Advertisement

कुरिलो

२०८० असार १५, शुक्रबार ०५:२४
५१
तीखोकलम

कुरिलो

 

‌‌‍=========================
कुरिलो एक औषधिजन्य वनस्पति हो । यसलाई संस्कृतमा सतावर, नारायणी, इन्द्रिवरी, शतपदी, शतविर्या, बहुसुता, शतमुली आदि नामले चिनिन्छ| यो नेपालका सबै जसो भू-भागमा पाईने बहुबर्षीय लहरा युक्त वनस्पति हो|
काँडा सहितको काण्ड, मसिना झुप्पादार पात हुने यसका धेरै मसिना हाँगाहरु हुन्छन| फल चाहिं केराउका दाना जत्रा र कडा बीज युक्त हुन्छन| पाकेपछि फल राता वा नीला रंग क हुन्छन |

कुरिलो भन्नेवित्तिकै धेरैलाई मनपर्छ। कुरिलोको तरकारी होस् वा सुप विभिन्न तरिकाले कुरिलो खाने गरिन्छ।

कुरिलो खान जति मीठो हुन्छ। यो स्वास्थ्यका लागि उति नै महत्त्वपूर्ण हुन्छ, जसले गर्दा कुरिलो खानु शरीरका लागि निकै फाइदाजनक हुन्छ। कुरिलो तरकारीका लागि मात्र होइन, यसको जरा सुकाएर धूलो पारेर दूध तथा मनतातो पानीमा मिलाएर खाने गर्नाले पुरुषहरूको वीर्य बढाउँछ।

कुरिलो खानाले शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त, महिलाहरूको स्तनमा दूधको मात्रा बढाउने, दुर्बलता हटाउन तथा महिनावारी गडबडीमा उपयोगी हुन्छ। कुरिलोलाई तरकारी बनाएर तथा सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ। कुरिलोमा प्रशस्त मात्रामा भिटामिन, प्रोटिन, फाइबर तथा क्याल्सियम साथै विभिन्न पौष्टिक तत्त्व पाइन्छ।

credit: Prabin Panth