Advertisement

ललितपुर जिल्ला क्षेत्र नं. ३ का माननीय डा. तोसिमा कार्की ज्यु वडा नं. १४ वासी स्थानियहरु माझ भेटघाट तथा साक्षत्कार गर्न आउनु भयो।

२०८० श्रावण ४, बिहीबार १४:४०
४१
तीखोकलम

ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा १४ मा रहनु हुने सम्पुर्ण आमा बुवा दाजु भाई तथा दिदी बहिनीहरुको माझ आज मिती २०८०/०४/०४ का दिन ललितपुर जिल्ला क्षेत्र नं. ३ का माननीय डा. तोसिमा कार्की ज्यु वडा नं. १४ वासी स्थानियहरु माझ भेटघाट तथा साक्षत्कार गर्न आउनु भयो। उहॅा यसै क्षेत्रको जन प्रतिनिधी भएको ले यहॅाका स्थानिय समस्या, त्यसको समाधान को उपाय र माननीय ज्यु ले गर्नु पर्ने सहयोगका विषयमा आफ्ना कुराहरु आफैले प्रत्यक्ष उपस्थित भएर माननीय ज्यु समक्ष राख्नु हुने सम्पुर्ण स्थानीय बासीहरु प्रति नमन ।
हामी नेपाली कति सिधा र सोझा छौं अझ हामी ललितपुर ३ बासीको त कुरै नगरौं🙏🔔🙏 हाम्रो माननिय ज्यु आईदिए मात्र पुग्छ। समस्याको चुली अथाह छ समाधानका पहलहरु हुदै छन। कति समस्या हरु स्थानिय सरकारले सुन्छ कतिको सुन्दैन। कति माननीय ज्युले आज टिपेका कुराहरु पनि स्थानिय सरकारले नै गर्नु पर्ने काम हरु छन। कति संघले नै कानुन नै बनाएर लागु गर्नु पर्नेछ। कति स्थानियहरु संगै बसेर समाधान गर्नु पर्ने छ।
आशा छ हजुरले यहॅाको स्थानिय समस्याहरुलाई जति सक्दो छिटो स्थानिय समस्या स्थानिय सरकारमा, राज्यका समस्या केन्द्रिय सरकारमा राख्नु हुनेछ र समाधानको पहल गर्नु हुनेछ। यहॅाका स्थानियहरुले छिट्टै राहतको महसुस् गर्न पाउने छन🙏🔔🙏
माननीय ज्यु हजुरले यस्ता जनताको चासो तथा गुनासाहरु सुन्ने कार्यक्रममा सहभागी हॅुदै गर्दा त्यस क्षेत्रका स्थानिय जनप्रतिनिधी ज्युहरु पनि संगै हुनु भए अझ यस्ता कार्यक्रमहरु प्रभाबकारी हुने थियो र समाधानका उपायहरु छिटो निस्कने थियो भन्ने मेरो विस्वास हो।यो कुरा हजुरले सुझाबको रुपमा लिनु हुनेछ भन्ने आशा गरेको छु। हजुरलाई धेरै धेरै धन्यवाद यसरीनै जनताको नेता भएर जनताकै माझ रहिरहनुहोस् 🙏🔔🙏
“हाम्रो देश हामीलेनै बनाउने हो हाम्रै पालामा”🙏