Advertisement

नागार्जुन १ मा घन्टीको लहर

२०८० जेष्ठ ११, बिहीबार १३:५७
७६
Ashok Pokharel

१० जेठ २०८०, नागार्जुन १, रानीबन ,काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी नागर्जुन नगरपालिका वडा नम्बर १ को वडा भेला आज सम्पन्न गरीएको छ।

नागर्जुन नगरपालिका वडा नं १ रानीबन स्थित नागार्जुन पार्टी प्यालेसमा भएको उक्त भेलाले शंकर तामाङको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति निर्वाचन मार्फत चयन गरेको छ।

उक्त भेलामा पार्टी उपसभापति तथा पूर्व श्रम तथा राेजगार मन्त्री माननीय डोल प्रसाद अर्याल, पार्टी सह महामन्त्री तथा संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटी, संस्थापक केन्द्रिय सदस्य तथा काठमाडौँ निर्वाचन क्षेत्र नं ७ का संघिय सासद श्री गणेश पराजुली,(कानुनी सल्लाहाकार के.पी. अधिकारी, सचिवालय सदस्य सुदीप धिताल)केन्द्रिय सदस्य हरि भट्ट,, वागमती प्रदेश सभापति डा. अच्युतम लामिछाने, बागमती प्रदेश सदस्य तथा उपसंयोजक रविन्द्र गौतम, RAT केन्द्रिय सदस्यहरू प्रदिप सापकोटा, कृष्ण बहादुर थापा, प्रदेश सदस्यहरू राजकुमार खड्का, स्वस्तिका लामिछाने, सुरेन्द्र भट्ट, इन्दिरा गौतम, अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । उक्त भेलामा नागार्जुन नगरपालिका वडा नं १,२, ३ बासी आमाबुवा, दाजुभाई तथा दिदी- बैनीहरुको बाक्लो उपस्थिति रहेको थियो। 

कार्यक्रमको संचालन RAT केन्द्रिय सदस्य प्रदिप सापकोटाले गर्नुभएको थियो भने स्वागत गन्तव्यद्वारा सम्पूर्ण उपस्थित महानुभावहरुलाई सुनिता बगालेले स्वागत गर्नु भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पार्टी उपसभापति तथा पूर्व श्रम तथा रोजगार मन्त्री माननिय डिपी अर्यालले बिहानको

अगुल्य समय दिएर यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्णप्रति हार्दिक आभार प्रकट गर्दै देशमा भएको बेथिति, विसंगती र भष्ट्राचारको विरुदमा यो स्वस्फुर्त उपस्थितीले गत चुनावको छोटो समयमा हाम्रो जुन उपस्थिती संसद्‌मा छ त्यो आगोकाे झिल्को रुपी उपस्थिति लेअगामी चुनावमा राष्ट्रिय स्वतन्त्र पाटी कति फैलियो कति ठूलो भयो भन्दा पनि नेपाली नागरिकले के खोजीरहेका छन ? हामीले के प्राप्ति गरिरहेका छौ?के प्राप्तिको लागि राजनिति गरी रहेका छौं भन्ने कुरा महत्त्वपूर्ण रहेको बताउनु भएको थियो ।

पार्टी सह-महामन्त्री तथा संगठन विभाग प्रमुख श्री कविन्द्र

बुर्लाकोटीले ४०लाख शुभेच्छुक, ४ लाख सदस्य, ४ हजार संगठक ,नेतृत्वकर्त्ता र विभिन्न विज्ञहरु, जति केन्द्रिय नेतृत्त्व तहमा राय दिनको लागि, केन्द्रिय सदस्य ४० जना जति main driving seat मा ,४ जना मुख्य driver हुने गरी संगठन‌को ढाँचा रहेको जानकारी गराउदै ४ जनाबाट निस्केका कुराहरू ४० लाख जनतासम्म पुयाउने लक्ष्य रहेको बताउनु भएको थियो । ४० लाख शुभेच्छुकले मन्दिर, चर्च, गुम्बा जाँदा घण्टी छोएर यसमा कुबुद्धि नलागोस सु- बुद्धि मात्र लागोस भनेर बजाइदिनु भएमा परिवर्तन अवश्य संभव रहेको बताउदै हाल त्यस अनुरूप देश दौडाहामा लागि रहेको बताउनु भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सभापति डाक्टर अच्युतम लामिछानेले हामीले राम्रो काम गरुन्जेल हामीलाई

