लमजुङ बासी जनताहरू परिवर्तन रूपी घण्टी बजाउन आतुर

जेठ ६,२०८०, काठमाण्डौं १५ ,काठमाण्डौं ।
लमजुङ जिल्ला स्थायी घर भई हाल काठमाण्डौमा विभिन्न पेशा गरी बस्ने, देश परिवर्तनका संवाहक युवा पुस्ताले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) सँग सम्बद्ध, आस्थावान तथा शुभेच्छुकहरूको भेला काठमाण्डौँ महानगरपालिका वडा न १५ को स्वयम्भू चक्रपथमा रहेको स्टार वैक्यूटको नारायणी हलमा आज सम्पन्न भएको छ।
जन्मथलोलाई हालसम्म आफूले सिकेका शिप, उधम, खोजतलास तथा अनुसन्धान, हाल सम्म भएका उपलब्धी मार्फत कसरी सुदृढ, उन्नतीशिल तथा विकासको बाटोमा अगाडी बढाउन सकिन्छ ? जन्मथलो तथा कर्मथलोका विचमा भएका छलफल तथा निष्कर्षलाई कसरी आदान प्रदान गर्न सकिन्छ? दुवै तर्फ भए गरेका असल र परिणाममुखी कार्यहरूलाई आदान प्रदान गर्न, जोडिन पुलका रुपमा कार्य गर्ने गरी लमजुङ्ग काठमाण्डौ सम्पर्क भेला गरिएको कार्यक्रमका संचालक तोयाराज अधिकारीले जानकारी दिनुभयो ।
४ गाउँपालिका र ४ नगरपालिका गरी आठ पालिका रहेको लमजुङ जिल्लाका आठ वटै पालिकाबाट प्रतिनिधित्व हुनेगरी प्रत्येक बाट २/२ जना प्रतिनिधि र सामानुपातिक तथा सामावेशी ३जना गरी जम्मा १९ जना सदस्य रहने राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङ काठमाण्डौ सम्पर्क समिति निर्वाचित गरिने परिकल्पना अनुरूप आज भोला शर्माको संयोजकत्वमा दोर्दी गाउँपालिका बाट ज्ञानेन्द्र गुरुङ,रामहरि अधिकारी, राम प्रसाद न्यौपाने, नारायण न्यौपानेेे, भरत राज गौली,रमेेश तिवारी , रमा पौडेल सापकोटा ,मध्यनेपाल नगरपालिका-सूर्य बहादर भुजेल, बसन्त मणी पराजुली निर्वाचित हुनुभएको थियो भने बाकी ९ जना सदस्यहरू महिला जनजाती, सिमान्तकृत, अल्पसंख्यक तथा भूगोलको आधारमा थप गर्ने जानकारी गराइएको थियो।
परिचयात्मक कार्यक्रमबाट शुरू गरिएकोउक्त भेलामा अधिकांश महानुभावहरुले विगतमा आफू कुनै पनि पार्टी तथा पार्टीको भातृ संगठनमा नलागेको र राष्ट्रिय स्वतन्त्र पार्टीले अबलम्वन गरेको निति तथा कार्यक्रमहरू मन परेकाले यस पार्टीमा रही पाटीले अवलम्बन गरेको निति तथा कार्यक्रमहरुलाई कार्यन्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो भने अन्य पार्टीहरू छोडेर रा.स्व.पा.मा सम्मिलित हुन चाहानेहरूको पनि उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।
शनिवार दिउँसो ११ बजे शुरू गरिएको उक्त कार्यक्रममा प्रख्यात अर्थविद तथा गत वैशाख १०गते सम्पन्न उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १बाट अत्याधिक मतले विजयी संघिय सांसद श्री स्वर्णीम वाग्ले, प्रवास नेपाली सम्पर्क विभण सदस्य पद्म राज पन्थी, केन्द्रिय सदस्य डा. प्रभात् अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङ्ग संयोजक तथा प्रतिनिधि सभा निर्वाचन २०७९ मा लमजुडुबाट प्रत्यासी बन्नु भएका धर्मराज के सी. लगायत समाजका विभिन्न क्षेत्रमा योगदान दिनु भएका बौद्धिक व्यक्तित्त्वहरूको उपस्थिती रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा अर्थ विज्ञ माननिय डा. स्वर्णिम वाग्लेले रा.