Advertisement

राष्ट्रवादी केन्द्र नेपालले नागरिकता विधेयक खारेजीको माग गर्दै बिरोध प्रदर्शन गरेको छ।

२०८० जेष्ठ २०, शनिबार ०७:०८
८९
तीखोकलम

१९ जेठ , काठमाडौं ।                                          राष्ट्रवादी केन्द्र नेपालले नागरिकता विधेयक खारेजीको माग गर्दै बिरोध प्रदर्शन गरेको छ।

शुक्रबार माइतीघरदेखि बानेश्वरसम्‍म ट्यांग्रो ठोकेर बिरोध प्रदर्शन गरेको छ । कथित अखण्ड भारत भित्तेनक्सा प्रकरण र नागरिकता विधेयक खारेजी, बढ्दो महँगी नियन्त्रण र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । नेपालको लुम्बिनी र कपिलवस्तु समेत गाभेर भारतले तयार गरेको नक्शा खारेज गराउन सरकारले पहल गर्नुपर्ने माग छ। उनीहरूले देश बेच्न पाइदैन, नागरिकता विधेयक खारेज गर, विदेशी दलालहरू होसियार , भारतिय विस्तारवाद र अमेरिकी साम्राज्यवाद मुर्दावाद , लम्पसारवादी सत्ता मुर्दावाद , लुटतत्र मुर्दावाद , पुलिस हाम्रा साथी हुन लगायतका नारावाजी गरेका थिए ।

बानेश्वरमा गएर कोडसभामा केहि वक्ताले आज देशमा रोजगार नपाएर बिदेशीनु परेको छ , महंगीले बाच्न नसक्ने अवस्था छ , देशमा काम गरेर खाने बाताबरण छैन तर आजको सरकारले यता चिन्ता गर्दैन बरु बिदेशीको इच्छा अनुसार चलेको केहि वक्ताले आरोप लगाएका छन । नागरिकता भनेको चक्लेट बेचेजस्तै जतासुकै बेच्ने कुरा होइन यो विधेयक राष्ट्रघाती छ खारेज गर्नुपर्ने माग राखेका छन । जबसम्म भारतीय विस्तारवाद , अमेरिकी साम्राज्यवाद र नेपाली राष्ट्रघाती काएमाराका विरुद्ध राष्ट्रवादी केन्द्र नेपालले निरन्तर संघर्ष गर्ने बताएका छन ।