Advertisement

“वडा भवन शिलान्यास”

२०८० जेष्ठ १०, बुधबार १९:१२
६६
Ashok Pokharel

जेठ ९,२०८०, नागार्जुन ३, काठमाडौँ।

 

नागार्जुन नगरपालिका वडा नं ३ को वडा भवनको शिलान्यास आज सम्पन्न भएको छ। साविक वडा भवन भूकम्पले जिर्ण भएकाले जगैदेखि भत्काएर नयाँ आधुनिक भवन बनाउन लागिएको कुरा वडा अध्यक्ष तथा नागार्जुन नगर नगरकार्यपालिका सदस्य श्री उमेश लामाले बताउनुभयो ।


वैदिक विधि पूर्वक पुरोहितद्वारा मन्त्रोच्चारण गरी, पूजा गरी गरीएको उक्त शिलान्यास कार्यक्रम आज विहान गरिएको थियो ।

कार्यक्रममा काठमाण्डौं जिल्ला निर्वाचन क्षेत्र नं ७का संघिय सांसद माननीय श्री गणेश पराजुली,

सचिवालय सदस्य सुदीप धिताल,काठमाण्डौ जिल्ला समन्वय समितिका प्रमूख श्री सन्तोष बुढाथोकी, निवर्तमान जिल्ला समन्वय समितिका प्रमूख शिव वैध्य, नागार्जुन नगरपालिका प्रमुख श्री मोहन बहादुर, वस्नेत, उपप्रमुख श्री शुशिला

अधिकारी ,प्रमुख प्रशासकीय अधिकृत श्री सुमन अधिकारी, अधिकृत नारायणप्रसाद तिमिल्सिना, नगर प्रवक्ता तथा नागार्जुन नगरपालिका वडा नं ५ का वडाध्यक्ष श्री महेश रिमाल, वडा नं २का वडा अध्यक्ष ,नगर कार्यपालिका सदस्य तथा निवर्तमान प्रवक्ता श्री थुमराज के सी. नागार्जुन नगर नगर कार्यपालिका सदस्य अम्बिका गजमेर,

वडा नं ३ का वडा-सदस्यहरू श्री बम बहादुर श्रेष्ठ, राधिका दर्नाल, सन्जु थापा बुढाथोकी, जीवन पुतुवार, वडा नं २ का वडा सदस्यहरू चन्द्रिका विश्वकर्मा, सानु विर वहादुर नगरकोटी, वडा न ४ का वडा सदस्य श्री सुन्दरमणी श्रेष्ठ वडा नं ३ मा कार्यरत कर्मचारीहरू कल्याणी घिमिरे, श्री सुलभ राई, श्री सनम गिरी, श्री राजन  क्षेत्री, श्री पवन श्रेष्ठ, श्री सचिन मर्हजन, निरा थापा, इचंगुनारायण स्वास्थ्य चौकी वडा न ३. मा

कार्यरत कर्मचारीहरू श्री राम कुमारी श्रेष्ठ, जमुना ढकाल, शान्ति केसी, लगायत कर्मचारीहरु नेकपा एमाले नागार्जुन नगर कमिटीका अध्यक्ष श्री नन्दनहरी गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी नागार्जुन संयोजक राजन कोइराला, राष्ट्रिय स्वतन्त्र पार्टी वागमती प्रदेश सहस्य एवं महिला विभाग प्रमुख स्वस्तिका लामीछाने, नेपाली कांग्रेसका युवा नेता धन बहादुर श्रेष्ठ, ने. का. वडा नं ३ का सचिव राजु लामा वाइवा, विभिन्न पार्टीका शुभेच्छुक, भातृ संघ संस्थाका प्रतिनिधीहरू, सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष शंखवीर पुतुवार ,महासचिव सरला श्रेष्ठ, वडा नं ३का तीन सामुदायिक विद्यालयका