स्व. पा. र अन्य पार्टीहरुमा भएका फरकहरु चिरफार गर्दै रा.स्व.पा. मा सम्बन्धित ठाँउको समिति गठन गर्दा प्रारम्भिक निर्वाचनवाट त्यहीका स्थानियको मतबाट मात्रै निर्वाचित हुने ,केन्द्रिय हस्तक्षेप नहुने, भातृ संघ संस्थाहरू नरहने, चुस्त सांगठनिक संरचना रहने, विधानमा लेखिएका कुराहरुलाई अक्षरश पालन गरिने, पाटीमा एक व्यक्ति एक पद लगायत, सुशासन, भष्टाचारमा शून्य सहनशिलता, जवाफदेहिता र पारदर्शितामा जाेड दिनुभएको थियो । उहाँले आफूलाई अवसरवादी भन्नेहरूलाई ‘विधिको शासन र युग अनुसार, समयको माग अनुसारको Platform यही रा.स्व. पा. भएकाले नैतिक विद्रोह गरेको स्पष्ट पार्दे आर्थिक विषयमा आफूले आफ्नो १८ वर्ष उमेर देखिको आपनै वल वुता तथा कार्य दक्षताका आधारमा गरिएको कमाई राज्यलाई कर तिरी ती सबको रेकर्ड आफुसगँ भएको बताउनु भएको थियो भने रा. स्व. पामा भातृ संगठन नराख्नुको कारण अन्य पार्टीका भातृ संगठनका कार्यकर्ताहरू न कुनै जागिर न कुनै व्यवसाय आलिसान युक्त जीवन व्यतित गरिरहेको गाडी चढेको, बाल बच्चाहरू महँगा विद्यालयहरूमा पढाएको देखिएकाले त्यसको आम्दानीको श्रोत के हो? आम्दानीको स्रोत अहिलेको भष्टाचार हो र देशको ढुकुटी त्यसरी रित्तिरहेको स्पष्ट पार्नु भाएको थियो।
उहाँले रा.स्व.पा. आएर राजनिति गर्न चाहानेले राजनिति नै मेरो पेशा र यही नै मेरो कमाई खाने भाँडो हो भन्ने नसम्झी आफ्नो काम र राजनिति सगसगै लान सक्ने र विभिन्न पेशामा विज्ञता हासिल गरेकाहरुलाई आफूले जानेको कुराहरुलाई देश विकासमा, समाजमा डेलिभरी गर्नका लागि यो platform(रा.स्व.पा.) उपयुक्त भाको कुरा बताउनु भएको थियो ।
केन्द्रिय सदस्य डा. प्रभात अधिकारी ले रा.स्व.पा. ले भ्रष्टाचारमा शुन्य सहनशिलता, आर्थिक पारदर्शिता, विधान, घोषणापत्रअनुसार चल्ने, आफ्नो विज्ञता अनुसार संसदिय समितिहरूमा जस्तै प्रदेश तथा जिल्ला समितिहरूमा पनि सल्लाहकारको रुपमा जोडिन सक्ने बताउनु भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै लमजुङ्ग जिल्ला संयोजक तथा प्रतिनिधि सभानिर्वाचन २०७९ मा लमजुङ जिल्लाबाट प्रत्यासी वन्नु भएका धर्मराज के सी ले आफूलाई अमूल्य मत दिनुडूने सम्पूर्णमा हार्दिक धन्यवाद काक्त गर्दै, आफ्नो, पेशा, व्यवसाय शिक्षा , ज्ञानसीप आफ्नो ठाउँ लमजुङ्ग र काठमाण्डुलाई जोड्ने पुलको लागि, लमजुङ जिल्लाको एकिकृत दिगो विकासको लागि धेरै क्षेत्रका विज्ञहरु भएकाले त्यो अनुभवलाई लमजुङ्गकाे समग्र जनतासँग कसरी जोडन सकिन्छ भनेर यो कार्यक्रम गरिएको कुरा वताउनु भएको थियो।