
नागार्जुन दुईमा घन्टी प्रति आकर्षण बढ्दो

११ जेठ २०८०, नागार्जुन २, काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी नागार्जुन नगरपालिका वडा नम्बर २ को वडा भेला आज सम्पन्न गरीएको छ। नागार्जुन नगरपालिका वडा नं २ स्थित family restro मा भएको उक्त भेलाले यदु कुमार लम्सालको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति निर्वाचन मार्फत चयन गरेको छ।
उक्त भेलामा प्रमुख अतिथिका रुपमा पार्टीका संस्थापक केन्द्रिय सदस्य तथा काठमाडौँ निर्वाचन क्षेत्र नं ७ का संघिय सासद श्री गणेश पराजुली उपस्थित हुनुहुन्थ्यो भने उहाँका कानुनी सल्लाहकारहरु के. पी.अधिकारी, तोया राज अधिकारी,सचिवालय सदस्य सुदीप धिताल, वागमती प्रदेश सभापति डा. अच्युतम लामिछाने, बागमती प्रदेश सदस्य तथा उपसंयोजक रविन्द्र गौतम, RAT केन्द्रिय सदस्यहरू प्रदिप सापकोटा, कृष्ण बहादुर थापा, प्रदेश सदस्यहरू राजकुमार खड्का, स्वस्तिका लामिछाने, सुरेन्द्र भट्ट, राजेन्द्र रेग्मी, केन्द्रिय उद्योग वाणिज्य विभागका सित्तल चन्द्र धरेल, केन्द्रीय प्रबर्द्धन विभागका सुदर्शन न्यौपाने, केन्द्रीय अभियान तथा प्रचारप्रसार तथा कार्यक्रम संयोजक कृष्णमान श्रेष्ठ, गत निर्वाचनमा धादिङ क्षेत्र नं १ बाट प्रत्याशी बन्नुभएका हिमेश पन्थ,तारकेश्वर नगर संयोजक विनोद चापागाई, नागार्जुन नगरपालिका वडा नं १ का सभापति शंकर तामाङ ,नागार्जुन नगरपालिका वडा नं १,२, ३ मा बसोबास गर्ने आमाबुवा, दाजुभाई तथा दिदी- बैनीहरु अथितिको रूपमा उपस्थित हुनुहुन्थ्यो।
राष्टिय गान गाएर शुरु गरिएको उक्त कार्यक्रमको संचालन बागमती प्रदेश सदस्य तथा वागमती प्रदेश महिला विभाग प्रमुख स्वस्तिका लामिछानेले गर्नुभएको थियो भने स्वागत गन्तव्यद्वारा सम्पूर्ण उपस्थित महानुभावहरुलाई योगेन्द्र कुमार श्रेष्ठले स्वागत गर्नु भएको थियो।
मन्तब्यकै क्रममा गत निर्वाचनमा धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ का उम्मेदवार श्री हिमेश पन्तले पाठ्यक्रमबाट डाक्टर सन्दुक रुइतको जीवनी हटाइएको बारे आपत्ति प्रकट गर्दै भ्रष्टाचारको काण्डैकाण्ड भएको देशमा नयाँ राजनीतिको सुरुवात राष्ट्रिय स्वतन्त्र पार्टीबाट गर्नुपर्ने कुरा औल्याउनु भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वाग्मती प्रदेश सदस्य राज कुमार खड्काले विगतका राजनीतिक संगठनहरुले जनताका विकासका इच्छाहरू आकांक्षाहरुलाई तुषारापात गरेकाले विकल्पको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको बताउँदै नयाँ सोच नयाँ बिचार बोकी स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म विकासको मूल फुटाउन एकजुट भएर लाग्न अनुरोध गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सभापति डाक्टर अच्युतम लामिछानेले हामीले राम्रो काम गरुन्जेल हामीलाई समर्थन र काम नराम्रो गरेमा आफ्नो समर्थन फिर्ता लिन सक्नु हुने जानकारी दिँदै आफ्नो मन मस्तिष्क क्षमतालाई राष्ट्र समर्पणमा योगदान दिन
अनुरोध गर्नुभएको थियो। उहाँले हामीले राम्रो काम गरेमा अन्य पार्टी पनि सचेत हुने बताउँदै हामीले बिल्ला लगाएर छुट्टिन थाल्यौं भने अनि हाम्रा १० लाख सदस्य छन् १जना = ३vote भएमा ३०लाख हुन्छ। देशको शासन सत्ताको चाबी हाम्रो हातमा हुन्छ भेडा बाख्रालाई जस्तो कार्यकर्तालाई घुमाई घुमाई खान पाइन्छ भन्ने गलत सोच राखियो भने अहिले हाल देखिरहेको विसंगति बेथिति र भ्रष्टाचारको प्रकृति जस्तो देखिने हुँदा यस क्षेत्रका युवा संघीय सांसद श्री गणेश पराजुलीको सारथीको रुपमा काम गर्ने टिम बनाउन आजको यसभेलाद्वारा निर्वाचित हुने कार्यसमिति सफल हुने विश्वास व्यक्त गर्नुभएको थियो। उहाँले हामीले हाम्रो पार्टीको