Advertisement

चिठ्ठी लेखन प्रतियोगितामा मकवानपुरका बासुदेव अर्याल तेस्रो भएका छन्

२०८० जेष्ठ ९, मंगलवार १४:३४
३४
तीखोकलम

९ जेठ, काठमाडौं ।                                              नेपाली चलचित्र ‘हल्कारा’ले आयोजना गरेको चिठ्ठी लेखन प्रतियोगितामा मकवानपुरका बासुदेव अर्याल तेस्रो भएका छन् । प्रतियोगितामा मकवानपुरको थाहा नगरपालिका-६का बासुदेव अर्याल तेस्रो भएका हुन् ।
देशभरबाट प्राप्त पत्रमध्ये कास्कीको अन्नपूर्ण गाउँपालिका-१ का विक्रम परियार पहिलो भएका हुन। काठमाडौं नयाँ बानेश्वरकी बबिता थापा दोस्रो स्थानमा अाएकि हुन।
प्रतियोगितामा आफ्नो जीवनबाट टाढा भईसकेका, आफुले अत्यन्तै चाहेका, आफूले चाहेर पनि नपाएका अथवा आफूले सधैं सम्झिरहने व्यक्तिलाई पत्र लेख्न भनिएको थियो ।
नेपाली चलचित्र ‘हल्कारा’ बैशाख २९ गते रिलिज भएको थियाे।