समर्थन र काम नराम्रो गरेमा आफ्नो समर्थन फिर्ता लिन सक्नु हुने जानकारी दिँदै आफ्नो मन मस्तिष्क क्षमतालाई राष्ट्र समर्पणमा योगदान दिन अनुरोध गर्नुभएको थियो। उहाँले हामीले राम्रो काम गरेमा अन्य पार्टी पनि सचेत हुने बताउँदै हामीले बिल्ला लगाएर छुट्टिन थाल्यौं भने अनि हाम्रा १० लाख सदस्य छन् १जना = ३vote भएमा ३०लाख हुन्छ। देशको शासन सत्ताको चाबी हाम्रो हातमा हुन्छ भेडा बाख्रालाई जस्तो कार्यकर्तालाई घुमाई घुमाई खान पाइन्छ भन्ने गलत सोच राखियो भने अहिले हाल देखिरहेको विसंगति बेथिति र भ्रष्टाचारको प्रकृति जस्तो देखिने हुँदा यस क्षेत्रका युवा संघीय सांसद श्री गणेश पराजुलीको सारथीको रुपमा काम गर्ने टिम बनाउन आजको यसबेला द्वारा निर्वाचित हुने कार्यसमिति सफल हुने विश्वास व्यक्त गर्नुभएको थियो।

काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर ७ का संघीय संसद माननीय श्री गणेश पराजुलीले वर्तमान संघीय संरचना अनुरुप

वडा, पालिका, प्रदेश, क्षेत्र हुँदै सबै जोडिएर अगाडि बढ्न अनुरोध गर्नुभएको थियो। उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीमा सदस्य लिने सबैले राजनीति गर्नुपर्छ भन्ने छैन नेतृत्व गर्नेले समय दिनुपर्छ राष्ट्र सेवक कर्मचारीहरु, शिक्षक, शिक्षिकाहरु जनताको कर खाएर राजनीतिक पार्टीको कार्यकर्ताको रुपमा रहन नसक्ने आफ्नो पार्टीको सिद्धान्त भएको र अन्य पार्टीले पनि त्यसै गर्न सचेत गर्ने बताउँदै हालको बेथिति ,विसंगतिको मुख्य जड नै यी कुराहरु भएको बताउनुभएको थियो।

बागमती प्रदेश सदस्य तथा उप संयोजक रविन्द्र गौतमले हाम्रो

पार्टीका नीति तथा सिद्धान्त सम्पूर्ण जनताको मनमनमा पुग्ने गरी कार्य गर्ने र गरिरहेको बताउनुभएको थियो।

कार्यक्रमको औपचारिक विसर्जन गर्दै कार्यक्रमका सभापति तथा राष्ट्रिय स्वतन्त्र पार्टी नागार्जुनका संयोजक श्री राजन

कोइरालाले दोधार नभई निश्चित भएर घन्तिका नीति तथा सिद्धान्त अनुसार कार्य गर्न अनुरोध गर्नुभएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी नागार्जुन नगरपालिका वडा नं १ को वडा भेलाले सर्वसम्मतरुपमा सभापति शंकर तामाङको नेतृत्वमा वडा समिति चयन गरेको छ।

सभापति शंकर तामाङ

उपसभापति कल्पना खत्री थापा

सचिव सुनिता बगाले

सदस्यहरु 

धन बहादुर लामा 

भोजराज घिमिरे 

गोपीलाल लामिछाने

रमेश रानामगर

कविना लामा

समिना लामा 

कपिल लामा तामाङ्ग 

 सल्लाहकारहरु

 रबिन थापा 

वासुदेव फुयाँल

जेनिशा तामाङ्ग