बाहेक अन्य पार्टीले पनि राम्रो कामको सुरुवात गरे त्यसलाई समर्थन गर्न सक्ने जनाउँदै राम्रा कुराहरु अनुसरण गरिने, उहाँले देशभरिको आजको आम नागरिकको खानेपानी, बाटो, शिक्षा, स्वास्थ्य जस्ता दैनिक समस्याहरु जस्ताको जस्तै छन् हामील२१ जनालाई जिताएर पठाएपछि फर्किनु भएन जितेपछि दोहोर्याएर भेट्न नपाएको गुनासो हामीले सुनिरहेका छौ। उहाँहरू नीतिनिर्माण ,विधिविधान बनाउँदा बनाउँदै व्यस्त हुनुहुन्छ, अहिले धमाधम हाजिर रिपोर्ट कार्डको कुरा आइरहेको छ भोली reportcard मा गयल हाजिर बढी भयो भने हामी सबैले गाली गर्छौं।उहाँलाई यही वडा भेलाबाट यहाँका स्थानीय समस्याहरुको पहिचान गरी हाम्रो प्रतिनिधि मार्फत संबोधन गर्नका लागि उहाँका हातहरू सक्षम बनाउन योग्य र सक्षम व्यक्ति चुन्नको लागि याे भेला सफल हुने आशा व्यक्त गर्नुभएको थियो। उहाँले आफूले एक रुपैयाँ पनि अपचलन गरेमा आमाको रगत खाएको बराबर हुने भनी कसम खाएको बताउँदै समर्थन राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टीलाई समर्पण राष्ट्रलाई गर्नुपर्ने कुरा बताउनुभएको थियो।
काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर ७ का संघीय संसद माननीय
श्री गणेश पराजुलीले वर्तमान संघीय संरचना अनुरुप वडा, पालिका, प्रदेश, क्षेत्र हुँदै सबै जोडिएर अगाडि बढ्न अनुरोध गर्नुभएको थियो। उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीमा सदस्य लिने सबैले राजनीति गर्नुपर्छ भन्ने छैन नेतृत्व गर्नेले समय दिनुपर्छ राष्ट्र सेवक कर्मचारीहरु, शिक्षक, शिक्षिकाहरु जनताको कर खाएर राजनीतिक पार्टीको कार्यकर्ताको रुपमा रहन नसक्ने आफ्नो पार्टीको सिद्धान्त भएको र अन्य पार्टीले पनि त्यसै गर्न सचेत गर्ने बताउँदै हालको बेथिति ,विसंगतिको मुख्य जड नै यी कुराहरु भएको बताउनुभएको थियो। उहाँले पार्टी स्थापना भएको झण्डै एक बर्षमा चौथो ठूलो पार्टी बनाउन अहम भूमिका खेल्ने सम्पूर्ण वडा बासीहरुलाई हार्दिक धन्यवाद दिँदै यो व्यवस्था होइन अब अवस्था परिवर्तन गर्न र हाम्रै पालामा परिवर्तन गर्न सम्भव भएको कुरा बताउनुभएको थियो। उहाँले बेथिति र विसंगतिका कारणले भएका भ्रष्टाचारका मुद्दाहरु आफ्नो पार्टीले उठाएको र त्यसविरुद्ध अहिले जुन प्रकारको कारबाही प्रक्रिया अघि बढेको छ यसले भ्रष्टाचारको अन्त्य गर्ने संकेत गरेको कुरा पनि बताउनुभएको थियो।
कार्यक्रमको औपचारिक विसर्जन गर्दै कार्यक्रमका सभापति तथा राष्ट्रिय स्वतन्त्र पार्टी नागार्जुनका संयोजक श्री राजन कोइरालाले दोधार नभई निश्चित भएर घन्तिका नीति तथा सिद्धान्त अनुसार कार्य गर्न अनुरोध गर्नुभएको थियो। आजको यस kudabela बाट निर्वाचित हुने समितिले केन्द्रीय तहसम्म समन्वय गर्न सजिलो हुने र धेरै काम गर्न सकिने बताउँदै कतै स्थानीय चुनावमा स्वतन्त्ररुपमा लौरो चुनाव चिन्ह लिएर उठ्दाभन्दा पार्टीगत रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनताका कुराहरुलाई खरो रुपमा उठाउन सकिने भएकाले परिवर्तन र विकास चाहिएकाले जोडिएको कुरा बताउनुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा काठमाडौँ क्षेत्र नं ७ का प्रतिनिधि सभा सदस्य माननीय श्री गणेश पराजुलीले निर्वाचित सदस्यहरुलाई पार्टी र देशका नाममा सपथ खुवाउनु भएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी नागार्जुन नगरपालिका वडा नं २ को वडा भेलाले सर्वसम्मतरुपमा सभापति यदु कुमार लम्सालको नेतृत्वमा वडा समिति चयन गरेको छ।
सभापति यदु कुमार लम्साल
उपसभापति मीरा न्यौपाने
सचिव योगेन्द्र कुमार श्रेष्ठ
सदस्यहरु
सोनम थापा
हरिराज पाण्डे
गोविन्द नगरकोटी
रामहरि सेढाईं
भरत राज डौलिया
सल्लाहकारहरु
सीता कुमारी शर्मा
राजु तिवारी