
नेपाल तरुण दलमा हुम्ला जिल्लाबाट केन्द्रिय सदस्यमा जित क्षेत्री मनाेनित

नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तरुण दलको भर्खरै केन्द्रिय तदर्थ समिति मनोनीत गरिएको छ । त्यस तदर्थ केन्द्रिय समितिमा हुम्लाबाट जित क्षेत्री रहनु भएको छ । नेपाली काङ्ग्रेसको भातृ संगठन मध्य नेपाल तरुण दल एक इतिहास बोकेको संगठन हो । जस अन्तरगत हुम्ला जिल्लाबाट जीत क्षेत्री केन्द्रिय सदस्यमा मनोनयन हुनु भएको छ ।नेपाल विद्यार्थी संघको राजनीतिबाट आफ्नो राजनीति यात्रा शुरु गरेका जित क्षेत्री अहिले हुम्ला जिल्लाको प्रतिनिधित्व गर्दै नेपाल तरुण दलको केन्द्रिय सदस्य बन्नु भएको छ । नेपाल विद्यार्थी संघको राजनीतिमा आज भन्दा झैन्डै १५ बर्ष अगाडि २०६५/६६ सालबाट पशुपति कलेजबाट विद्यार्थी राजनीतिको यात्रा सुरु गरेका क्षेत्री आज आएर पार्टी भित्रको भातृ संगठनमा पहिलो पटक केन्द्रिय सदस्यको जिम्मेवारी पाउनु भएको छ । पहिलो पटक केन्द्रिय सदस्य बन्नु भएको क्षेत्री लाई हाम्रो प्रश्न तपाईं झण्डै १५ बर्ष पछि पार्टी भित्रको भातृ संगठन तरुण दलको केन्द्रिय सदस्य बन्दै गर्दा कस्तो अनुभुती भैरहेको छ ? सबैभन्दा पहिला मान्छेमा बिश्वास, मेहनती , दृढता र धैर्यता हुनु पर्दछ । मैले नेपाल विद्यार्थी संघको राजनीति सुरु गरेको झन्डै १५ बर्ष भयो तर म नेबि . संघको कुनै पदमा रहेन । म नेपाल विद्यार्थी संघको कुनै पदमा नरहदा पनि पार्टी प्रती जहिले बफादार भैरहे । त्यस कारण आज नेपाली काङ्ग्रेस हुम्ला जिल्लाले मलाई बिश्वास गरेर नेपाल तरुण दलको केन्द्रिय सदस्यमा सिफारिस गर्यो । यसको लागि म हामी सबैका अभिभावक , हुम्ला जिल्लाको मात्र अभिभावक नभएर सिङ्गो कर्णाली प्रदेशका अभिभावक पुर्ब मुख्यमन्त्री जीवन बहादुर शाही ज्युलाइ बिशेष धन्यवाद दिन चहान्छु । त्यस्तै पार्टी सभापति, माननीय लगायत जिल्लाका सम्पुर्ण नेता ज्युलाई धन्यवाद दिन चाहन्छु । मलाई नेपाली काङ्ग्रेस पार्टीले दिएको जिम्मेवारी प्रती म संधै बफादार भैरहने छु । भनेर बताउनु भयो । क्षेत्री नेपाली काङ्ग्रेसका सभापति श्री शेर बहादुर देउवाले श्री बिधान गुरुङको अध्यक्षतामा गठित मिति २०८० असार १३ गते नेपाल तरुण दलमा हुम्ला जिल्लाबाट केन्द्रिय सदस्यमा मनोनीत हुनु भएको छ ।