
“नेपाल सरकारको अर्थ संबंधी प्रस्ताव लाइ कार्यान्वयन गर्न बनेको बिधेयकको बुदा नम्बर २९ मा “
“नेपाल सरकारको अर्थ संबंधी प्रस्ताव लाइ कार्यान्वयन गर्न बनेको बिधेयकको बुदा नम्बर २९ मा ” धितोपत्र जग्गा र घरजग्गाको ब्यबसायिक कारोबार गर्नेलाइ छुट सम्बन्धि बिशेश ब्यबस्था।” मा सर्वसाधारण सेयर लगानी कर्ता र घरजग्गा खरिद गर्ने हरुमाथी ठुलो अपराध भएको छ।
संसार भर नै जग्गा घरजग्गा र धितोपत्रमा गरेको लगानी लाई सम्पत्ति खरिद गरेको मानिन्छ। नाफा गरेर सम्पत्ति बिक्री गर्दा संसार भर नै पुजिगत लाभकर तिर्नुपर्छ।पुजी गत लाभकर कारोबार भएको बखत धितोपत्र भए नेपाल स्टक एक्सचेञ्ज मार्फत ,घरजग्गा भए मालपोत कार्यालय मार्फत स्रोत बाट नै हातोहात तिर्नुपर्छ। पुजिगत लाभकर संसारभर नै अन्तिम कर हुन्छ।पुजिगत लाभकर अन्तिम कर भएको ले यसलाई आय बिबरणमा देखाए पनि थप कर तिर्नु पर्दैन ।हाल लागू भएको पुजिगत लाभकरको दर अल्पकालीन ५% र दिर्घकालिन ७.५% रहेका छन।
तर २०८०/८१ को २९ नम्बर बुदाले २ वटा अपराध गरेको छ।
(a)सम्पत्तिको रुपमा खरिद गरिएको जग्गा घरजग्गा तथा धितोपत्र लाई ब्यबसाय गरेको सरह मानेर आय बिबरण भरि ३९% सम्मको करको दायरामा समावेश गरेको।
(b)२०८०/८१ को लागि गरेको ब्यबस्था अनुसार नै २०७६/७७ देखिकै बिगत ३/४ बर्षको कर बुझाउने ब्यबस्था गरेको छ। तर नियम अनुसारको कर पहिले नै अग्रिम रुपमा नेपाल स्टक एक्सचेञ्ज/ मालपोत कार्यालय मार्फत प्राप्त भइसकेको छ।आज करका दरमा परिवर्तन गरेर ४ बर्ष अघि देखि उठाउन कसरी मिल्छ?
सरकारको कर उठाउने भन्दा पनि लुट्ने नियत देखिन्छ ।
यो बुदा परिवर्तन नभएको खण्डमा सेयर बजार खरानी हुनेछ। गाउँका घरजग्गा बिक्री गर्नेहरुले आय बिबरण र कर बुझाउन नसकेर बिल्लिबाठ हुनेछन।”