऐतिहासिक पोखरीको संरक्षणको दायित्वमा राज्य चुक्दा यस्ता सम्पदा उपेक्षामा परेका छन्। लिच्छवीकालीन नगरसभ्यताको संरक्षण र सम्वर्द्धनमा स्थानीय सरकारको गम्भीरता नपुगेको जानकार बताउँछन् ।
विकास र आधुनिकीकरणको नाममा ऐतिहासिक एवं परम्परागत प्रविधि तथा सम्पदा मास्दै जाने हो भने नेपाली सभ्यता नै लोप हुने जोखिम रहन्छ । भूमाफियासँग स्थानीयवासीले कानूनी लडाइँ लडेर सार्वजनिक रुपमा फर्काइएको पोखरीको संरक्षण गरिने स्थानीयवासी वीरेन्द्रले बताए । उनले भने–“अब नगरपालिका र हामी स्थानीय बासिन्दा मिलेर यो पोखरीको संरक्षणमा तुरुन्त लाग्न पर्नेछ । महालक्ष्मी नगरपालिका–वडा नं ४ अन्तर्गत पर्ने पोखरीमा वडाल प्राविधिक ल्याई नाँपजाँच गरेको सत्य तथ्य सबै भन्दा बाहिर आउन पर्छ । एतिहासिक कमलपोखरीको विषयमा कुरा उठदा नागरिकले चासो राख्नु राम्रो र महत्व विषय पनि हो । पोखरी नाँपजाँच हुदाँ वडाअध्यले स्थानीय सँग एक पटक पनि छलफल नगरी कामलाई अगाडी वढाउदा शंकाको दृष्टिकोणबाट हेर्न थालेका छन् । २०२१ सालको नक्सालाई प्रमाणको रुपमा लिएर अगाडी बढनु पर्नेमा यदि वडाले अहिलेको हालसाविकलाई आधार मानेर गर्न नहुने पनि स्थानीय वताउछन् । यदि अहिलेको आधारमा नाँपजाँच गर्दा पोखरी अक्तिक्रमण हुने शंकाको दृष्टिकोणबाट हेर्न थालेका छन् । यदि कतैबाट भूमाफिया सल्बलाए भनि त्यसको जवाफ हामी राम्रो सँग दिन तयार रहेको समेत ४ नं का स्थानीयले बताएका छन् ।