
नागार्जुन नगरपालीका वडा नं ३ को नव निर्मित वडा कार्यलय भवन शिलन्यास कार्यक्रम सम्पन्न भएको छ ।

आज मिती २०८० साल जेष्ठ महिनाको ९ गते नागार्जुन नगरपालीका वडा नं ३ को नव निर्मित वडा कार्यलय भवन शिलन्यास कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सांसदहरु,जिल्ला समन्वय समिति प्रमुख तथा निवर्तमान प्रमुख,नगरपालिका प्रमुख, उप-प्रमुख ,प्रमुख प्रशासकिय अधिकृत,वडा अध्यक्षहरु,वडा सदस्यहरु ,वडाको पुर्व जनप्रतिनिधिहरु,नगर तथा वडाको कर्मचारीहरु,विभिन्न राजनितिकदलका प्रतिनिधिहरु,पत्रकारहरु तथा वडाबासीहरुको उपस्थिती रहेको थियो ।
साथै नव निर्मित भवन जिल्ला समन्वय समितिबाट ६०% र नागार्जुन नगरपालिकाको ४०% गरी कुल लागत २ करोड ७५ लाख बराबरको सयुक्त साझेदारीमा श्री सन्त जय हनुमान जे.वी प्रा.लीले १ बर्ष अवधिमा सम्पन्न गरि हस्तान्तर गर्ने तथा चाडै नै नयाँ वडा भवनबाट सेवा प्रदान गर्ने वडा नं ३ का अध्यक्ष उमेश लामाले बताउनुभयो ।