कमलपोखरीमा दिपेन्द्रका सपनाहरु

कमलपोखरीमा दिपेन्द्रका सपनाहरु
देशको राजधानीमा बसेर देशकै चिन्ता र देशकै मायामा छट्पटिएका छन् एउटा तन्नेरी स्रष्टा दिपेन्द्र जंग थापा । भनिन्छ मानिस संसारमा आएको दिनदेखि नै सपनाहरु देख्न थाल्छन् त्यसैले त भर्खर जन्मिएको शिशुहरु सपनामा हाँस्छन् अनि रुन्छन्। यो सपना भन्ने चिज सम्झँदा पनि कति अनौठौ लाग्ने रहेछ । देशले र राजधानी नजिकै भए पनि पछि पारेको इमाडोलका एउटा उत्साही ठिटो जिन्दगीको यो कलिलो उमेरमा राज्यका लागी एक फाँको चुनौति बोकेर काकाकुल अवस्थामा रहेको नागरिकहरुलाई खानेपानीबाट कसरी बाहिर निस्कने भनेर इमाडोलको कमलपोखरीमा रहेको डिप बोरिङ्गमा उभिएका छन् सपनाहरुको शिविर लिएर । मलाई थाहा छ विहानको झुल्के घाम सँगै आफनो नानीलाई काखमा च्यापेर घर घरमा विहान र बेलुकाको जीवन बाँच्न जिन्दगीका पहाडहरु उक्लिरहेका छन् हा्रमा मनहरु, यस्तै जीवनको परिधीबाट एउटा मीठो सपना बोकेर कोमल मन, महालक्ष्मीको त्यो उदास कमलपोखरीमा ठिगं उभिएर नगरपालिका भित्र रहेको ब्यथितिलाई उजगार गरि आफुले सक्दो सुचना प्रवाह गरिरहेका छन् महालक्ष्मीका जनताका सपनाहरु चित्रण गरिरहेछन् आफ्ना आलेखहरु मार्फत ।
आहा ¤ कति जीवन्त आलेख जसलाई नेपाल र नेपाली हुनुको यति धेरै गौरव र शान छ । महालक्ष्मी नगरपालिका वडा नं ४ मा रहेको एतिहासिक कमलपोखरीको डिलमा उभिएर कलिलो मन मष्तिष्कले भविष्यको सुकिलो सपनाहरु सजाएका छन् दिपेन्द्र जंग थापा । जिन्दगीका सुदुर सपनाहरु दूर दराजमा थन्काएर कति त निर्मम पीडामा बाँचिरहेका छन् यहाँको नागरिकहरु । गोदावरीमा कल कल वग्ने स्वच्छ खानेपानी योजना अन्तर्गत आउने पानी खाएर मर्ने सपाना बोकेका कर्यौ आमा बुबाको सपना आज सम्म आउदा पनि अधुरो रहेको छ । प्यास मेटाउने सोचले अभावको जिन्दगी बाँचिरहेका छन् महालक्षीम नगरपालिका । राज्यले महालक्ष्मी नगरपालिकालाई जिस्काउँदै कलिला नानीहरुको पीठ्यूँबाट ढाकर खोसेर दिउँसै राजधानीका ठूला र भव्य रेष्टुराँहरुमा महालक्ष्मीका आँशुहरुले उत्सव मनाईरहेको छ । सम्झौता र सहमतिको शब्दहरु चुनावको संधारमा घोकेर कण्ठस्थ पारिरहेका छन् सिँहदरबार अब गाउँ गाउँमा । आफू आफैमा आरोप प्रत्यारोप लगाईरहेका छन् । यस्तो बेला महालक्ष्मीको एउटा होनहार तन्नेरी प्रतिभा नेपाली आमाको छोरा दिपेन्द्र जंग थापाले महालक्ष्मीको इमाडोल खबर मार्फत आफ्ना पीडा र सपनाहरुको एउटा विम्व बोकेर समाज बनाउने उदेश्य बोकेर समाजसेवा उदियमान भएका छन् दिपेन्द्र जंग थापा। पटक पटक दिपेन्द्र सँग फोन सम्पर्क हुँदा उनका आलेखहरुले मलाई कस्तो उत्साह मिल्थ्यो । आज उनकै यो आलेखले महालक्ष्मीको समस्य बुझने र समाजमा आफनो भुमिका लेख्ने जुन अवसर प्राप्त भयो अत्यन्तै खुशी छु । किनकी यो राज्यले अर्थात यो सरकारले नपाएको भुमिकाको भूमिका निर्वाह एउटा महालक्ष्मीको उत्साही तन्नेरी प्रतिभाको कलमलाई मैले जुन सलाम गर्ने मौका पाएँ यसका लागि सिँगंो महालक्ष्मीबासी , विशेष गरी आलेख लेख्ने भाई दिपेन्द्र जंग थापा प्रति धन्यबाद दिन चाहन्छु ।