प्रधानअध्यापकहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, विद्यालयका शिक्षक तथा शिक्षिकाहरु, समाजका अग्रज जेष्ठ नागरिक, भद्र,भलाद्मी, बुद्धिजीवी वर्ग, बिभिन्न पेशामा संलग्न समाजसेवी युवाहरु लगायत वडा नं ३ वासी थुप्रै सर्वसाधारण जनता अथितिको रुपमा उपस्थित हुनुहुन्थ्यो।

मूल पिल्लर रहने विचको फाउण्डेशनमा विधिसहित कलश राखेर विधिपूर्वक पूजा वडाध्यक्ष उमेश लामा, नगर प्रमुख श्री मोहून वहादुर वस्नेत जिल्ला समन्वय प्रमुख सन्तोष बुढाथोकी, पूर्व जिल्ला समन्वय प्रमुख शिव वैध, निवर्तमान वडाध्यक्ष प्रेम लाल श्रेष्ठ,नेकपा एमाले नागार्जुन नगर कमिटी अध्यक्ष नन्दनहरि गौतम, निवर्तमान वडा सदस्य किशोर नगरकोटी, नगर प्रवक्ता महेश रिमाल, वडा सदस्य वम बहादुर श्रेष्ठ, राधिका दर्नाल, सञ्जु थापा बुढाथोकी,जीवन पुतुवारले गर्नुभएको थियो ।

वायव्य कोणमा रहेको foundation मा वडा सदस्य बम बहादुर श्रेष्ठ, नगर कार्यपालिका सदस्य अम्बिका गजमेरले कलश स्थापना गरी पूजा गर्नु भएको थियो।

 

त्यस्तै पूर्वी दिशामा रहेको पिल्लर रहने foundation मा वडा सदस्य जीवन पुतुवारले कलश थापना गरी विधिपूर्वक पूजा गर्नु भएको थियो।

दक्षिण दिशामा रहने pillar को foundation मा नागार्जुन नगरपालिका उपप्रमुख श्री सुशिला अधिकारीले कलश थापना गरी विधि पूर्वक पूजा गर्न भएको थियो भने 

नैरित्य कोणमा रहेको foundationमा निवर्तमान वडाध्यक्ष श्री प्रेम लाल श्रेष्ठले विधिपूर्वक कलश स्थापना गर्नुभएको थियो।

वडाध्यक्ष उमेश लामाले सञ्जय हनुमान जेवी कन्ट्रक्शन कम्पनीले १वर्षमा भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने गरी कुल लागत २,७५,००,०००/- (दुई करोड पचहत्तर लाख) मध्ये ६०% जिल्ला समन्वय समिति र ४०%, नागार्जुन नगरपालिकाबाट विनियोजन रकमद्धारा निर्माण गरिने जानाकारी दिनु भयो।

आज भन्दा ठीक १ वर्ष अगाडी जेठ १०,२०७९मा पद बहाली गर्दा आफूले गरेका प्रतिबद्धताहरुको प्राथमिक सूचीमा वडा भवन निर्माण तथा सार्वजनिक शौचालय निर्माण गर्ने प्रतिवद्धता गर्नु भएका श्री उमेश लामाले भवन निर्माणको काम शुरु गर्नु भएको छ । हामी सम्पूर्ण वडावासीको साथ तथा सहयोगमा समयमै गुणस्तरीय सुविधा सम्पन्न,भवन वन्नेमा हामी सम्पूर्ण वडा बासी प्रतिक्षारत छौ।

 पूर्वमा काठमाण्डौ महानगर, पूर्व उत्तरमा वडा नं १ र २, दक्षिण भेगमा वडा नं ४र५ तथा दक्षिण पश्चिममा वडा नं ६ र ८ रहेको यस वडा न ३ राजधानी काठमाण्डौ रहेको काठमाडौँ महानगरपालिका देखि धादिङ जिल्लासम्म जोडिएको छ। सवै समुदायको बसोवास भएको यस वडा भौतिक पूर्वाधारको क्षेत्रमा अघि बढ्दै छ भने देशका अन्य स्थानवाट स्थायी र अस्थायी रुपमा बसाई सराई तथा रोजगारीका निम्ति वसोवास गर्नेहरूको पनि ठूलो उपस्थिती रहेको देखिन्छ।