बालापनदेखि म वयस्क हुँदै गएँ। सपनाहरुको पनि लेभल हुँदो रहेछ। जति आफ्नो उमेर बढ्दै गयो अनि जति दुनियाँसँग घुलमिल हुँदै गयो, सपनाको लेभल पनि त्यही अनुसारको परिवर्तन मेरो जीवनमा भै नै रह्यो। एउटा यस्तो उमेर पनि आउँदो रहेछ जहाँ जे देख्यो त्यस्तै बन्न मन लाग्ने। आई कम पढ्दै थिएँ, त्यो बेला हाम्रो गाउँमा फिल्मको सुटिङ गर्ने एउटा टिम नै आयो। त्यो सुटिङ गरिरहेको बाल्यकालका साथीहरु मंसिर महिनामा धान काटेको भोली पल्ट बाट हामी दाजुभाइ भकुन्डो खेल्थे। कहिलेकाहीँ भकुन्डो खेल्दा खेल्दा फुटेको भकुन्डोभित्र पराल भित्र राखृेर पनि जिन्दगी चलि रहेके थियो । भकुन्डो खेल्दा बुबाको गाली पाउनु सामान्य थियो, कहिलेकाहीँ त कुटाइ पनि खाएको उनले बताए।
दिपेन्द्रको मनभित्र आफु जन्मेको समाजलाई एउटा सफा र सुन्दर समाज वनाउन आफ्नो जिन्दगीको सुदुर सपनाहरु पुरा गर्न आफ्नी मायालुलाई जस्तो पनि आशा र विश्वास दिलाउँछन् । हरेक वर्ष फुले होलान मखमली र सयपत्रीहरु तर महालक्ष्मीको नगरबासीको मुहार आजको दिन सम्म पनि स्वच्छ खानेपानी खाने मुहारमा फुल कहल्यै फुलेन । यूगको पखेटा काटिएर, अर्को यूग जन्मिदा पनि महालक्ष्मीमा खानेपानीको विषष्मा न्यानो घाम लाग्न सकेन, शीतल जून उदाउन सकेन भर्खरका नानीहरु पानीको प्यास रोकेर र भोक च्यापेर अभावमा सस्तो जिन्दगी विताइरहेका छन् । खोलाका ढुगांहरु जस्ता नेताका मान्छेहरु कहिल्यै महालक्ष्मी भएर वग्न सकेनन् । निन्द्राले आँखा नछोडदै ब्युँझेर गाग्री बोकी उकालो चढीरहेका कयौँ जिन्दगीहरु छन् महालक्ष्मीमा । खै कसैको आँखा मन मष्तिष्क कहिल्यै पुग्दैन । त्यहाँ प्याँस र सार्वजनिक सम्पदा सरक्षणमा कैयाँै रोइरहेका छन् । दरिद्र मानसिकताले ग्रसित मान्छेहरु महालक्ष्मी सँग किन तर्सिरहेका छैन्न् । अज भन्नु पर्दा भाले नवास्दै महालक्ष्मीका महिलाहरु गाग्रो बोकेर खानेपानी लिनका लागि घर घरमा धाएको हामीले भोग्न परेको र कति पटक त खाना पकाउन आमालाई ढिला हुदा भोकभोकै विद्यालय गएका छन् हाम्रा त्यी स्कुल पढने नानीहरु । विना कसैको सहयोग सदभाव र आत्मीयता नपाएको महालक्ष्मी कति निरिह भएर बाँचिरहेको छ । कति अर्थहरु खोजिरहेका छन् लेखक दिपेन्द्रले महालक्ष्मीको कमलपोखरीमा । आजको शक्तिशाली यूगमा आलेखले देश उभ्याउन सक्छ, मानवता बचाउन सक्छ र समाजलाई रुपान्तरण गर्न सक्छ ।
अन्तमा, समाजसेवाहरु सबै सहज र सरल हुन्छ भन्ने छैन् । समाजसेवी दिपेन्द्रले फेदीबाटै पहाड चढ्न शुरु गरेका छन्, हुनसक्छ उनको यात्रा धेरै असहज र अफ्ठ्यारो पनि हुनसक्छ । कतिले हल्ला मच्चाएर तिम्रो यात्राहरुलाई वीचमा विथोल्न खोज्लान कतै तिम्रो सपनाहरुको अपहरण गर्न खोज्लान यो समय त्यस्ता भुतहरु सँग तिमी सर्तक रहनु पर्छ, तिमी भित्र विश्वासको वुद्ध भेटिनु पर्छ । यात्राहरुमा भ्यागुता र गडौलाहरु भेटिन्छन् होशियार दिपेन्द्र । जिन्दगी सिर्जना र कलाले सिँगार्नु पर्छ आफू बसेको समाज र राष्ट्रलाई मानव सभ्यता र असल संस्कारको परिचय दिनुपर्छ । मलाई थाहा छ, हिँउको घुम्टो ओडेर अभाव र अन्यौलका बिच लेखक दिपेन्द्र थापा कैयौँ रात जून सँग अनि ताराहरु सँग खेलिरहे महालक्ष्मीको कमलपोखरीमा । उनलाई थाहा थिएन शायद म भोलि महालक्ष्मीको कमलपोखरीलाई आफ्नो काँधमा उठाएर देश घुमाउने छु र मेरा महालक्ष्मी नगरपालिकाको कथा र ब्यथा सुनाउने छु भन्ने, तिमीलाई सलाम छ दिपेन्द्र । बधाई र सफलताको शुभकामना
महालक्ष्मी, ४ इमाडोल, ललितपुर
मो. ९८४१४३७०६१